२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

गण्डकी प्रेस
माघ ११, २०७९ १९:२९ मा प्रकाशित
अन्तर्वार्ता
स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
25
SHARES
Share on FacebookShare on Twitter


गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयमा स्नातक तह तर्फ खेलकुद व्यवस्थापन ‘ब्याचलर इन स्पोट्र्स मेनेजमेन्ट’ सुरु गरेको छ । प्रदेश सरकारले सुरु गरेको विषयले सुरुवातमा निकै वाहवाही कमायो । तर विद्यार्थी भने अझै सोचे अनुरुप आउन सकिरहेको छैन् । कतिपयलाई स्पोट्र्स म्यानेजमेन्टका बारेमा जानकारी नै छैन भने जानकारी भएकालाई समेत गलत बुझाइ परिरहेको छ । खेलकुदमै विद्यावारिधि गरेका गण्डकी विश्वविद्यालय स्पोट्र्स म्यानेजमेन्ट विभाग प्रमुख डा. मधुसुधन सुवेदीसंग गरिएको छोटो कुराकानी ।

खेलकुद विषयको अवधारणा कसरी सुरु भयो ?
यो ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट जब गण्डकी विश्व विद्यालय सुरु भएसंगै कुलपतिको नियुक्ति भयो । त्यसपछि यो विश्वविद्यालयलाई टेक्निकल युनिभर्सिटि भनेर सुरु गरियो । टेक्निोलोजिहरु जसले चाँहि रोजगार छिटो पाओस भन्ने तरिकाले सुरु भएको अवधारणा हो ।

स्पोट्र्स म्यानेजमेन्ट पनि चाहिन्छ भनेर विभिन्न विज्ञको टोलीले यसबारेमा अध्ययन अनुसन्धान गरि एक प्रतिवेदन बनाएर तत्कालिन मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ सरसंग कुरा गरेर यो पनि खाँचो छ भनेर ल्याइएको हो । भाग्यवश म पनि जोडिन पाए ।

कसरी जोडिनुभयो ?

पिएचडी गर्दै थिए । लकडाउनको भयो म पनि घरमै थिए त्यतिबेला नै युनिभर्सिटि पनि संचालन भयो । मैले पोखरामा ब्याचर इन स्पोट्र्स म्यानेजमेन्टको पढाइ हुन लागेको छ । यो लगायत अन्य १४ विषयको पनि पढाइ हुँदै रहेछ । जस्तो ब्याचलर इनि हटि कल्चर, ब्याचलर इन ब्युटीसियन एण्ड कस्मेटियोलोजि भन्ने ।

जुन चाहि पढ्ने वित्तिकै रोजगार पाइहालोस् भन्ने तरिकाले आएको हो । मैले पत्रिकामा देखेपछि म पनि यहि विषयको विद्यार्थी हुँ भनेर मैले मेरो शैक्षिक प्रमाणपत्र सहित वायोडाटा दिए । त्यसपछि यसको करिकुलमहरु बनाउनुपर्छ भनेपछि यो विषय सुरु भएको हो ।
यो पढाइ सुरुभएको एक वर्ष बढी भयो यो विषयप्रति विद्यार्थीको आकर्षण नदेखिनुमा हामीबाटै कमिकम्जोरी भएका हुन की विद्यार्थी

ल्याउन नसकिएको हो ?
स्पोट्र्स म्यानेजमेन्ट साउथ एशियामा त्यति राम्रो छैन् । युरोप अमेरिका तिर निकै राम्रो छ । साउथ एशियाको भारतमा समेत जबकी त्यहाँको जनसंख्या नै १.२ विलियन भएको राष्ट्रमा समेत यो विषयको सुरुवातमा यस्तै अवस्था थियो । यो कोर्ष नबुझ्ने अवस्थासम्म निकै समस्या थियो । हामी पनि सुरुवाति क्षणमा छौं ।

कतिलाई त यो विषयको बारेमा थाहा पनि छैन् । यो के हुन्छ ? कसरी हुन्छ ? भन्ने भएको छ । अहिले परिक्षण जस्तो मात्रै भएको छ । अहिले विद्यार्थीहरु आउनका लागि सोच्ने वातावरण हुन्छ नी ! हाम्रो रुढिवादी सोच जुन छ खेलकुदमा लाग्ने मान्छे नपढ्ने र नपढेकाहरु मात्रै खेलकुदमा लागेको हो भन्ने सोँचका कारण पनि नपढ्ने नै हो क्या भन्ने धारणाको विकास भएको पाउँछौं ।

जसले गर्दा यसको चाम घटेको छ अर्को कुरा भनेको हामीले जुन रुपमा यसको प्रचार गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । एउटा निजी क्षेत्रको कलेज भएको भए आज कस्तो खालको प्रोमोसन हुन्थ्यो त्यो तपाई हामी सबैले आकलन गर्न सक्छौं । तर यो सरकारी विश्व विद्यालय भएकाले हामीले गर्न सक्ने र चाहेको गर्दा गर्दै पनि ठाउँमा नपुगेको हो की भन्ने देखिएको छ ।

हामी धेरै जिल्ला त घुम्यौ तरपनि कतिलाई त विश्व विद्यालय छ भन्ने नै थाहा नभएको अवस्था र कतिलाई यो स्पोट्र्स म्यानेजमेन्ट के हो ? यो नयाँ कोर्ष भएको भए यसमा फ्युचर के छ भन्ने कुरा नबुझेको अवस्था भएको कारणले यो चाम घटेको हो । अहिले हामीले प्रचार प्रसार गर्नकै लागि कुलपति कप फुटबल प्रतियोगिताको आयोजना गरेका छौं ।

यो विषयको अवस्था के छ ? भोलिका दिनमा विद्यार्थी पढ्न आएमा भविष्यको सम्भावना के छ ?
अहिलेको स्थिति भन्दा तत्काल जति पनि विद्यार्थी हुनुहुन्छ । उहाँहरु प्यासनले आउनुभएको छ । खेलकुदमा आवद्ध भएका कारणले करिअर विकासका लागि डिग्री सर्टिफिकेटको आवस्यकता पर्दो रहेछ भन्ने हिसाबले आउनुभएको छ । अब पछि भविष्यमा के हुन्छ भने विद्यार्थीहरु सरकारी नीति निमार्णको स्तर जुन छ त्यहाँ पुग्न सक्छन् । कसरी भन्दा हरेक गाउँ, नगरपालिकामा खेलकुद शाखा छ तर अहिले ति शाखा परिपुर्ति भएको अवस्था छैन् । किनभने हामीले उत्पादन दिन सकेका छैनौं । भोलिको अवस्थामा यो स्पोट्र्स म्यानेजमेन्ट पढिसकेपछि विभिन्न निकायमा रहेका ति शाखाहरुमा यस्को चाम अवस्य बढ्ने छ ।

खेलकुदमा राज्यको नै लगानी छैन्, हरेक विद्यालयमा खेल शिक्षकको कोटा हुन्छ तर, अन्य शिक्षकलाई नै पदपुर्ति गरिरहेका हुन्छन् ।

अहिले गण्डकी विश्वविद्यालयले खेलकुद विषय सुरु गरेको छ यसमा तपाईको योगदान के हुन्छ ?
यो मेरो स्तरबाट भन्दापनि उच्चस्तरबाट हुनुपर्ने कुरा हो । हामीले लोकसेवासंग समन्वय गर्दैछौं । अबको चार वर्षभित्र यो विषयका पहिलो व्याचका विद्यार्थीहरु जो पासआउट हुनेबेलासम्म लोकसेवासंग आबद्ध हुन सक्यौ भने । जस्तो अहिले राष्ट्रिय खेलकुद परिषद्मा आउँदा अर्को फिल्डबाट आउनुभएको छ । लोकसेवा दिएरनै अर्को क्षेत्रबाट आएका कमृचारीहरु बढी छन् । भने यो कोर्ष पढि सकेपछि स्पोट्र्स म्याजेजमेन्ट नै पढेको आउनुपर्छ भन्ने हिसाबले अहिले कुरा अघि बढेको छ । आशा गरौं यो योजनापनि पुरा हुनेछ ।

