२०८० अशोज ५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

गण्डकी प्रेस
मंसिर १, २०७९ १४:५३ मा प्रकाशित
अन्तर्वार्ता
युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
10
SHARES
Share on FacebookShare on Twitter


प्रदेश सभा र प्रतिनिधी सभाको चुुना हुनको लागि अव केही दिन मात्र बाँकी छ । यस समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश निर्वाचनका लागि कास्की क्षेत्र नं २ ‘क’ लागि उम्मेदवारी दिएका विजयबहादुर भण्डारी संगको केही कुराकानी ।

नाम चलेका नेता भीमबहादुर कार्की, विश्वप्रकाश लामिछाने जस्ता उम्मेदवारसँग भिड्दै हुनुहुन्छ नी ?

भीम अंकल, विश्व अंकल उहाँहरुले आफ्नो कार्यकालमा गर्नुपर्ने कामहरु गरिसक्नुभयो राम्रो छ, ठीक छ । उहाँहरुले गरेका राम्रा काममा मेरो कुनै दुईमत छैन् । तर उहाँहरुकै आर्शिवादले म यो पटक चुनाव लड्न खोजेको हुँ । उहाँहरुभन्दा उहाँका छोराछोरी, नातिनातिनी अझ एड्भान्स हुनुहुन्छ । अब समय धरै परिर्वतन भइसक्यो अब नयाँ विचार धाराले यो देशराई अघि बढाउन जरुरी छ भनेर म नयाँ अनुहार आएको हुँ ।

नयाँ विचारधारा के छन् ?

मेरो नारा नै छ ‘उत्पादनशील नेपाली विकसित नेपाल’ । यहाँ बाटो बनाउने विजुली,बत्ति यो गर्ने त्यो गर्ने भन्दापनि उत्पादन तर्फ जोड दिनका लागि आएको छु । हाम्रो जतिपनि युवाशक्ति छन् ति सबै उत्पादनतर्फ लाग्नुप¥यो है भनेर यो चुनावमा आएको हुँ । मेरो उम्मेदवारी पनि त्यसैको लागि हो । अर्को कुरा निर्वाचनको समयमा युवालाई दायित्वबाट बञ्चित गराएर उहाँहरुको नैतिक अधिकारको शोषण गरेर हजार दुई हजार दिएर चुनावभरी हिडाइन्छ । उहाँको क्यापासिटी अनुसार जागिर खोज्न जानुहुन्छ । त्यतिबेला जागिर पाउँछ १५ हजारको । अनि त्यतिबेला के लाग्छ भने यो देशमा केही नरहेछ । यो देशलाई लात हान्छ, विदेश जान्छ । विदेश गएपछि कुनै बाकसमा फर्किन्छन् कुनै ऋणको भारी बोकेर फर्किन्छन् । बाटो बन्ने ठाउँमा बाटो बन्यो, बिजुली पुग्ने ठाउँमा विजुली पुग्यो भलै एका दुई ठाउँबाहेक । यी सबै समयको माग हो यी पूरा भयो । अब आफ्नै देशमा केही गरौं भनी नयाँ हावा चलाम भन्ने हो । नयाँ परिवर्तनका लागि हो, आफ्नो देशको लागि हो, देशप्रतिको मायाका लागि हो ।

२७ वर्षकै उमेरमा उम्मेदवारी किन ?

किनभने यो उमेरका युवा सबै विदेश पलायन हुने प्रचलन चलेको छ त्यो बाट म निकै पिडित छु । मेरो बुबा आमाको माया स्नेहदेखि म २० वर्ष टाढा बस्नुप¥यो । यो सुन्दा सामान्य लाग्ला तर यो ठूलो पीडा हो । आजको दिनमा युथलाई आफुलाई दुःख परेको बेलामा र वृद्धहरुलाई थलापरेको बेलमा ढल्ने काख छैन् । बीचको उमेर बाबुआमा विदेश गएर कमाइराखेका छन् छोराछोरी यहाँ टुहुरा । बुढेसकाल लाग्छ बाआमा यहाँ टुहुरा छोराछोरी विदेशमा । यो पीडा हरेक घर, गल्लि, बस्तिका परिवारले बोकिरहेका छन् । त्यसैले मैले २७ वर्षको उमेरमा पनि जुन भोगाइ भोगे, अनुभव गरे, जुन भ्रामक स्थिति देशमा देख,ेँ त्यो चिर्नका लागि आएको हुँ ।

यो उमेरका युवाको मुख्य रोजाइनै विदेश हो तपाईँ के देखेर राजनीतिमा लाग्नुभयो ?

