पोखरा / पोखरामा सेक्युरिटी गार्ड र आर्मीको तयारीमा रहेका युवाहरू लक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरको सुरक्षा र आत्मरक्षा सम्बन्धि तालिम दिइएको छ ।
गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लि. ले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा ज्ञान, सीप र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो ।
सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, सीईबीएका प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटनले प्रशिक्षण दिएका थिए ।
मंगलबार प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीका निर्देशक जोल्ट केरेस्तेसीले तालिम दिनु महत्त्वपूर्ण नभएपनी यसको उदेश्य निकै महत्वपूर्ण रहेको बताए ।
सल्युट गाेर्खा ट्रेनिङ सेन्टर प्रा.लि.का संस्थापक राहुल पाण्डेले युरोपको सुरक्षा गार्डको सिप सिकाएर काममा दक्ष बनाउने उदेश्य रहेको बताए । उनले सुरुवातमा सुरक्षा गार्डका लागि तयारी गरिरहेकालाई मात्र लक्षित गरि तालिम प्रदान गर्ने योजना रहेपनी पछि आर्मीकै लागि तयारी गरिरहेकालाई समेत समेटिएको सुनाए ।
“रोजगारका लागि भनेर सबैका लागि तालिम दियौं । एक सय बढीले लिन खोज्नुभयो तर हामिले निश्चित मात्र गर्यौ” उनले भने ।
तालिममा सहभागी भएका मानबहादुर थापाले तालिममा भिआइपीको सुरक्षा कसरी गर्ने, मेला महोत्सवको समयमा त्यहाको सुरक्षा कसरी गर्ने र कस्तो तरिकाले व्यक्तिको सर्च गर्ने भन्ने सिकेको बताए ।
गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय सुरक्षा बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु तालिमकाे मुख्य उद्देश्य रहेको बताए। तालिम ३५ जनालाई प्रदान गरिएको थियो ।
सोही क्रममा सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले समेत सल्युट गोर्खालाई आफ्नो आधिकारिकता प्रदान गरेको छ । अब सल्युट गोर्खाबाट प्रशिक्षित हुने व्यक्तिहरु सीईबीएकै मान्यता प्राप्त हुने छन ।



























प्रतिक्रिया लेख्नुहोस्:-