पोखरा/ नवजात शिशुलाई फाली फरार रहेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ६ लेकसाइडमा भाडामा बस्दै आएकी निरुता नेपालीले जन्मने बित्तिकै शिशुलाई ट्वाइलेटला फालेकी थिइन ।
कात्तिक ३ गते दशैँको बेला पोखरा ६ स्थित तोडबहादुर थापाले ट्वाइले जाम भइपानी बाहिर निस्किएपछी ट्वाइलेट बाहिरको च्याम्बर खोलेर हेरेका थिए ।
च्याम्बर खोल्दा सालनाल सहितको शिशु ( छोरा) मृत अवस्थामा भेटिएको थियो ।
पोखरा २१ कृस्ती घरभइ स्याङजा अर्जुनचौपारी १ कि निरिता लेकसाइडमा एकलै बस्दै आएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी विरेन्द्रकुमार पासवानका अनुसार उनको विवाह भएपनी एक्लै बस्दै आएकी थिइन ।
२०७८ सालमा विवाह भएकी उनी गएको माघमा गर्भवती भएकी थिइन् उनको श्रीमानले उक्त कुर थाहा पाएको र आफुले बच्चा फालिसकेको बताएको राजनले प्रहरी समक्ष बयान दिएका छन । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको डिएसपी पासवानले बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-