स्पोट्र्स म्यानेजमेन्ट कस्तो विषय हो ?
स्पोट्र्स म्यानेजमेन्ट बाहिरी मुलुकमा हेर्ने हो भने व्यवस्थापनको एयटा पाटो हो । तर हाम्रो देशमा यो पहिलो पटक सुरुवात भएको विषय हो । जुन गौरव गर्न पर्ने कुरापनि हो । यसमा हामीले कस्तो किसिमको डिजाइन गरेका छौं भने एउटा व्यवस्थापनको पाटो, अर्को स्पोट्र्स म्यानेजमेन्ट, अर्को विज्ञान र खेलकुद भनेर चार वटा विम्वहरु तयार गरेका छौं । व्यवस्थापन गरिसकेपछि (स्पोट्र्स म्यानेजमेन्ट) अर्थात म्यानेजमेन्टमा ब्याचलर गरिसकेपछि भोलि जाने बाटो बोर्डर भनौं न त्यो निकै ठूलो राखेका छौ । भोलि एमबीए पढ्छु वा अन्य कुनै विषय पढ्छु भन्ने हो भनेपछि पायो । स्पोट्र्समा भएन भने बैंकमा पनि काम गर्न मिल्ने बाटो बनाएका छौं । अर्को कुरा टियुले (त्रिभुवन विश्व विद्यालय) पनि मास्टर्स इन स्पोट्र्स साइन्स सुरु गरेको छ । हामीले साइन पनि राख्नुको कारण सामान्य ज्ञान होस् । हामीले सबै फिल्डबाट ल्याएर एउटा ग्रास रुट लेभलको कोर्ष डिजाइन गरेका हौं ।

यो विषय किन पढ्ने ? के छ यो विषय पढ्नलाई ?
स्पोट्र्स म्यानेजमेन्ट नेपालमा हेर्ने हो भने यतिधेरै अवसहरु रहेका छन् । पछिल्ला समय खेल गतिविधिहरु बढिरहेका छन् । इभेन्टहरु आउने क्रम जारी छ । यो पढिसकेपछि प्रोफेसनल तरिकाले इभेन्टहरु कसरी म्यानेजमेन्ट गर्ने, टुर्नामेन्टमा के हुन्छ, यसको प्रोफेसनलिजम कसरी विकास गर्ने भन्ने कुराहरु यहाँबाट सिकिन्छ । खेलकुदमा भविष्य बनाउन चाहनेहरुलाई यो कोर्षले धेरै नै सहयोग गर्छ ।

अहिले जति पनि मानिसले यो बुझेका छन् त्यो भनेको यो विषय पढेर खेलाडी बन्ने भन्ने छ । तर यो विषय फरक हो अझ पनि यो विषय नबुझिएको हो ?
हो । हामीले धेरै ठाउँमा पनि यो कुरा बुझ्यौ । धेरैको फिडब्याक पनि त्यहि आयो । स्पोट्र्स म्यानेजमेन्ट भनेपछि खेलाडी नै बन्ने हो की वा प्रशिक्षक बन्ने हो की भन्ने छ । तर खेलाडी वा प्रशिक्षक भएकाहरु छन् भनेछ यो होइन् । खेलाडी वा प्रशिक्षक बनेकाहरुले पढेमा सुनमा सुगन्ध हुन्छ । हाम्रो यो पुरै व्यवस्थापन तर्फ केन्द्रित विषय हो । कुनैपनि खेलको व्यवस्थापन राम्रो भयो भने त्यो राम्रो हुँदै जाने हो । हामीले खेलाडी बनाउने होइन् खेलाडी बनाउन त एकेडेमीहरु छन् । प्रशिक्षकका लागि पनि छुट्टै कोर्षहरु हुन्छन् । हाम्रो उदेश्यक भनेको सबैले ग्रासरुट स्तरबाट व्यवस्थापनको पाटोहरु बुझ्न जरुरी छ । खेलकुदमा त्यसको समस्या छ त्यहि कारणले नै हामीले यो कोर्ष ल्याएका हौं ।

अब अहिले नयाँ सरकारको बनेको छ, प्रदेशमा पहिला खेलकुद मन्त्रालय थियो अहिले छैन् खेलकुदसंग आबद्ध विषय भएकाले खेलकुदलाई झै यसलाई पनि कटौति त गर्ने होइनन् ? यसको विकासका लागि के गर्नुपर्छ ?

हाम्रो देशमा बुझाइ कम । जस्तो अहिलेपनि मन्त्री मण्डलहरु गठन गर्दा सबैभन्दा हेपिएको मन्त्रालय खेलकुद हो । जहाँ खेलकुद मन्त्री समेत हुन चाहदैनन् । देशको विकास गर्ने युवा शक्ति जोडिएको क्षेत्रलाई नै उपेक्षित गरेको पाउँछौं ।

यो छुट्टै मन्त्रालय प्रदेशमा समेत भएकै राम्रो । हुन त यो सरकारी पोलिसिपनि होला सानो मन्त्री मण्डल बनाम भन्ने होला । तर हाम्रो समाजमा खेलकुदलाई पछाडी नै पारिएको छ । यो कोर्षले खेलकुद बुझका लागि, खेल सुशासन के हो, व्यवस्थापनका कुरा देखी नीति निमार्णको कुरासम्म यो कोर्षले सहयोग गर्छ । त्यसैले यो कटौति हुन्छ भन्ने छैन् । किनकी यो अत्यावश्यक विषय बनेको छ । म त प्रदेश सरकारलाई मात्र नभई केन्द्र सरकारलाई पनि के सुझाव दिन चाहान्छु भन्दाफेरी खेलकुदलाई प्राथमिकता दिनुस् । खेलकुदमा लगानी गर्नु भनेको देशको अर्थतन्त्रको विकास गर्नु हो । यो खर्च होइन् उल्टै आम्दानीको स्रोत हो ।

कति विद्यार्थी छन् ?
अहिले तिन सेमेस्टरमा गरेर ३० बढी विद्यार्थी छन् । मेरो हिसाबमा यो सन्तोषजनक छ । किनभने मैले देखेअनुसार म भारतमा स्पोट्र्समै ब्याचरल गर्दा सायद म दोस्रो ब्याच पनि हुम्ला । दोस्रो ब्याचमा हामी ७/८ जनामात्रै थियौं । अहिले त्यहाँ हेर्ने हो भने ४०/४० कोटा भरिएर ८० जनाको कोटा भइसक्यो । म आशावादी पनि छु र विश्वास पनि छ की हाम्रो पनि छिट्टै त्यो दिन आउँछन् ।

यो विषय पढाइरहँदा समसया र चुनौति के छन् ?
यसको समस्या भनेकै आम मानिसमा परेको बुझाइ हो । जुन कुरा ठूलो समस्या हो र चुनौति पनि त्यहि नै हो भन्छु म । किनकी मानिसहरलाई खेलकुद त यसैपनि चल्छ भन्ने चेतना बसेको छ । खेलकुदलाई केहि पनि चाहिँदैन भन्ने मानसपटलमा जुन बुझाइ छ यो चिर्न सकेमा धेरै राम्रो हुन्छ । र यो कुरा बुझाउन हामी पनि कहिबाट चुकेका हौं भन्ने लाग्छ । अघि तपाईले सोधेझै यो खेलाडी बन्ने हो की प्रशिक्षक बन्ने हो की भन्ने जस्ता कुराहरु पनि प्रष्ट पार्न जरुरी छ । अब हामी त्यहि तरिकाले अघि बढ्छौं ।

अन्त्यमा यो विषयप्रति आकर्षित गर्न र समस्याको समाधान कसरी गर्न सकिन्छ ?
सबैभन्दा पहिला खेलकुदमै लागेकाहरुलाई यो विषमा बुझाउनुपर्नेछ । अर्को मुख्य कुरा भनेको हामीले रोजगार सिर्जना गर्न सक्नुपर्छ । खेलकुदमा भएका जुन अवसर छ ति अवसरहरुलाई समात्न सक्नुपर्छ र त्यो वातावरण हामीले सिर्जना गर्न सक्यौ भने यो विषयप्रतिको आकर्षण ह्वात्तै बढ्ने मैले देख्छु ।

सम्बन्धित समाचार

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ
अन्तर्वार्ता

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए