२०८३ बैशाख ६, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

गण्डकी प्रेस
माघ २६, २०७८ १८:०९ मा प्रकाशित
अन्तर्वार्ता
प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
22
SHARES
Share on FacebookShare on Twitter


स्याङजा चापाकोटका जीवन भण्डारी होटल व्यवसायी हुन् । होटल व्यवसायमार्फत नै गण्डकी प्रदेशको भलिबल खेलसंग जोडिएका उनलाई गण्डकी प्रदेश भलिबल टिमको व्यवस्थापकको भुमिका समेत दिइयो । व्यवस्थापकको भुमिकामा रहँदै टिमसंग उनी एनभीए कप, टाइगरकपमा टोलीलाई सम्हाले टोलीलाई सम्हाल्दै गर्दा टिम व्यवस्थापन र खेलाडी संरक्षण तथा विकासका लागि युवा व्यवसायी समेत रहेका भण्डारी संग गण्डकी प्रेसका संवादददाता संग बिजय नेपालीले गरिएको कुराकानी ।

तपाईँ युवा व्यवसायी गण्डकी प्रदेशको टिमको व्यवस्थापन हेरिरहनुभएको छ आफुले गरेको व्यवसाय र खेलकुद टिमको व्यवस्थापनमा कत्तिको फरक छ ?
व्यवासय छुट्टै पाटो हो । यो कमाइ खाउला परिवार पालौला भनेर गरिएको भयो । त्यसलाई त्यहि अनुसार व्यवस्थापन गरिन्छ । टिम म्यानेजर भनेको भलिबलको मायाले भएको हो । अब व्यवस्थापनको हिसाबमा फरक छ । एकातिरको व्यवस्थापन आफ्नो जिवनसंग जोडिएको छ । अर्कातिर भनेको स्वयम्सेवकको रुपमा हो । खेलाडी व्यवस्थापकको भुमिकामा रहेर हेर्दा खेलाडीको अवस्था नजुक छ प्रदेशमा ।

भलिबलसंग कसरी जोडिन पुग्नुभयो त ?
बास्वतमा भन्नुपर्दा भलिबलसंग जोडिएकै व्यवसायमार्फत नै हो । व्यवसायी भएको हिसाबले र भलिबललाई माया गर्ने भएकाले नै यता जोडिएको हुँ । रमेश गुरु,राजकुमार दाई, नविन दाईसंग ठोक्किन पुग्यो र वहाँहरु आयोजक म होटल व्यवसायी वहाँहरु होटल खोज्दै गर्दा भेट हुन पुग्यो त्यसरी नै भलिबलसंग जोडिन पुगेँ ।

सुरुवाती समयमा सभामुखकपबाट नै भेट भयो । २/४ वर्ष आयोजना भएको प्रतियोगितामा खेलाडीहरु राखे । अनि मैले नि चासो देखाए खेल के भयो ? खेलाडीले कस्तो प्रदर्सन गर्‍यो भनेर त्यही हुँदा हुँदै जोडिए । त्यसरी नै एनभीएकपका लागि व्यवस्थापक हुन पर्‍यो भन्नुभयो त्यहीँबाट नै व्यवस्थापकमा भए ।

प्रदेश खेलकुदको टिम सम्हाल्न निकै गाह्रो छ । सहयोग छैन खोजुवाकै भरमा चल्नुपर्ने हुन्छ व्यवस्थापन गर्न कत्तिको गाह्रो हुन्छ ?
यो बहुतै गाह्रो छ । यो दुई तर्फ गाह्रो भएको मैले देखेको छु । एक खेलाडीलाई त हुनेनै भयो अर्को भनेको भलिबल संघलाई पनि गाह्रो नै छ । किनकी संघसंग रकम छैन् । प्रदेश सरकारले दिदैँन् । संघ छ रकम छैन् । खेलाडीलाई कतै खेलाउन लग्यौ भनेपनि आर्थिक कुरा नै आउँछ । कतिपय अवस्थामा अलि अलि प्रदेशले सहयोग गर्‍यो होला आफ्नो ठाउँमा छ तर खेलाडीको संरक्षणको हकमा भने सरकार चुकेकै छ । खेलाडी व्यवस्थापन त अब खेल अवधीमा आयोजकले खाने बस्ने व्यवस्था गरिदिए हो नत्र त सहयोग खोजेर नै चल्नुपरिरेको छ । त्यो त भयो खेल खेल्दाको कुरा । अब आउँछ खेलाडी पारिश्रमिकको कुरा हामीले खेलाडीलाई पारिश्रमिक दिन नै सक्दैनौ । म एक व्यवस्थापक भएको हिसाबले खेलाडीहरुलाई डाइट आवस्यक पर्दा सहयोग गरे । प्रशिक्षकले पनि प्रतिक्षणमा सहयोग गर्नुभयो । खेलाडी पनि निशुल्क रुपमै प्रदेशको प्रतिनिधित्व गर्नुपर्ने बाध्यता छ ।

प्रदेशको टिम हेर्नुभयो । प्रदेशले टिम बनाउँदा खोजुवाको भरमा टिम बनाउन परिरहेको छ । अब नेपालकै राष्ट्रिय खेल भलिबलमै यस्तो अवस्था छ भने अन्य खेलको त कुरा नै नगरौ वास्तवमा यो समस्या चाँहि के रहेछ जस्तो लाग्छ तपाईँलाई ?

समस्या चाहि दुबै पाटोबाट देखिन्छ । संघले पनि खेलाडी संरक्षणका लागि दबाब मुलक तरिकाले लाग्नुपर्ने हो त्यो भएको देखिदैँन । अर्को कुरा भनेको त राज्यले नै खेलकुदलाई वेवास्ता गरिरहेको छ । यो प्रदेशको मात्र होइन देशकै समस्या हो । विभागीय क्लब बाहेक त अन्य क्लब नै छैन नी खेलाडीलाई जागिर दिन सक्ने छ । समस्या भनेकै जिविकोपार्जन हो, आर्थिक हो । जबसम्म खेलाडीको जिविकोपार्जनमा ध्यान दिन सक्दैनौ तबसम्म यस्ता समस्या खेपिरहनुपर्छ हामीले । सद्यैँ सहयोग मात्रै गरेर पनि त टिम बन्दैन होला ? हामीले देखेकै र सुनेकै कुरा हो कुनै बेला नेपाली भलिबललाई उकास्नका लागि महत्वपूर्ण भुमिका खेलेको टप्स, फिस्टेल र ज्ञानुबाबा जस्ता विद्यालयले आफ्नो र सहयोगकै खर्चमा टिम बनाएका थिए खेलाडी उत्पादन गरेका थिए । आज ती विद्यालयमा खेलाडीको अवस्था के छ ? यसैले पनि त प्रमाणित गर्छ खेलकुदमा राज्यको लगानी न्युन छ भन्ने कुरा । राज्यले लगानी गरेको भए यस्ता गण्डकीमा कयौँ विद्यालयहरु निस्कीन्छन र खेलाडी उत्पादन हुन्छन् । नेपालमा भलिबलको मात्र होइन सबै खेलको अवस्था निकै दयनिय रहेको छ । सबै खेल स्वयम सेवक प्रशिक्षक र सहयोगीकै भरमा चलिरहेको छ ।

खेलाडीलाई आवश्यक प्रशिक्षण पनि पुग्दैन् । अनि कहाँबाट नतिजा राम्रो आउँछ त ? प्रदेशले खेलाडीका लागि केहि गरेर नै विभागियको झैँ प्रशिक्षण दिने हो भने गण्डकीलाई कसैले नआटे हुन्छ । समस्या त अब प्रदेशले खेलाडीका लागि केहि पनि गरेको छैन । खेलाडी पनि कतिदिन प्रदेशको नामबाट रित्तो हात खेलिदिने दु:ख खेलसंघ र खेलाडीलाई छ । संघसंग पैसा छैन खेलाडीले पैसा पाउँदैनन् ।

तपाईँले प्रदेशटिमको एउटा भुमिकामा रहेर काम गर्दै गर्दा खेलाडीको प्रदर्सन चाँहि कस्तो लाग्यो ?
खेलाडीको प्रदर्सन उच्च छ । गण्डकी प्रदेशमा नयाँ खेलाडी प्रत्येक प्रतियोगितामा हुनेगर्छन् । उनीहरुको खेल निकै राम्रो छ । टाइगरकपको कुरा गर्ने हो भने पनि नयाँ खेलाडी थिए सेमिफाइनलमा पुगेकै हो लिग खेलेरपनि । खेलाडीले पर्याप्त प्रशिक्षण नपाएसम्म नतिजाको आशा नगरे हुन्छ । यदि हाम्रा खेलाडीलाई पर्याप्त प्रशिक्षणको व्यवस्था हुन्छ भने देशमा सबैभन्दा बलियो टिम हुन्छ । नतिजा पनि हाम्रै पक्षमा नै आउँछ ।

गण्डकीबाट खेल्न केही राम्रा खेलाडी आएनन् जस्का कारण केहि आलोचित समेत खेप्न बाध्य भएको थियो । किन राम्रा खेलाडीले प्रदेशबाट खेल्न मानेनन । स्थानीय खेलमा नै रमाउँछन् किन ?
मैले अघि पनि भनिसके यो सबै अर्थसं नै जोडिएको कुरा हो । खेलाडीहरु प्रदेशबाट के का लागि खेल्ने ? किन खेल्ने ? के सद्यैँ प्रदेशको जर्सी लगाउने अनि निशुल्क खेल्ने हो र ? त्यो त सम्भव नै छैन नी । खेलाडीलाई प्रदेशमा भन्दा त्यसतै स्थानीय प्रतियोगिता खेल्दा फाइदा हुन्छ । उनीहरुले प्रत्येक खेल खेलेअनुसार रकम पाउँछन् । प्रदेशबाट खेल्दा त नाम मात्र पाउने त होनी । अनि अर्को कुरा भनेको खेलाडीमा पनि अनुसाशन नभएकै हो । प्रदेशको टिम बनाउँदा सुरुमा जुन खेलाडीहरु थिए अन्तिम छनोट हुँदा आइदिएनन् । उनीहरु स्थानीय प्रतियोगितामा नै गए । त्यसैले हामीले आलोचना खेप्न परेको हो । अन्यथा त खेलाडी बाच्न पर्‍यो । अधिकांश खेलाडी गाउँकै छन् । त्यसरी नै खेलेर कमाइ हुँदा उतै जान्छन् । रित्तो हात फर्किने भएपछि किन आउँछन र आउँदैनन् । अर्को कुरा भनेको प्रदेशबाट खेल्ने वित्तिकै स्थानीय स्तरको खेल खेल्न पाउँदैनन् । प्रदेशबाट खेल्दा राष्ट्रिय स्तरको खेलाडी भनिन्छ अनि खेल्न पाउँदैनन् । त्यसैलेपनि खेलाडी आउन मान्दैनन् । लोकल खेलमै रमाउँछन् ।

तपाईँ एक व्यवसायी भएकाले पनि स्वयम् सेवी व्यवस्थापकको भुमिका निर्वाह गर्नुभयो तर खेलाडी चाँहि प्रदेशबाट खेलेर खालि हात जानुपर्ने स्थिति छ । तपाईँपनि खेलाडीको ठाउँमा रहेर खाली हात हुनुपरेको अवस्थालाई सम्झँदा कसरी सम्झनु हुन्छ ?
अब विना व्यवसाय त खेलनै भनेर हिड्न सक्ने अवस्था नै छैन तैपनी तपाईँले भनेझै खेलाडीको तर्फबाट सोच्दा निकै दयनिय अवस्था छ । खेलाडीलाई प्रदेशबाट नेतृत्व गरिरहँदा भत्ताको व्यवस्था छैन् । खाली गाडीभाडामात्रै दिनुपर्ने बाध्यता छ । गाडीभाडा बोक्यो गयो स्थिति छ । अहिले त्यहि भएको हो खेलाडीले पारिश्रमिक नै पाएनन् । यो त लाजमर्दो कुरा हो । महिना दिन टिमका लागि खेल्यो अनि जानेबेला खाली हात फर्कियो । परिवार भएका खेलाडी हुनेथिए भने हालत के हुन्थ्यो होला । मैले पनि कुनै खेलाडी भाइबाट नै सुनेको काठमाण्डौँमा एक जना सर हुनुहुन्थ्यो रे खेलकुदलाई निकै माया गर्ने । उहाँसंग राम्रो सम्पत्ति पनि थियो रे खेलकुदको विकासमा लाग्दा अहिले डाइभर भएर हिड्नुभएको छ रे । अवस्था एस्तै हो खेलाडीको । राम्रो इन्कम भएको व्यक्ति त सकिन्छ भने केहि पनि नभएका खेलाडीहरु कसरी धानिन्छन धन्न खेलाडीले प्रदेशका लागि खेलिरहेकै छन् ।

खेलाडी संरक्षण र जिविकोपार्जनका लागि राज्यले के गरे समाधान हुन सक्छ ?
मुख्य कुरा भनेकै यहि हो । खेलाडीका लागि वर्षेनी प्रशिक्षण गराउने । दिउँसोमा केहि जागिरको व्यवस्था गरिदिने वा व्यवसायमा राज्यले लगानी गरिदिने हो भने खेलाडीको संरक्षण पनि हुन्छ नियमित रुपमा खेलाडीले प्रशिक्षण पनि पाउँछ । टिम सेट हुन्छ नतिजा सोहि अनुसारको आउँछ । आर्थिक रुपमा बलियो बनाउने योजनाहरु राज्यले ल्याउनुपर्छ अनिमात्र समस्याको समाधान हुन्छ । यस्का लागि भनेको गाउँका खेलाडीहरु हुन् । गाउँगाउँका विद्यालयहरुमा भलिबल निकै खेलिन्छ उनीहरुलाई त्यहि विद्यालयहरुमा पार्टटाइम जागिरको व्यवस्था गरिदिने । उनीहरुले त्यहाँ सामान्य भलिबल खेल्न सिकाउँछन । त्यसले उनीहरु पनि प्रशिक्षक बन्ने तर्फ आकर्षित हुन्छन् अनि खेलाडी उत्पादनमा पनि राहत मिल्छ । अथवा अन्य जागिरहरु पनि त प्रदान गर्न सक्छन नी ।

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ
अन्तर्वार्ता

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”