काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन्।
कार्तिक २९ गतेको दुर्घटनासम्बन्धी विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ। त्यहाँ दुर्घटनामा ६ जनाको मृत्यु र ५९ जना घाइते भएका छन्।
त्यस्तै, कर्णाली प्रदेशमा ३ जनाको मृत्यु र ८ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा २ जनाको मृत्यु र १० जना घाइते भएका छन्। कोशी प्रदेशमा १ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेशमा १२ जना, लुम्बिनीमा २४ जना र बागमती प्रदेशमा २ जना घाइते भएका छन्। यी प्रदेशमा मृत्यु भएको विवरण छैन।
दुर्घटनामा मानवीय क्षति न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सावधानीपूर्ण सवारी सञ्चालन आवश्यक देखिन्छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-