पोखरा / कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर ७ घिप्लेमा सामान्य विवादले साथीको ज्यान लिएको छ । गएको ९ गते राती संगै मादक पदार्थ सेवन गरि आ-आफ्नो घर पुगेपनि पछि कुटपिट गर्दा <span;>२२ वर्षिय राजेन्द्र पौडेलको मृत्यु भएको छ ।
यसरी सुरु भएको थियो घटना
मृतक राजेन्द्र पौडेल पोर्टर ( पर्यटकको भरिया ) को काम गर्दै आएका छन । उनले दशैंको बेला आम्दानी समेत गरे । ८ गते राजेन्द्र आफ्नो दिदी भिनाजुको घरमा पुगे । साँझतिर पुगेका उनले भिनाजुसंग मोबाइल माग्छन । भिनाजुले उनलाई मोबाइल नदिएपछी उनले मोबाइल फुटालिदिन्छन । त्यसपछी उनी साथीहरु लिलबहादुर पुन,आशिष् गुरुङ, महादेव विक र मिलन विकसंग बसेर मापसे गरे । बिस्तारै मापसे गर्दैजादाँ राजेन्द्रले मातिएको तालमा लिलबहादुरको मौरीको गोलामा लातिले हाने । त्यत्तिकै मा राजेन्द्रलाई उनिहरुले किन हानेको भन्दै हकारे । राजेन्द्रको साथमा आसि थियो । रिसको झोकमा उनले सोही आसिले मिलनको घाँटीमा प्रहार गरे । त्यसपछी आशिष् लाई प्रहार गरे । उनको खुट्टामा चोट लाग्यो । झगडापछी सबै आ-आफ्नो घरतिर लागे ।
<span;>तर आशिषलाई झगडाको विषयले सताइ रह्यो उनले लिलबहादुरलाई फोन गरेर बोलाए । त्यतिबेला रातको ११ बजेर ५९ मिनेट गएको थियो । आफुमाथी प्रहार गर्नेलाई त्यसै छाड्न नहुने भन्दै “अब यसलाई यसै छाड्न हुन्न भन्दै उनिहरु राजेन्द्र्को घरतर्फ लागे । राजेन्द्रलाई घरमै पुगेर उनिहरुले कुटपिट गरे । बाँसको भाटा, दाउरा र मुका प्रहार गर्दै घिसारेर बाहिर ल्याए ।
” मृतकको घरमा आमा र २ दाजु थिए उनिहरुसमेत मापसे गरेर बसेका थिए” घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले भने, “घटनाबारे परिवारलाई धेरै याद छैन सबैले बढिनै मापसे गरेको देखिन्छ ।”
झगडा भएको भोलिपल्ट अर्थात सोमबार विहान करिब ८ बजेर २० मिनेट जाँदा घरदेखी करिब ५० मिटरको दुरिमा राजन मृत अवस्थामा फेला परेका थिए । सिरक ओढेर सुतेको अवस्थामा उनी फेला परेका थिए ।
” मृतक नग्न अवस्थामा थिए तर सिरक ओढेका थिए” एसपी कार्कीले भने, ” शरिरमा निलडाम भएकाले अनुसन्धान अघि बढायौ । घटनामा संलग्नलाई पक्राउ गरेका छौ । राती आमाले नै सिरक लगेर ओढाइ दिएको देखिन्छ । तर सबै मापसे गरेको पनि देखिन्छ ।”
<span;>प्रहरीले आशिष गुरुङ, महादेव विक, मिलन विक र लिलबहादुर पुनलाई पक्राउ गरेको छ ।
<span;>प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या गर्नु कुनै पुरानो विवाद वा रिसिइबी तथा योजना नभइ सामान्य विवादको कारण रहेको छ ।
<span;>मृतक पौडेलको मृत्युको कारण भने नशा फुलिएको र त्यसले मृगौलामा असर गरेका कारण भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ ।
<span;>स्रोतका अनुसार शरिरमा निल डाम र सामान्य चोट बाहेक ठुला चोट छैनन् । “कुटपिट पछि बाहिरी ठूलो चोट देखिदैन । तर, नशा सुनिएर रगत राम्ररी प्रवाह नहुदा किड्नीमा असर गरेको देखिन्छ ।”




























प्रतिक्रिया लेख्नुहोस्:-