पोखरा / पोखरामा श्रीमानको हस्ताक्षर किर्ते गरि बैंकबाट ॠण निकालेको आरोपमा श्रीमती सहित एक पुरुष पक्राउ परेका छन ।
किर्ते गरी ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं.३० ढुङ्गेपाटनका ५२ वर्षीय मोहन बहादुर शाहीको नाउँमा दर्ता रहेको २ वटा जग्गा कि.नं.२४४४ र २४४७ को जग्गा धितोमा राखी ५० लाख ॠण निकालेको खुलेको हो ।
उनको श्रीमती बर्ष ४४ की वन्ती शाही र सुर्खेत चौकुने गा.पा. वडा नं. ४ घर भई हाल पोखरा १० बुद्धचोक बस्ने ४४ वर्षका भद्र थापाले सिदार्थ बैंकबाट ॠण निकालेका हुन ।
२५ गते वन्ती शाही र भद्र बहादुरलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
उनिहरु विरुद्ध अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान गरिराखेको प्रहरीले जानकारी दिएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-