२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

विप्लवी न्यौपाने
असार १०, २०८२ १२:५५ मा प्रकाशित
विचार
पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
100
SHARES
Share on FacebookShare on Twitter


पृथ्वीनारायण क्याम्पसमा बिताएका चार वर्षको यात्रामा मैले धेरै अनुभवहरू सँगालेकी छु जसमा केही कक्षामा तालिकाभन्दा बाहिरका पाठहरू थिए, केही मनको गहिराइमा झुम्मिने प्रश्नहरू। यिनै अनुभवबीच पछिल्ला केही महिनादेखि प्रभाव पारिरहनु भएका एक व्यक्तित्व – सम्राट सर – मेरो मात्र होइन, धेरै विद्यार्थीहरूको चेतना, क्षमताको पुनरावलोकन र नयाँ आत्मविश्वासको स्रोत बन्नुभएको छ।

“तपाईंको मनपर्ने शिक्षक को ?” भनेर कसैले सोधे भने, म एकछिन सोच्नेछु किनभने मलाई ‘Not Qualified’ बनाउने चुनौती दिने व्यक्ति नै मेरो लागि ‘Most Qualified’ बन्नुभयो। उहाँको त्यो कदममा नकारात्मकता थिएन बरु अनुशासन, निरन्तरता र उत्तरदायित्वका मापदण्डहरू समेटिएका थिए, जसले म जस्ता कैयौँ विद्यार्थीलाई आत्ममूल्यांकन र सुधारको दिशातर्फ डोर्यायो।

स्वीकार गर्छु, म नियमित कक्षा जाने विद्यार्थी होइन। मेरा आफ्नै सीमितताहरू छन्। यदि NQ (Not Qualified) प्रथा मेरो नामबाट सुरु हुन्छ भने, त्यसप्रति मेरो असहमति हुँदैन।

सम्राट सर न त प्रशासक हुनुहुन्छ, न कुनै विशेष पदमा। उहाँ त्यही जर्जर शिक्षाप्रणालीबाटै बनेको एक उदाहरणीय शिक्षक हुनुहुन्छ। BALLB यही क्याम्पसबाट पढ्नुभएका उहाँले LLM काठमाडौंको नेपाल कानून क्याम्पसबाट सम्पन्न गर्नुभयो। उहाँले अध्यापन सुरु गर्नु भयो, हामी पहिलो ब्याचका विद्यार्थी बनेका थियौँ। उहाँले अध्यापन सुरु गर्नु अगावै म उहाँको बारेमा सुनिसकेकी थिएँ र उहाँबाट पढ्ने अवसर पाउनु हाम्रो ब्याचको सौभाग्य बन्यो।

 

यी चार वर्षमा हामीलाई कति शिक्षकले पढाउनुभयो भन्ने संख्या भन्दा पनि, हाम्रा स्मृतिमा को को अटल रूपमा बस्नुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। सम्राट सर ती मध्ये एक हुनुहुन्छ—उहाँले हामीभित्र विचार, उत्तरदायित्व र सुधारको बीउ रोप्नुभयो।

यदि पहिलो सेमेस्टरदेखि उहाँजस्ता शिक्षकहरूबाट शिक्षा पाएका हुन्थ्यौं भने, आज हाम्रो शैक्षिक स्तर राजधानीका प्रतिष्ठित क्याम्पसका विद्यार्थीहरूसँग तुलनायोग्य मात्र होइन, विशिष्ट पनि हुन सक्थ्यो।
उहाँलाई न त हामी बिर्सन सक्छौं, न उहाँले हामीलाई।
यद्यपि आठौँ सेमेस्टर आइपुगेपछि मात्र मैले कक्षामा हुने शिक्षण प्रक्रिया, संवाद र अभिव्यक्तिलाई यति गहिरो रुपमा अनुभव गरेकी छु।

पिएन क्याम्पसमा प्रवेश प्रक्रिया, परीक्षा व्यवस्थापन र नतिजा प्राप्ति–यी सबैसँग म सधैं जुधिरहेँ। जुनसुकै कारण होस्- म कहिलेकाहीँ प्रशासनको निगाहमा पनि परेँ। तर मैले कहिल्यै पनि मेरो व्यक्तिगत स्वार्थभन्दा माथि शैक्षिक प्रणालीका प्राथमिकता राख्न छोडिन। यद्यपि यसले मलाई मूल्याङ्कनमा असर गर्‍यो।
एक विद्यार्थी नेताको हैसियतले मैले शैक्षिक मुद्दालाई कहिल्यै राजनीतिक रंग दिन चाहिन। यही कारणले गर्दा मलाई आन्तरिक मूल्यांकनमा न्यून अंक दिनेदेखि लिएर स्ववियु निर्वाचनको समयमा “विप्लवी न्यौपानेलाई मत नदिनुहोस्” भन्ने आह्वान केही शिक्षक र कर्मचारीकै तहबाट भित्री रुपमा सन्देश प्रभावित भए भन्ने कुरा मैले विभिन्न विद्यार्थी, पत्रकार र शुभेच्छुकबाट जानकारी पाउथे।

तर मलाई थाहा छ पृथ्वीनारायण क्याम्पस हाम्रा अन्तिम लक्ष्य प्राप्त गर्ने ठाउँ होइन बरु विचारको परिक्षण, आत्मालोचनाको प्रयोगशाला र परिवर्तनको प्रयोगभूमि हो। आलोचना र आत्मालोचनाबीचबाट निखारिने क्षमता निर्माण गर्ने थलो हो।
सत्य यही हो यहाँबाट प्राप्त हुने सफलता एउटा स्थायी सिंहासन होइन, परिवर्तनको सिँढी मात्र हो। यहाँ चाहिन्छ, हतियारविहीन क्रान्ति! धारा, उपधारा, दफा र नियमको सहमतिमा आधारित क्रान्ति ! वैचारिक विमर्श र तार्किक संवादको क्रान्ति ! शिक्षाको माध्यमबाट हुने आत्मपरिष्करणको क्रान्ति ! तर्क, विचार र विवेकको माध्यमबाट मसी भर्ने क्रान्ति।

जहाँसम्म मेरो भूमिका छ वा मैले जतिसम्म सकें, त्यति स्तरसम्म परिवर्तनको प्रयास गरें। मेरो चेतना, मेरो आवाज र मेरो विचार यही क्याम्पसको सुधारमा समर्पित रह्यो।

आज जति म खुशी छु, सायद त्यो खुशीको स्रोत सम्राट सरजस्तो शिक्षक पाएको अनुभूति हो। म एक समय परीक्षा दिएर थकित भइकन प्रश्नपत्रका हैसियतमाथि उजुरी गर्ने विद्यार्थी थिए।आज भने म समाधानप्रति आश्वस्त छु।
भिमनाथ सर निर्देशक बनेपछि र सम्राट सर ‘Administrative Law’ को लेक्चरर बनेपछि, मैले कानुन विभागको प्रशासनसम्म उजुरी गर्नुपर्ने आवश्यकता महसुस गरेकी छैन। तैपनि म बेलाबेला भिम सरसँग संवाद गर्न जान्छु। परामर्शका लागि, सुझावका लागि, प्रगतिको जानकारीका लागि।
ससाना, सच्चा परिवर्तनहरू नै भविष्यमा ठूलो परिणामको आधार बन्छन् भन्ने व्यावहारिक प्रमाण स्वयम् सम्राट सर हुनुहुन्छ।

 

तर सुनेकी थिए उहाँ यहाँबाट जान लाग्नुभएको छ।
यस सन्दर्भमा, म हार्दिक अनुरोध गर्न चाहन्छु—प्रिय भाइबहिनी र आदरणीय संयोजक सरलाई—सम्राट सर जस्ता शिक्षकलाई यसै क्याम्पसमा निरन्तरता दिन सकिने वातावरण मिलाउन पहल गरौँ।
क्याम्पसको रूपान्तरण शिक्षक विद्यार्थीको अनुशासित र उद्देश्यपरक उपस्थितिबाट मात्र सम्भव छ।

 

विप्लवी न्यौपाने
बिए.एल.एल.बी. ८ औं सेमेस्टरको विद्यार्थी

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

नेपालका सात संविधान र परिवर्तन
विचार

नेपालका सात संविधान र परिवर्तन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए