२०८३ बैशाख २०, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

गण्डकी प्रेस
चैत्र ९, २०८१ १५:२२ मा प्रकाशित
प्रमुख समाचार, विचार
हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
59
SHARES
Share on FacebookShare on Twitter


हिमालय क्षेत्र पृथ्वीको सबैभन्दा संवेदनशील पारिस्थितिकीय क्षेत्रहरूमध्ये एक हो । उच्च उचाइ, धेरै चिसो मौसम र भौगोलिक विविधताका कारण यस क्षेत्रको जलवायु विशिष्ट छ । यहाँ वातावरणीय सूचकमा आएको सानो परिवर्तनले मानव समुदाय, जैविक विविधता र जल प्रणालीमा गहिरो प्रभाव पार्न सक्छ ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले निस्कर्ष निकालेका छन् । हिउँ तीब्र गतिमा पग्लँदै गएको हुनाले नदी बहाव, भू–आकृति, र स्थानीय समुदायको जीवनशैलीमा परिवर्तन ल्याएको छ ।
हिमाली क्षेत्रको जलवायु प्रणालीमा मनसूनको समयमा र पश्चिमी हावाको मुख्य भूमिका रहन्छ । भारतिय मनसुन दक्षिण एसियाली मौसम प्रणालीको महत्त्वपूर्ण हिस्सा हो, जसले हावा, आद्र्रता, तथा वातावरणीय जैविक तत्वहरूको संरचनामा परिवर्तन ल्याउँछ ।

दक्षिण एसियाबाट हिमालय क्षेत्रमा प्रदूषकहरू मनसूनको माध्यमबाट आइपुग्छन् भन्ने कुरा धेरै अनुसन्धानहरूले देखाएका छन् । तर, सूक्ष्मजीवहरू र मनसूनबीचको अन्तर सम्बन्धबारे विस्तृत अध्ययन खासै भएको पाइदैन ।

हिमालय क्षेत्रमा सूक्ष्मजीवहरूको जैविक असर
कालो कार्बन, तथा हावाले उडाएको खनिजको धुलो हिमनदी तथा हिउँपत्रमा जम्मा हुन्छन् । यी कणहरूले हिमनदीको सुर्यको किरण फिर्ता गर्ने क्षमता (Snow albedo) घटाउने भएकाले अधिक गर्मी अवशोषण भई पग्लिने दर वृद्धि गराउदर्छ । यसले हिमनदीको संरचना असर पारी जलचक्रमा प्रत्यक्ष प्रभाव पार्छ ।
जलचक्रलाई प्रभाव पार्ने अर्को कारण सूक्ष्मजीवहरूको उपस्थिति हो । हिमनदीय पारिस्थितिकीय प्रणालिमा विविध सूक्ष्मजीवका समुदायहरू बस्छन्, जसको प्रचुरता र विविधता भौतिक–रासायनिक परिस्थितिहरूद्वारा निर्धारण गरिन्छ । हिमनदी सतहमा जैविक तत्वहरूको उपस्थितिले हिउँको परावर्तनशीलता (Snow albedo) घटाउँछ, जसले गर्दा हिमनदी पग्लने दर बढ्छ ।

हिमनदीमा कार्बन निक्षेपण, जैविक गतिविधि,

र सूक्ष्मजीवहरूको प्रभावको गहन अध्ययन आवश्यक छ 

चिसो वातावरणमा अनुकूलित सूक्ष्मजीवहरूले हिमनदीमा रहेका पोषक तत्वहरू उपयोग गर्छन्, अनि आफैले अन्य तत्वहरू उत्पादन गर्छन । सूक्ष्मजीवहश्रले उत्पादन गरेको तत्वले परावर्तनशीलता घटाएर हिमनदीको पग्लिने प्रक्रिया तीव्र बनाउँछ । यो प्रक्रिया लाई बैज्ञानिक भाषामा बायो–अल्बेड़ो (Bio-albedo) भनिन्छ । हिउँ र हिमनदीमा बस्ने सूक्ष्मजीवहरूले उत्पादन गरेको जैविक पदार्थले प्रकाश–अवशोषक हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएको छ । विशेष गरी साईनोब्याक्टेरिया (Cyanobacteria) र शैवाल (Algae) ले प्रकाश संश्लेषण गरी जैविक पदार्थ उत्पादन गर्छन् । जसले विषमपोषी (Heterotroph) सूक्ष्मजीवहरूको जीवनयापनमा सहयोग पु¥याउँछ ।

 

यी सूक्ष्मजीवहरू प्रायः खनिज कणहरू र जैविक पदार्थहरूसँग मिलेर ‘क्रायोकोनाइट’ (cryoconite) नामक कण समूह बनाउँछन् । क्रायोकोनाइटले हिमनदीको सतहमा जमेर थप परावर्तनशीलता घटाउँछ र हिमनदीको पग्लिने गति बढाउँछ । वैज्ञानिकहरूका अनुसार, क्रायोकोनाइट कणहरू हिमनदी पारिस्थितिकी तन्त्रमा सूक्ष्मजीवहरूको विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यसकारण, हिमनदीमा कार्बन निक्षेपण, जैविक गतिविधि, र सूक्ष्मजीवहरूको प्रभावको गहन अध्ययन आवश्यक छ । वातावरणीय परिवर्तनसँगै हिमनदीको संरक्षणका लागि यी कारकहरूको वैज्ञानिक अनुसन्धानले दिगो समाधान दिन सक्नेछ । यी तत्वहरूले हिमनदी सतहको तापक्रम बढाउँछन्, जसले गर्दा पग्लने गति तीव्र हुन्छ ।

सूक्ष्मजीवहरूको उत्पत्ति, प्रवाह मार्ग, र मनसूनसँगको सम्बन्ध
रसाइनिक प्रदुषक मात्र नभई मनसूनसंग विभिन्न स्रोतबाट सूक्ष्मजीवहरू लामो दूरी पार गर्दै हिमालयमा पुग्छन् । वैज्ञानिकहरूका अनुसार, बंगालको खाडी र अरब सागरबाट आएको समुद्री मनसुन आद्र्रतासँग मिसिएर जैविक तत्वहरू हिमालय क्षेत्रमा पुग्ने गर्छन । त्यसैगरी, इन्डो–गाङ्गेटिक समथर (Indo–Gangetic Plain) क्षेत्रका नदी, कृषि, तथा सहरी क्षेत्रबाट आएका सूक्ष्मजीवहरू वायुप्रवाहसँगै लामो दूरीको यात्रा गरेर हिमालय क्षेत्रमा पुग्छन् जसको जलबायु परिबर्तन संग प्रतक्ष्य सम्बन्ध हुन्छ ।

क्रायोकोनाइटको भूमिका
हिमनदीय सूक्ष्मजीवहरू प्रायः खनिज कणहरू र जैविक पदार्थहरूसँग मिलेर क्रायोकोनाइट नामक समूह बनाउँछन्, जसले हिमनदी सतहको परावर्तनशीलता घटाउन सक्छ । प्रकाश प्रयोग गरेर आफै खान बानउने साइनोब्याक्टेरिया, शैवाल जस्ता जीवहरूले प्रकाश संश्लेषणमार्फत जैविक पदार्थ उत्पादन गर्छन् । हिमनदी पारिस्थितिकी तन्त्रका प्राथमिक तत्वहरु उत्पादन गर्छन जुन विषमपोषी (Heterotrophic) सूक्ष्मजीवहरूले खानाको रूपमा प्रयोगगरी हिमालय क्षेत्रमा आफ्नो जिबन यापन गर्छन ।

पर्यावरणीय असरहरू

  • हिमाली स्थानीय जैव विविधतामा प्रभावः नयाँ सूक्ष्मजीवहरूको आगमनले मौलिक जैविक समुदायसँग प्रतिस्पर्धा बढाउँछ, जसले वातावरणीय असन्तुलन ल्याउन सक्छ ।
  • हिमनदी पग्लिने दर तीव्र हुनुः जैव–परावर्तनीयता (Bio–albedo) घट्दै जाँदा हिमनदी पग्लने दर बढ्छ, जसले जल स्रोतहरूमा असर पार्छ ।
  •  वायुमण्डलीय चक्रमा असन्तुलनः वायुप्रवाहमार्फत आएका सूक्ष्मजीवहरूले बादल निर्माण तथा पानीको चक्रमा असर पार्न सक्छन् ।
  • स्थानीय र बाह्य जैविक मिश्रणः बाह्य क्षेत्रबाट आएका सूक्ष्मजीवहरूले स्थानीय जैव विविधतामा नयाँ परिवर्तन ल्याउने सम्भावना रहन्छ ।
  • मानवजनित प्रभावः कृषि मल, कीटनाशक, तथा उद्योगबाट निस्किएका प्रदूषक तत्व र जिवाणुहरू वायुप्रवाहमार्फत हिमालय क्षेत्रमा पुग्न सक्छन् ।

निष्कर्ष

लामो दूरीका वायुप्रवाहद्वारा आएका सूक्ष्मजीवहरूले

जलवायु परिवर्तन प्रक्रियालाई तीव्र बनाउँछन्

भारतिय मनसुनको प्रभाव हिमालय क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन्छ । लामो दूरीका वायुप्रवाहद्वारा आएका सूक्ष्मजीवहरूले जलवायु परिवर्तन प्रक्रियालाई तीव्र बनाउँछन् । सूक्ष्मजीवहरूको प्रवाह, उत्पत्ति, र प्रभाव बुझ्न सकेमा जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा सहयोग पुग्नेछ । वैज्ञानिकहरूले मेटाजेनोमिक अनुक्रमण प्रविधि (Metagenomic Sequencing) तथा जलवायु मोडेलिङ प्रविधि प्रयोग गरी यी सूक्ष्मजीवहरूको विस्तृत अध्ययन गरिरहेका छन् । भविष्यका अनुसन्धानहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दीर्घकालीन उपायहरू पहिचान गर्न मद्दत गर्नेछन् । हिमालय क्षेत्रको वातावरणीय भविष्य संरक्षण गर्न सूक्ष्मजीवहरूको प्रवाह र उत्पत्तिको वैज्ञानिक अध्ययन, नीति निर्माण, तथा वातावरणीय सचेतना महत्त्वपूर्ण हुनेछ ।

मुख्य सन्देशहरू

  • वायुमण्डलको प्रभावः हिमनदीहरूमा हावाबाट आउने सूक्ष्मजीवहरूको वायुप्रवाहले निर्देशित गर्छ ।
  •  मनसुनको भूमिकाः मनसुनले हिमनदी क्षेत्रमा हावामा रहेका सूक्ष्मजीवहरूको विविधता उल्लेखनीय रूपमा वृद्धि गर्छ ।
  • विभिन्न वायुप्रवाह, भिन्न जैविक समुदायः भारतिय मनसुन र पश्चिमी वायुले पृथक सूक्ष्मजीवहरूको समुदायहरू बोकेर हिमालयमा ल्याउँछ, जसले क्षेत्रीय जैव विविधतामा फरक प्रभाव पार्छ ।
  •  रोगजनक सूक्ष्मजीवहरूको उच्च सम्भावनाः भारतिय मनसुनले तुलनात्मक रूपमा बढी मात्रामा सम्भावित रोगजन्य सूक्ष्मजिव ल्याउन सक्छ, जसले पारिस्थितिकी प्रणाली र मानव स्वास्थ्यमा असर पार्न सक्छ ।

लेखक डा. नमिता पौडेल चीनको लान्झोउ विश्वविद्यालयमा अनुसन्धानकर्ता छन् 

(Center for Pan–Third Pole Environment, Lanzhou University, China)

सम्बन्धित समाचार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार
अपराध

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र
प्रमुख समाचार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