पहिलो कुरा त रुन मन लागेर बसेको । म नेपाल आमालाई माया गर्छु राष्ट्रप्रति प्रेम छ । हिजोको दिनमा हामीलाई भिषा कति देशले दिन्थ्यो ? ठ्याक्क गयो, भिषा लगायो विदेश गयो । आजको दिनको हैसियत म गएर मेरो बुबाआमा भएको ठाउँमा बस्दा म मात्रै बस्छु । मेरो राष्ट्रियता बस्दैन् । आज म नाम चलेका महंगो पर्ने जति ठूलो गाडी चढेपनि विदेश जादाँ पासपोर्ट लिएर जब म लाइनमा बस्छु । नेपाली पासपोर्ट लिएर । त्यो समय महँगो गाडीको कुनै महत्व हुँदैन् त्यसले अर्थ राख्दैन् । त्यो पासपोर्ट भएपछि सिधा कामदारको लाइनमा गइन्छ । आज नेपालीको हैसियत हिजो गोरा जातिले काला जातिलाई श्रमका लागि किन्न जान्थे, त्यो भन्दा पनि तल गिरिसकेको छ । उनीहरुलाई त किन्न जान्थे अनि ल्याउँथे । आज हेर्नुन् त लाओ भनेर छर्दिन्छ हामी टिप्न जान्छौँ । हेर्नुस त कति रुन मन लाग्ने परिस्थिति छ । त्यो कारणले जान मन लागेन र मैले केही गर्नसक्छु कि भन्ने लाग्यो । कतै मबाट पो सुरुवात हुन सक्छ की भन्ने लागेर नै राजनीतिमा लागे ।

नेपाली राजनितिमा त यो उमेर निकै काँचो भन्छन् त ?

अब राजनितिले त बृद्धभएकालार्इँ युवा भनेर सम्बोधन गर्छन् । हामी काचोँ होइन प्रगतिशील उमेरका हौँ । धेरै पाकिसकेकाहरुलाई यो काचो लाग्छ । उहाँहरुको यो सोचाइलाई चिर्नकै लागि म आएको हुँ । हाम्रै उमेरले कायापलट हुनेगरी परिवर्तन गराउने । हामीसँग नयाँ जोश, जागर र भिजन छ । नेपाली राजनितिमा यो नयाँ युग हो । यो नयाँ युगमा केहि नयाँ हुन्छ र नयाँ मान्छे नयाँ राजनीतिमा होमिँदा केही न केही नयाँ दिन सक्छ भन्ने हो ।

युवाहरुको राजनितिक दलप्रति निकै वितिष्णा छ । नयाँ अनुहार त्यो पनि स्वतन्त्र खोजिरहेको बेला पार्टीबाट जित्छु भन्ने लागेको छ ?

जित्छु भन्ने विश्वास छ । किनभने मलाई मेरो भेगको, ठाउँको, मेरो क्षेत्रको हरेक समस्या थाहा छ । समस्याको समाधान लिएर पनि गएको छु हरेको घरघरमा । जसले समस्याको समाधान गर्छ त्यसले जित्ने हो अब गफको भरमा जित्ने होइन् । दोस्रो कुरा युवाहरुमा हजुरले भनेझैँ दलप्रति वितिष्णा भएका छन् । स्वतन्त्र पनि त समाजमा काम गरेको हुन प¥यो नि । नयाँ अनुहार भएपनि त काम गरेको हुन प¥यो भन्ने मेरो मान्यता हो । एक स्वतन्त्रले गर्ने र पार्टीको व्यक्तिले गर्नेकाममा फरक आउँछ नै । म त कोही स्वतन्त्र भिजन भएको छ भने आउनुस बरु संगै हातेमालो गरेर जाउँला ।

जित्ने आधारहरु केके छन् ?

