२०८३ मंसिर ८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

गण्डकी प्रेस
मंसिर ८, २०८३ २०:११ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य
0
SHARES
Share on FacebookShare on Twitter


लेखनाथ, ७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि“ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिवेशमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गरी कृषकलाई सम्भावनाको बाटो देखाउन यसलाई निरन्तरता दिइएको बताइन्। “वर्तमान परिवेशमा निजी क्षेत्रको मनोबल केही खस्किएको छ। बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नभएकाले निजी क्षेत्र लगानी गर्न इच्छुक देखिएको छैन,“ उनले भनिन्। अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीप्रति पनि उनले चिन्ता व्यक्त गरिन्। महोत्सव सिक्ने र सिकाउने थलो बनेको र यसलाई अनौपचारिक विश्वविद्यालयका रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ थियो।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि र सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी हुनेछ। फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनी, कृषि, पर्यटन र उद्योगबारे संवाद कार्यक्रम पनि रहनेछन्। महोत्सवको आकर्षणका रूपमा ’एसियाको ज्योति’ तथा शान्तिका दूत मानिने गौतम बुद्धको प्रतिमा राखिने जानकारी दिए ।

महोत्सव अन्र्तगत सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी ¥याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य र कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम हुनेछन्। यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका कलाकारको लोकदोहोरी, स्टेज सो (हास्यव्यङ्ग्य), बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल ¥याली र उत्कृष्ट स्टल पुरस्कार पनि आयोजनामा समेटिएका छन्।

महोत्सवमा रहने ३३५ वटा स्टलमा गार्मेन्ट तथा रेडिमेट कपडा र फुटवेयरका सबैभन्दा बढी ११२ स्टल छन्। कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल स्टल २४, फुड एन्ड बेभरेज १८, खाना महोत्सव १७, हस्तकला १४, शैक्षिक÷ग्रामीण प्रविधि÷कृषि प्रदर्शनी १३, डेरी १३, मेसिनरी १२, नेपाली उत्पादन प्रदर्शनी १०, अटो प्रदर्शनी ६ र बैंक, वित्तीय संस्था तथा प्रायोजकका ३० स्टल हुनेछन्। संघका सदस्यले आफैँ स्टल राखे २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु. २ हजार छुट पाउनेछन्। सदस्यका लागि स्टल बुकिङ मंसिर ७ गते सोमबारदेखि नै खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११ गतेदेखि खुला हुनेछ। प्रवेश टिकट विद्यार्थीका लागि रु. ५०, सर्वसाधारणका लागि रु. १०० र सुगम सङ्गीत (कन्सर्ट) का लागि रु. २०० तोकिएको छ।

आयोजकका अनुसार महोत्सवमा करिब २ लाख ७० हजार दर्शक आउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने भएकाले २० लाख रुपैयाँ बचत हुने अनुमान छ। बचत रकम सात तालको संरक्षण तथा प्रवद्र्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ।

महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म १० जना निर्देशक, ५५ सल्लाहकार, ५० उपसमिति संयोजक, ९० कार्यसम्पादन समिति सदस्य, १२० मूल समारोह समिति सल्लाहकार र ३०० मूल समारोह समिति सदस्य रहने गरी समिति गठन गरिएको छ।

मुख्य प्रायोजकको तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले एग्रो थाई फुड्सले स्वदेशमै उत्पादन थालेपछि ऊर्जा पेयको आयातमा खर्चिने करिब हजार करोड रुपैयाँ बराबरको विदेशी मुद्रा जोगिएको बताए। उनका अनुसार कम्पनीले पाँचवटा प्लान्ट जडान गरेको छ, जसले तराईका उखु उत्पादक कृषकलाई लाभ पु¥याएको, विद्युत् खपत बढाएको र हजारौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ। “नेपाली उद्योगले आक्रामक ढङ्गले काम गरे आयात विस्थापन गर्न सकिन्छ,“ उनले भने।

पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन गर्दै वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने भन्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।

महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन भने सहआयोजकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड र मुख्य प्रायोजकमा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर एनर्जी ड्रिङ्क) रहेको छ।

सम्बन्धित समाचार

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव
प्रमुख समाचार

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट
प्रमुख समाचार

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते
प्रमुख समाचार

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित
खेलकुद

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

चर्चित खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम