२०८३ कार्तिक २०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रेस
अशोज २७, २०८३ १९:१५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
4
SHARES
Share on FacebookShare on Twitter


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने बताएका छन्।
कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उनले प्रदेशका साझा समस्या समाधानका लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताए।
संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको गुनासो थियो।
हालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आफूले संघीयता कार्यान्वयनका सन्दर्भमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको उनले बताए।
संविधानले प्रदेशलाई दिएका अधिकार कार्यान्वयन नहुँदा र संघीय कानुन तथा नीतिगत जटिलताका कारण प्रदेशले बनाएका कानुनसमेत कार्यान्वयन गर्न समस्या भइरहेको मुख्यमन्त्री पाण्डेले बताए।
प्रदेशले नागरिकको आवश्यकता र प्रदेशको सम्भावनालाई ध्यानमा राखेर कानुन तथा नीति निर्माण गरे पनि संघीय कानुनसँगको असामञ्जस्य र अधिकारको अस्पष्टताका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको उनको भनाइ थियो। संविधानले दिएका अधिकार प्रदेशमा हस्तान्तरण गर्न, आवश्यक संघीय कानुन निर्माण गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउन संघ सरकार गम्भीर हुनुपर्ने उनले बताए।
उनले गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ र बजारीकरणलाई व्यवस्थित गर्न कानुनी व्यवस्था गरे पनि संघ सरकारको अन्तःशुल्कसम्बन्धी कानुनी प्रावधानका कारण त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको विषय उठाए। त्यस्तै, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानुन कार्यान्वयनमा संघीय कानुनी व्यवस्था बाधक बनेको उल्लेख गर्दै यसका लागि आवश्यक कानुनी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए।

प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन उपलब्ध नगराउने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिले संघीयताको मर्मअनुसार काम गर्न कठिन बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे। ‘हातखुट्टा बाँध्ने, अनि दौडन सकेन भन्ने’ उनले भने ।

तीनवटै तहका सरकारको प्रशासनिक खर्चमध्ये सबैभन्दा कम प्रदेशको रहेको बताउँदै उनले तीनवटा सरकारहरु मध्ये प्रदेशले पाँच प्रतिशतभन्दा कम प्रशासनिक खर्च गर्ने गरेको उल्लेख गर्दै तथ्यमा भन्दा पनि भ्रमका आधारमा प्रश्न उठाउने प्रवृत्ति रहेको बताए। यस्तो प्रवृत्तिलाई प्रदेशहरूले कामबाटै चिर्नुपर्ने उनको भनाइ थियो। प्रदेशलाई संविधानअनुसार अधिकार, स्रोतसाधन र कानुनी आधार उपलब्ध गराउने हो भने नागरिकलाई सेवा प्रवाह गर्न र विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहज हुने उनले बताए।
यसअघि दोस्रो कार्यकालमा २०८० असार १५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पोखरामा पहिलो अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेको थियो। त्यसको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय समन्वय परिषद्को बैठकसमेत आयोजना गरिएको थियो। उक्त अवसरमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीकै उपस्थितिमा प्रदेशका समस्या, चुनौती र गुनासा प्रस्तुत गरेका थिए।
पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझा पत्र तयार गरी तत्कालीन प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो।
त्यसैगरी, २०८० पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले नौ बुँदे साझा पत्र तयार गरी संघ सरकारसमक्ष प्रस्तुत गरेको थियो। यसअघिका बैठकले गरेका कुनै पनि निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले प्रदेश सरकारहरूका साझा समस्याबारे संघ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
प्रदेश सरकारलाई संविधानप्रदत्त अधिकार, आवश्यक कानुनी आधार र पर्याप्त स्रोतसाधन उपलब्ध गराउँदै तीनै तहका सरकारबीच समन्वय र सहकार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले संघीयताको मर्मअनुसार प्रदेश सरकारलाई सक्षम बनाउनु आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal