पोखरा / पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला टि२० प्रतियोगितामा पर्वतको ब्याटिङ कम्जोर हुँदा कास्की संग १२ रनको हार व्यहोर्न बाध्य भएको छ ।
बलिङमा उत्कृष्ट प्रदर्शनी गर्दै ६९ रनको विजयी लक्ष्य पाएको पर्वतको बलिङ जसरी ब्याटिङ चल्न नसक्दा २० ओभरमा ९ विकेट गुमाउँदै ५६ रनमात्रै बनाउन सफल रह्यो । पर्वतका लागि एन्जल अधिकारीले १५ रन बाहेक अन्य ब्याटरले रन जोड्न सकेनन् ।
ओपनर जिविका परियार शुन्यमै पेभिलियन फर्किइन् । यस्तै शुसिला भट्टराई र दिपिका सापकोटा समान १÷१ रनमा आउट भइन् । प्रतिमा खड्का १, योगिता केसी ३, कप्तान कृषा अखेली ४, जिविका क्षेत्री शुन्य र जेनिसा शर्मा ४ रनमा आउट भइन् । यस्तै अनुषा पौडेल ४ र रिदिमा पौडेल १ रनमा अविजित रहिन् ।
कास्कीको जितमा अलराउन्डर यशोदा भुजेलले ४ ओभरमा ६ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । यस्त्र सिमाना रेग्मीले २ तथा वर्षा पौडेल र सुशिला डिमडुङले समान १÷१ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की १९.२ ओभरमा ६८ रनमै अलआउट हुन पुग्यो । कास्कीका लागि रिया तामाङ र चन्द्रमायाले बाहेक अन्य ब्याटरले गतिलो रन जोड्न सकेनन् । रियाले १४ तथा चन्द्रमायाले १२ रन बनाइन् । कप्तान तथा ओपनर सिर्जना पौडेल ५, रेखा तामाङ ३, यशोदा भुजेल ८ र रोजी परियार १ रनमा आउट भइन् । यस्तै सम्झना विक, मेघा खड्का र सुशिला डिमडुङ तामाङ शुन्यमै आउट भइन् । वर्षा पौडेल शुन्यमा नटआउट रहिन् ।
पर्वतका लागि जेनिशा शर्माले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिइन् । अनुषा पौडेलले ४ ओभरमा ९ रन खर्चेर २ तथा जिविका क्षेत्री, प्रतिमा खड्का र कप्तान कृषा अखेलीले समान १÷१ विकेट लिइन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-