पोखरा / धरानमा प्रहरीले २ राउण्ड हवाई फायर गरि दुई सय ९ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
धरान उप–महानगरपालिका वडा नम्बर २० च्यान डाँडामा गाँजा लोड गरिरहेकालाई पक्राउ गर्न पुगेको प्रहरीले हवाई फायर गर्न परेको हो ।
बा१च ५०३८ र को१च ८१८२ नम्बरको स्कोरपियोमा गाँजा लोड भइरहेको थियो । नियन्त्रणमा लिन पुगेका प्रहरीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा एक भारतीय सहित चार नेपाली रहेका छन् । भारत विहार प्रान्त मधुवन्नी जिल्लाका वर्ष ३८ का सन्तोष ठाकुर, चालक सप्तरी डाक्नेश्वरी नगरपालिका १० का वर्ष २४ का रामसागर कुमार यादव र सप्तरी छिन्नमस्ता गाउँपालिका ६ का वर्ष ५९ का राजकुमार शाह रहेका छन् । यादव ५०३८ नम्बरका चालक हुन भने शाह ८१८२ नम्बर गाडीका ।
यस्तै सप्तरी राजगढ गाउँपालिका १ का वर्ष ४५ का राजेन्द्र प्रसाद मंडल र धरान ११ का वर्ष २१ का अमृत बिशुङखे रहेका छन् । उनीहरुसहित २०९.४२ किलोग्राम गाँजा फेला परेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-