२०८२ माघ ४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रेस
मंसिर ३, २०७८ १५:३६ मा प्रकाशित
अन्तर्वार्ता
गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ
34
SHARES
Share on FacebookShare on Twitter


तिब्र विकास र जलवायु परिवर्तनका कारण पछिल्ला समय हिमालहरु कालो देखिन थालेका छन् । गण्डकी प्रदेशको अर्थतन्त्रको मुख्य स्रोत भनेकै यहाँका हिमाल तथा प्रकृति नै हो । पर्यटन क्षेत्रको अवस्था र भविष्यबारे नेपाल पर्वतारोहण संघ अध्यक्ष शेषकान्त शर्मासंग गरिएको कुराकानी

तपाईँ पर्यटन क्षेत्रमा कहिले देखि लाग्नुभयो र कति भयो ?

पर्यटन क्षेत्रमा लागेको ३१ वर्ष भयो । म २०४७ सालमा पृथ्वीनारायण क्याम्पसमा विज्ञान पढ्दै थिए । ०४७ सालको अन्त्यबाट टे«किङ क्षेत्रमा भरियाको रुपमा प्रवेश गरेको हो । २०५५ सालबाट चाहिँ तालिम लिएर गाइडको काम गर्न थालेको हुँ । त्यसपछि निरन्तर रुपमा कार्यरत छु ।

विज्ञान पढेको मान्छे कसरी भरिया तर्फ लाग्नुभयो त ?

त्यतिबेला पहाडबाट झरेका हामीहरुको आर्थिक स्रोत त्यति राम्रो थिएन् । अनि पोखरामा नै काम खोजेर पढ्नुपर्ने बाध्यता थियो । पोखराबाट प्रसस्त पर्यटकहरु घुम्न जाने गरेको देखिन्थ्यो । त्यपछि आफन्तहरुले यीनीहरुसित गयो भने त राम्रो कमाई हुन्छ भन्न थाले त्यसरी नै यतै लागियो । सुरुमा त बाध्यताले नै लागेको थिए पछि व्यसाय नै मन परेर हिडियो ।

पहिलो पटक भरिया बनेर कहाँ जानुभयो त ?

पहिलो पटक त घान्दु्रक गएको हुँ । पोखराबाट हिडेरै गइयो । पहिलो दिन सुइखेत गएर बसियो । दोस्रो दिन पोथाना त्यसरी ८ दिनको घान्दु्रक टे«क गरियो ।

पहिलो अनुभव कस्तो रह्यो ?

जे भनेपनि क्याम्पस पढ्न आएको मान्छे । भारी बोकेर हिड्दा गाह्रो नै भयो । गाउँमा दाउरा, घाँस र पराल त बोकियो तर, त्यसरी ७–८ दिन नै लगातार भारी बोकेर हिड्दा निकै थकान लाग्थ्यो तर, पैसा पाउँदा सबै विर्सिन्थ्यो । बजारमा काम गर्दा ८ सयसम्म दिन्थे महिनाको तर, त्यता जादाँ एउटा टे«क जादाँ २–३ हजार रुपैँयासम्म पाउँथ्यौँ ।

भरियाबाट पथप्रदर्सक (गाइड) बन्दा कस्तो लाग्यो त ?

सुरुका दिनमा शारिरीक रुपमा भारी बोक्नु पथ्र्यो । पर्यटकको झोलाहरु नै । तर, अहिले भनेको आफूलाई चाहिने केहि सामान मात्रै बोक्ने हो । अहिले लिडर गरेर हिड्छु । व्यवस्थापन गर्छु । मैले निर्देशन दिन्छु । अहिले त सबैलाई काम गराउने हो । पर्यटकलाई सूचना दिने पैसा बोक्ने जस्ता कामहरुमात्रै गर्ने हो । अहिले निकै आनन्द लाग्छ ।

यो क्षेत्रमा खुसी हुनुहुन्छ त ?

यो क्षेत्रमा निकै खुसी छु । यहि क्षेत्रका कारण म लगभग सबै हिमाली जिल्लाहरुमा त पुगेको छु । देशका ७७ मध्ये ६८ जिल्ला घुमेको छु । कोहि ठाउँबाहेक सबैजसो जिल्लामा हिडेरै पुगेको छु । अरुले त्यहि क्षेत्र घुम्न जादा पैसा तिर्नुपर्छ भने हामी घुम्न जादा उल्टै पैसा पाउँछौँ ।

तपाईँ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष पनि हुनुहुन्छ पर्वतारोहि गाइडका लागि चुनौति र समस्या के छन् ?

नेपाल पर्वतारोहण संघ भनेकै पर्यटकलाई हिमाल चढाउने,टे«किङ लैजाने व्यवसायीहरुको संस्था हो । हामीले प्रतिनिधित्व गर्ने नै व्यवसायीहरुको हो । सबैभन्दा चुनौति त हामीसंग दक्ष जनशक्ति नै छैन् । अझ त्यसमा पनि गण्डकी प्रदेशका हिमाल चढ्न आउने पर्यटक त निकै नै न्युन रहेका छैन् । अधिकांश पर्यटकलाई शेर्पाहरुले सोलुखुम्बु लगायतका जिल्लामा नै लाने गर्दछन् । यो हाम्रा लागि चुनौतिपनि हो समस्या पनि हो । सगरमाथा क्षेत्रका हिमाल धेरै चढ्ेका छन् । हाम्रा क्षेत्रका हिमाल चढ्ने कम छन् । आखिर विश्व प्रसिद्ध हिमाल मात्र नभई हिमाल आरोहणकै इतिहास त हाम्रै प्रदेशले बोकेको छ नी त्यतातिर प्रचार प्रसारको कमी भयो । नेपाल पवर्तारोहण संघको दायित्व भनेकै प्रदेशका हिमचुलीहरुको प्रर्वद्धन गर्नु रहेको छ । राम्रो संग विदेशीलाई लिएर हिड्न सक्ने गाइडको निकै कमि छ । राम्रोसंग हिमाल चढाएर सकुशल फिर्ता ल्याउन सक्ने गाइड यहि प्रदेशमै हुन पर्‍यो ।

प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्न के गर्नुपर्छ त ?

दक्ष जनशक्ति उत्पादन गर्न जस्तै नेपाल टे«किङ एसोसिएसनले बढिभन्दा बढि टे«किङ गाइडको उत्पादन गर्छ भने हामी नेपाल पवर्तारोही संघले पनि आरोहि गाइड उत्पादन गर्नुपर्छ । जस्का लागि विभिन्न किसिमका सूचनाहरु निकाल्ने अनि तालिमहरुको व्यवस्थापन गर्ने गरेमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यस्का लागि रक क्लाइमिङ, हिमाल चढ्ने तथा प्राथमिक उपचार सम्बन्धि तालिमका लागि बजेट छुटिनु पर्दछ । सरकारले पनि विभिन्न गोष्ठी गरेर रकम फाल्नुभन्दा वा वेकारको खर्च गर्नुभन्दा हामीलाई दिनुहोस् । रकम पनि त बढि खर्च हुन्छ त्यसैले हामीलाई खर्च दिए हामी हिमाल चढाउँछौँ । तालिम दिन्छौँ । तालिमका कार्यक्रमहरु ल्याउन आवस्यक छ ।

गण्डकी प्रदेशमा साहसिक खेलहरुको सम्भावना चाहिँ कस्तो रहेको छ त ?

गण्डकीमा साहसिक खेलको प्रचुर सम्भावनाहरु रहेका छन् । यहाँ एक मात्रै साहसिक खेल होइन धेरै साहसिक खेलहरु खेल्न सकिन्छ । तपाइँको रक क्लाइमिङदेखि लिएर आइस क्लाइमिङ, आइस स्केटिङ, माउन्टेन बाइक, र्‍याफ्टिङ जस्ता अनेकौ खेलहरुको विकास गर्न सक्छौ ।

गण्डकी प्रदेशलाई पर्यटकीय प्रदेश भनिन्छ विकास अपरिहार्य हो तर, विकासले गर्दा हामीले हाम्रो आर्थिक सम्मुनतको आधारलाई त गमाउँदै गएका छैनौँ नि ?