जित्ने आधार भनेको हजुले भनेझैँ पार्टी प्रतिको वितिष्णा । अर्को कुरा म युवा हुँ सबै उमेर ढल्किएकाहरुलाई मात्र दिएर हुँदैन भन्ने सोच आइसकेको छ । अब परिवर्तन खोजिरहेका छन् । अर्को भनेको जनता नागरिक भइसके । यी दुई कुरानै मेरो सबैभन्दा ठूलो जित्ने आधार नै हो । अब नागरिकले पाँचवर्षका लागि होइन दीर्घकालीन विकास र नयाँ भिजन भएकालाई भोट हाल्न खोजिरहेका छन् । जुन कुरा मसँग छ ।

त्यति भन्दैमा मतदाताले विश्वास गर्छन् त ?

म मेरै क्षेत्रको कुरा गर्छु । पहिला आफ्नो घर बनाउने हो अनिमात्र राष्ट्र । त्यसैले म मेरो क्षेत्रको कुरा गर्छु । मेरो क्षेत्रको वडा नं।२१ र ३३ मा पाइने सुन्तला नेपालमै पाइने सुन्तलामध्ये सबैभन्दा मीठोमध्येको दोस्रोमा पर्छ अहिले त्यो सबै मरेर गइसकेको छ । त्यहाँ गएर बुझेको त मलको कमीले, अध्ययन अनुसन्धानको कमिले गर्दा रहेछ । अहिले मेरो टार्गेट भनेको यी दुई वडालाई एग्रो टुरिजमको हब बनाउने हो । मेरो पहिलो प्राथमिकता भनेकै एग्रो टुरिजम हो । यहाँ त टुरिजम भन्ने वित्तिकै लेकसाइडमात्र भयो । हरेक वडामा म पुगेको छु कुनैपनि वडामा व्यवस्थित खेल मैदान छैन् । अर्को कुरा भनेको भइराखेको स्वास्थ्य चौकीलाई व्यवस्थित गराउने र गुणस्तरीय फार्मेसी खुलाउने । अनि हरेक वडामा होम केयर सेन्टर खोल्ने । अर्को कुरा यो पनि भोलि भ्रष्टचारकै पछि लाग्ने हो की अहिले यतिमिठो गफ गर्ने अनि भोलि ठग्ने पो हो की भन्ने लाग्ला । यदि म पैसाको पछि भाग्ने हो भने मेरो सिंगो परिवार युकेमा छ । म आजभने आज, भोलि भने भोलि त्यहाँ पुगेर नागरिकता आवेदन दिनसक्छु । तर, म त्यो सबै त्यागेर पैसा कमाउन होइन् परिवर्तनका लागि नेपालमा बसेको हुँ । त्यो कारणले नै मलाई विश्वास गर्ने हो । वडा १५ मा रहेको श्री सिद्ध मावि आज अन्तर्राष्ट्रिय विमानस्थलका कारणले व्यवस्थापन हुन सकेको छैन् । त्यसको लागि ठाउँ व्यवस्थापन गर्नु जरुरी छ ।

तर, तपाईँको पार्टीलाई कम्जोर पार्टी भन्छन् नी ?

हिजोको दिनमा पार्टी कमजोर होला तर आज राष्ट्रियता कमजोर छैन् । हाम्रो पार्टी राष्ट्रियता बोकेर हिडेको पार्टी हो । हिजो प्रलोभनमा पारेर पार्टी कमजोर बनाएको हो । आजका दिनमा हामी बलियो छौँ ।

कति मत ल्याउँछु भन्ने छ ?

मैले २२ हजार ८३१ मत ल्याउछु भन्ने छ ।

अन्त्यमा आम मतदातालाई तपाईँको सन्देश ?

म मतादातालाई के भन्न चाहन्छु भने, अहिलेसम्म बारम्बार आफ्नो लागि मत हाल्नुभयो यो पालि आउने भावि सन्ततिका लागि मत हाल्नुहोस्, यो पालि आउने सन्ततिको सुख् सुविधाका लागि मत हाल्नुहोस्, यो पालि परिवर्तनका लागि मत हाल्नुहोस्, आफ्नो छोरालाई आफ्नो सास जानेबेलामा समेत अगाडी देख्नका लागि मत हाल्नुहोस् । यो आफ्नो देशको लागि मत हाल्नुहोस् यति नै भन्न चाहन्छु ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ
अन्तर्वार्ता

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु   

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा