२०८३ असार २७, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

गण्डकी प्रेस
चैत्र २३, २०७८ १६:२६ मा प्रकाशित
अन्तर्वार्ता
पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
65
SHARES
Share on FacebookShare on Twitter


पोखराको मुख्य ताल फेवातालको किनारमा नेपाली नयाँ वर्षको अवसरमा फेवा नव वर्ष महोत्सव हुदैँ छ । कोरोना महामारीले २ वर्ष रोकिएको महोत्वस पुन: सुचारु हुने अवस्थामा रहेको छ । महोत्सव तथा कोरोना महामारीले पर्यटन व्यवसायीलाई पारेको प्रभाव र पोखराका होटलहरुको अवस्था पर्यटन प्रबद्र्धन लगायत विषयमा होटल संघ पोखरा नेपालका नव निर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीसंग गरिएको कुराकानी

कोरोना महामारीले २ वर्ष देश थला पर्‍यो पर्यटन व्यवसायीलाई कस्तो असर गर्‍यो ?

धन्यवाद ! कोरोना महामारीले हामीलाई मात्र होइन संसारलाई नै विचलित बनायो । हामी पर्यटन व्यवसायीहरुले जब व्यवसाय सुरु गर्‍यौँ त्यतिबेलादेखी नै विभिन्न समस्या खेप्दै आउन बाध्य भयौँ । कहिले राजनैतिक अस्थिरताले ल्याएको आन्दोलन त कहिले भुकम्प, नाकाबन्दिको समस्या । त्यसतै त्यसतै समस्याले प्रभाव पारिरहँदा अब केहि हुन्छ की भन्ने आशा पलाएको थियो २०७२ सालको भुकम्पले अस्तव्यस्त हुन पुग्यो र त्यसको बाबजुत केहि वर्षपछि राम्रोसंग व्यवसाय हुन्छ की भन्ने थियो पुन: कोभिडले पर्यटन व्यवसाय लगायत अन्य व्यवसायपनि सिथिल अवस्थामा पुर्‍यायोे । कोरोनाको पहिलो १ वर्ष निराशामा वित्यो । नेपाल सरकारले लकडाउन गर्दा पुर्णरुपमा बन्द हुदैँ गर्दा चैतदेखी असोजसम्म शुन्य अवस्थामा पुग्यो । त्यो बेला अब कोरोना कहिले जान्छ भनेर हतोत्साहित समेत भयौँ । लाग्थ्यो अब टुरिजम खतम हुन्छ कति बर्ष जान्छ, त्रसित नै थियौँ । कोभिडले ८० प्रतिशत बढि कर्मचारी विस्थापित हुन पुगे । २५ प्रतिशत होटल व्यवसायी त पलायन नै भए ।

पोखरा र आसपासमा कति होटलहरु रहेका छन् र होटल संघ पोखरा नेपालमा चाहिँ कति आबद्ध रहेका छन् ?
पोखरा आसपासमा करिब १२ सय होटलहरु रहेका छन् भने, लेकसाइड र ड्यामसाइडमा मात्रै सात सय बढि होटलहरु रहेका छन् । होटल संघ पोखरा नेपालमा ४ सय २५ होटल दर्ता भएका छन् । बाकिँ करिब ३ सय होटल हामीभन्दा बाहिर हुनुहुन्छ ।

संघमा सबै होटल किन आउन सकेनन् वा ल्याउन संघले चाहेन ?
हामीले ल्याउन नचाहेका होइनौ नेपाल सरकारको झन्झटिलो प्रक्रियाका कारण संघमा आवद्ध हुन सक्नुभएन । किनभने हामीले सदस्य बन्नका लागि हरेक सरकारी निकायमा पर्यटन, कर र घरेलुमा दर्ता हुनै पर्छ त्यसता होटललाई मात्र हामीले सदस्यता दिन्छौँ र वहाँहरु पर्यटन कार्यालयमा दर्ता गर्ने अवस्थामा हुनुहुन्न । सरकारले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन समेत माग्ने भएकाले यो झनझटिलो प्रक्रिया सानो गेष्ट हाउसमा समेत लगाएको हुनाले वहाँहरुले दर्ता गराउन सक्नुभएको छैन् । हामीले हाम्रो संघमा सम्पुर्ण होटल व्यवसायीलाई समेट्नका लागि कि त विधान संशोधन गरेर जानुपर्छ अथवा नेपाल सरकारले यसलाई अलि फितलो बनाएर दर्ता प्रक्रिया सहज बनाए सबैलाई समेट्न सकिन्छ ।
अहिलेको अवस्थामा हेर्दा पर्यटकिय क्षेत्र भनेर फेवातालमात्रै सिमित गरिएको देखिन्छ, तपाईहरुकै संघले पनि फेवाका होटलहरु मात्र देखिरहेको छ तर, भर्जिन लेकको रुपमा चिनिएको वेगनाताल तथा रुपाताल सहित पोखरामा ७ तालहरु रहेको छ त्यस तर्फ तपाईहरुको ध्यान नपुगेको देखिन्छ के अन्य ताल तथा क्षेत्रहरु पर्यटकीय गन्तव्य होइनन् ?
धेरै राम्रो कुरा गर्नुभयो । हामीले पोखरा मात्र होइन नेपालनै घुम्न पर्छ भन्ने अभियान चलाएका छौँ । हामीले चलिए नेपाल भनेर छिमेकी मुलुकमा अभियान चलाएका छौ । हामीले फेवातालमात्र होइन अन्य तालहरुपनि जानु भन्छौ । सराङकोटमात्र होइन हामी काहुँडाडा जानुस भन्छौ काहँमात्र होइन स्तुपापनि जानुस भन्छौ । स्तुपा पनि गयो भने पो त पर्यटक हाम्रो कहाँ बस्छन् । पोखराको पर्यटन व्यवसायीका लागि आसपास र नेपालका अन्य क्षेत्रको प्रबद्र्धन गर्न आवस्यक छ ।

कोरोना महामारी पछि अहिले बाह्य र आन्तरिक पर्यटनको अवस्था चाहिँ कस्तो छ ?
अहिले एक हप्ताको मात्रै हेर्ने हो भने छिमेकी मुलुक भारतबाट ठुलो मात्रामा रहेको छ । तेस्रो मुलुकबाट पोखरामा दैनिक पाँच सय जनाको हारहारीमा आउने पर्यटक पनि देखिन्छन् । र आन्तरिक पर्यटक भने हरेक हप्ता ३५ प्रतिशतसम्म आउने गरेका छन् । कोरोनापछि थला परेको स्थितिमा अहिले तेस्रो वा छिमेकी मुलुकबाट पर्यटक आउने सम्भावना कम भइरहँदा पोखराको पर्यटन आन्तरिक पर्यटनले नै धानेको हो । विषेश गरी पछिल्ला समय पोखरामा भएका लोकसेवा आयोगको परीक्षा, विभिन्न राजनीतिक पार्टी, संघसंस्थाहरुको सभा सम्मेलन पोखरामा हुदाँ आन्तरिक पर्यटन बढे । उनीहरुको आगमनले हाम्रा व्यवसायीहरु लाभान्वित भएको अवस्था हो र यसरी नै संघसंस्था तथा पार्टीहरुको कार्यक्रमका कारण चलायमान हुनेमा हामी आशावादी रहेका छौँ ।

होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसरमा १७ औँ संस्करणको नव फेवा महोत्सवको आयोजना गर्दै हुनुहुन्छ तयारी कस्तो छ ?
वास्तवमा होटल संघ पोखराले करिब २ दशक अघि सुरु गरेको अभियान निरन्तर रुपमा १६ औँ पटकसम्म सफलतापुर्वक सम्पन्न गर्‍र्यौ । र बिचको २ वर्ष कोभिडका कारणले हामीले कुनैपनि कार्यक्रम गर्न सकिएन र अब अवस्था सामान्य छ । तरपनि हामी स्वास्थ्य मापदण्ड पालना गर्दै यो महोत्सव भव्य रुपमा सफल गराउन विभिन्न समिति गठन गरि काम गरिरहेका छौँ । तयारी तिब्र चलिरहेको छ ।

फेवातालको किनारमा वर्षको २ पटक महोत्सव हुन्छन् अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षको अवसरमा तर यो हेरिरहँदा अंग्रेजी नयाँ वर्षमा मनाइने महोत्सव चाहिँ बढि रुचाइयो तर, नेपाली नयाँ वर्षको महोत्वस रुचाइएन समस्या कहाँ हो किन

हामीले यसलाई चर्चित बनाउन सकिरहेका छैनौ ?
हो हामीले यहिका लागि प्रयास स्वरुप यो वर्ष सडकमा मात्रै निशुल्क महोत्सवको आयोजना गर्दैछौ । जसरी रेवानले गर्ने महोत्वस कार्यक्रम भित्र पनि र बाहिरपनि गर्नुहुन्छ र सडको कार्यक्रममा बढि उपस्थिति हुने गथ्र्यो । किनभने सडकै खाउँ सडकमै रमाउँ भन्ने अभियान छ । हामीले चाहिँ एउटा निश्चित ठाउँमा टिकट सहित कार्यक्रम गथ्र्यौ लामो समय १० दिन, ५ दिन ३ दिन त्यसरी कार्यक्रम गर्‍र्यौ । यो वर्ष हामीले अंग्रेजी नयाँ वर्षमा जस्तै त्यहि मोडालिटिमा रेवानले जसरी गर्नुहुन्थ्यो त्यसरी नै लेकसाइडको ३ किलोमिटरको बाटोमा हामी रेवानसंग समन्वय गरेर सडक महोत्सव गर्दैछौ । हामीले यो पटक २ वटा स्टेज बनाउँदै छौ सडकमा । एकातिर लोकदोहोरि, अर्कातिर पप कनर्सट, लोक बाजाहरुको प्रस्तुति हामिले दिनेछौँ । अर्को तिर कला संस्कृति, भजन, रत्यौलि लगायतका कार्यक्रमको आयोजना गरिनेछ ।

तपाई लामो समय यो व्यवसायमा हुनुहुन्छ दुई दशक बढि यो क्षेत्रमा विताइरहँदा पहिला कस्तो स्थिति थियो र अहिले कस्तो स्थिति छ ?
वास्तवमा आजभन्दा २५ वर्ष अगाडी पोखराको पर्यटनमा व्यवसायीहरु थोरै हुनुहन्थ्यो । मैले व्यवसाय गरेको ३० वर्ष भइसक्यो । त्यतिबेल १०–१२ वटा रुम भएको होटललाई पनि ठुलो होटलको रुपमा लिइन्थ्यो त्यो पनि टिनको छानो भएको कटोरो थियो । त्यतिबेला सिजन र अफ सिजन भन्ने थियो । सिजनका बेलामात्रै खोलिन्थ्यो अफ सिजनमा सबै होेटल बन्द हुन्थ्यो । विस्तारै रेष्टुरेन्ट एण्ड वार एसोसियसनले पर्यटकको आगमन नहुने भएपनि अतिनै न्युन हुने अवस्था रोजेर महोत्सव गर्न सुरु गर्‍यो । क्रिसमसको समयमा यहाँ आउने पर्यटक पनि केहि गतिविधि नहुने हुदाँ स्वदेश फर्किने प्रचलन थियो भने आन्तरिक पर्यटकलाई हामीले त्यति ख्याल दिन सकेनौ । त्यो हाम्रो कम्जोरी थियो । रेवानल विस्तारै सुरु गरेपछि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्यो र होटल संघले पनि जाउँ है पोखरा भनेर २ दशक अघिबाट अभियान चलाउँदै आयो । अब आन्तरिक पर्यटक पनि ल्याउनुपर्छ है भन्दै हामीले इलामबाट यो अभियान सुरु गरेका हौँ । हिजोको शुन्य अवस्थामा अहिले ठुलो पर्यटकको आगमन भएको छ । अहिले होटलहरु जस्तो भन्यो त्यसतै पाउँछौ हामी । वास्तमै आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न सक्ने हो भने मात्र पर्यटनको संख्यामा वृद्धि गर्न सक्ने रहेछौ ।
पोखरामा पछिल्ला वर्षहरुमा हेर्दा पर्यटकको बसाई घटेको छ, अव्यवस्थित रुपमा पदयाात्रालाई मासेर बनाएको

विकासका कारण यो आएको हो भन्ने छ तपाईको धारणा के छ ?
तेस्रो मुलकबाट विशेषगरी पदयात्राका लागि करिब १ महिनाका लागि आउने गरेको अवस्था थियो । पदयाात्राका लागि आउने क्रममा पोखराको बसाई पनि लम्बिने गरेको थियो । तर विस्तारै पदमार्गहरु मासिदैँ गए । कच्चि सडक बन्न थाले जस्ले गर्दा पर्यटकहरु त्यहि कच्चि बाटोबाट हिड्न पर्ने बाध्यता आइलाग्यो त्यसले राम्रो सन्देश दिएन भने अर्कातिर एक महिनामा पुरा गरिने गन्तव्य अहिले दुई दिनमै सकिन्छ । एक दिन काठमाडौं बस्यो अर्कोदिन पोखरा आयो पदमार्गमा गयो अनि फर्कियो गर्दा ३ दिन देखि ४ दिनमा त्यो सबै सकिन्छ । नेपाल आउने ८० प्रतिशत पर्यटक पदयात्राकै लागि आउने हो । विकाससंगै विकृति आउँदा समस्या हो । अहिले विभिन्न स्थानमा संरचना बनिरहेका छन् । अब नयाँ पदमार्ग खोलिनुका साथै नयाँ पर्यटकीय गन्तव्यको निमार्ण गर्न अवस्यक छ । जसले गर्दा पर्यटकको बसाई लम्बियोस ।

तपाईँ संघको अध्यक्ष भएको ६ महिनामात्रै वित्यो लामो अनुभव बटुल्नु भएको छ पर्यटन प्रबद्र्धनमा तपाईँको भावि योजना के छ ?
संस्थामा म २ दशक देखि छु भने, पर्यटन व्यवसायमा ३० वर्षदेखी । जस्ले गर्दा यहाँको समस्याको बारेमा केहि जानकार छु जस्तो लाग्छ । पोखरामा पर्यटकको संख्या बढाउन र बसाई लम्ब्याउनका लागि विभिन्न पर्यटकीय गन्तव्य खुलाउने र थप ठाउँ बनाउन विभिन्न फुटट्रयाक बनाउने साइकलरोड, टे«किङ रुट खोल्ने जस्ता गतिविधि तथा साहसिक खेलहरुको आयोजना गर्ने हो भने पर्यटक बढ्नुका साथै बसाई पनि लम्ब्याउन सक्छौँ । पोखरामा संसारका सबै खाना पाइन्छ । अब अन्तराष्ट्रिय विमानस्थल पनि बनिरहेको छ त्यसले पनि यहाँ पर्यटकको संख्या बढ्नेमा हामी आशावादी रहेका छौँ । जसले गर्दा हामी सिद्यैँ अन्तराष्ट्रिय सहरहरुसंग जोडिन सक्छौ । दत्तचित्त भएर सबैले काम गर्ने हो भनेदेखि पर्यटन प्रबद्र्धन गर्न त्यति धेरै समय लाग्दैन ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ
अन्तर्वार्ता

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न