हो । हामीले ठुलो रकम गुमाएका छौँ । पहिलो २१–२२ दिनसम्मको हुने पदयात्रा अहिले एक हप्ताको पनि हुदैँन । अब आफैँ सोच्नुस कति फरक हुन्छ । पर्यटक एक दिन आएर अर्को दिन फर्कियो भने कसरी आर्थिक वृद्धि हुन सक्छ ? जति लामो बसाइ भयो उति नै बढि आम्दानी हुन्छ ।
हामीले के भनेका छौँ भने सडकका कारण पर्यटकहरु लिएर जाने गन्तव्यहरु मासिदैँ गएका छन् । थोरङ पास २१ दिनको यात्रा हुन्थ्यो । लम्जुङको वेसीसहरबाट गएर मनाङको थोरङपास गरेर मुक्तिनाथ हुदैँ तातोपानी घोरेपानी हुदैँ नयाँ पुलमा आएर सिध्याउँदा लामो समय लाग्छ ।अहिले मनाङमा गाडी पुगेको छ । मुक्तिनाथमा गाडी पुगेको छ जस्ले गर्दा एक हप्तापनि लाग्दैन घुम्न । ५–६ दिनमै थोरङपास गर्न सकिन्छ । मुस्ताङको ट्रेकिङ पनि एक हप्ता बढिको हुन्थ्यो अहिले त्यसो छैन् । अब हामी गाइडहरुले भनेर सरकारले सुन्दैनन् । चाहेर पनि हामीले विकासका लहरलाई रोक्न सक्दैनौ ।

अबको विकास पर्यटकी पदयात्रा मासेर गर्ने गरेको देखिन्छ अब यसरी नै विकास गर्न दिने हो ?

दिगो आर्थिक उन्नति पर्यटकबाटै हुने हो । तर, नेपाल सरकारको आँखामा पर्यटनबाट आर्थिक उन्नति हुन्छ भन्ने देखिएन् । भएका पदमार्गहरु मासिए । घोडा खच्चड तथा हामी हिड्ने बाटोमा अब धुवा फाल्दै धुलो उडाउँदै ध्वनी प्रदुर्षण गर्दै गाडी गुड्न थाले । यो पनि आजको मुख्य समस्या हो । सरकारले यसबारे दिगो रुपमा सोच्न जरुरी छ । हाम्रो मागले हुने हो भनेत विश्व चर्चित पदमार्ग मास्नै नहुने हो । मनाङकै कुरा गरौ सानो जनसंख्या भएको क्षेत्रमा अरबौको सडक के काम बरु सहुलियत रुपमा हेलिकप्टर राखिदिएर पदमार्ग राखे त आम्दानी हुन्थ्यो नी । यस्ता धेरै छन् देशमा । मनाङका बासिन्दाले टे«किङ रुटहुदाँ मनग्य पैसा कमाए । अहिले त केहि होटलहरुले मात्रै कमाए होलान् तर, स्थानीय समूदायका मानिसहरुले रोजगार समेत पाउन छाडिसके । परम्परागत टे«किङ चल्दा सम्मुनत थियो आज त्यस्तो छैन् । अव्यवस्थित विकासका कारण अहिले मनाङ ध्वस्त भयो । मुस्ताङपनि उस्तै छ । प्राकृतीक प्रकोपले कस्तो अवस्थामा पुर्‍यायो त्यो प्रत्यक्ष सबैले देखेकै छ ।

भनेको विकासका कारण विनास भएको र जुन रुपमा पर्यटकबाट कमाइन्थ्यो त्योमा ह्रास आएको भन्ने हो ?

त्यो नै हो नी । पहिलो विदेशीले २१ दिनमा छाड्ने पैसा अब सात दिनमै घुमेर सक्छन् भने कति ह्रास भयो सोच्नुस त । मानौ एउटा पर्यटकले दिनकै १ हजार रुपैँया खर्च गर्छ कताको २१ दिनको खर्च अनि कताको ७ दिनको ।

तपाईँ लामो समय हिमाली क्षेत्रमै विताएको मान्छे । तिब्र विकाससंगै जलवायुमा समेत निकै असर पुगेको छ । जलवायु परिवर्तनले हिमालहरुमा कस्तो प्रभाव परेको छ त ?

निकै राम्रो प्रश्न गर्नुभयो । आज विश्वको ठुलो समस्या जलबायु परिवर्तन नै हो । हामीले प्रकृतिको विनास बढि गरिरहेका छौ जताततै विनाश गरिरहेका छौँ । यस्को तथ्याङक त विज्ञले नै दिन सक्लान् तर, अनुभवमा हेर्दा चाहिँ पहिला टे«किङ जादा जुनरुपमा बाटोमा हिउँ देखिन्थ्यो त्यो अहिले देखिदैँन । ३० वर्ष अघि म अन्नपूर्ण वेसक्याम्प जादाँ देखेको वेसक्याम्प र अहिलेको वेस क्याम्प फरक छन् । त्यतिबेला त्यहाँ देखि हिउँको तह र हिम नदीको तह अहिले ५ सय मिटर जतिनै माथि सरिसकेको छ । सबै डाडाँनै कालो देखिन्छ । १२ महिना नै हुने हिउँ अहिले देखिदैन । पोहोर हामी मध्ये हिउँदमा हिमाल चढ्न जादाँ ६ हजार मिटर अग्लो हिमालमा जबकी ५ हजार मिटर देखि नै हिउँ हुनपर्ने हो । ६ हजारमा समेत हिउँ छैन कालो डाडाँ भइसक्यो । दर्जनौ हिम छहरा पनि सुके । पानीका मुलपनि सुके ।

पछिल्ला समय हिमालहरुमा पनि निकै फोहोर देखिन थालेका छन् यो समस्या कत्तिको छ ?

हामीकहाँ अहिले आन्तरिक पर्यटक बढिरहेका छन् । यो राम्रो पक्ष हो तर, नेपालीले खान जान्छन् सफा गर्न जान्दैनन् । जहाँ पायो त्यहि फाल्छन् । त्यसले गर्दा पनि यस्तो समस्या आउने गरेको छ । हिमाल जादाँ लगाइएका टेन्टहरु आउँदा त्यसै फालिदिने जस्ता यावत कारणहरु छन् । यस्का लागि राज्यले गम्भिर भएर सोच्न पर्ने देखिएको छ । त्यतिमात्रै होइन् अहिले आन्तरिक पर्यटक जादाँ बढि होहल्ला पनि भएको छ । हामी शान्तसंग बस्न नै सक्दैनौ यस्ले गर्दा अन्य विदेशी पर्यटकलाई समेत बढि असर गरेको देखिन्छ ।

अब पर्यटनका लागि राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त ?

म विशेष गरी हिमाल आरोहण क्षेत्रको व्यक्ति भएकाले सरकारले हिमाली क्षेत्र आर्थिक सम्मुनतको आधार हो भन्ने बुझ्न जरुरी छ र सोहि अनुसारको विकास हुनुपर्दछ । लोकप्रियताका लागि विकास गरेर देशको अर्थतन्त्र डुबाएर केहि काम छैन् । पर्यटन क्षेत्रमा लगानीको वृद्धि हुनुपदर्छ र परम्परागत पदमार्गहरु यथावत हुनै पर्छ जुन कुरा राज्यले मात्रै गर्न सक्छ । राज्य हिमाली क्षेत्र र पर्यटकीय क्षेत्रका बारेमा राम्रो संग बुझेर बहस गर्दै प्रचार प्रसारमा जोड दिनुपर्छ । अब नयाँ गन्तव्यको पनि खोजी गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने योजना अघि बढाउनुपर्छ ।

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