पोखरा / पोखराको फेवातालमा हाम फालेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ।
बुधबार राति करिब ११ बजे पोखरा–६ बसुन्धरापार्क नजिकै तालमा हाम फालेका पोखरा–५ प्रस्याङका २९ वर्षीय केशव भुजेललाई प्रहरीले उद्धार गरेको हो।
मादक पदार्थ सेवन गरेका भुजेललाई वडा प्रहरी कार्यालय बैदामको टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याएको थियो। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया लेख्नुहोस्:-