२०८३ अशोज २४, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

सुनिता थापा
मंसिर १५, २०८१ १३:०७ मा प्रकाशित
प्रमुख समाचार, विचार
अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
86
SHARES
Share on FacebookShare on Twitter

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (International Day of Persons with Disabilities) हरेक वर्ष डिसेम्बर ३ मा मनाइन्छ । संयुक्त राष्ट्र संघको आव्हानमा सन १९९२ बाट मनाउन थालिएको यो दिवसको अपांगता अधिकार प्राप्तिको इतिहासमा छुट्टै महत्व छ ।

दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सोही युद्धमा घाइते या अंगभंग भएका सैनिकहरूको मानवअधिकारका लागी सर्वप्रथम अपांगताको अवधारणा देखा परेको पाइन्छ । त्यसपछि सन १९६० को दशकमा आएर अपांगतालाई विशेष गरी स्वास्थ्य सम्बन्धी प्रतिकूलतासँग जोडी कल्याणकारी अवधारणाबाट हेर्न खोजिएको थियो, जसअन्तर्गत संयुक्त राष्ट्रसंघले सन् १९८० को दशकलाई अपांग दशकको रूपमा घोषणा ग¥यो तर त्यस समयमा भएका छलफल, तथा बहसले अपांगतालाई स्वास्थ्यको दृष्टिकोणबाट नहेरी सामाजिक दृष्टिकोणबाट हेरिनुपर्छ भन्ने आवाजहरू मुखरित गराउन थाल्यो र त्यसैको परिणामस्वरूप अपांगतालाई कल्याणकारी भन्दा अधिकारमुखी अवधारणा अन्तर्गत हेरिन थाल्यो र सन १९९२ बाट यस प्रत्येक वर्षको डिसेम्बर ३ लाई अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरियो ।

यो दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार, सम्मान, र उनीहरूको योगदानको सम्मान गर्दै समाजमा उनीहरूको सहभागिता सुनिश्चित गर्न प्रेरित गर्दछ ।

यो दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार, सम्मान, र उनीहरूको योगदानको सम्मान गर्दै समाजमा उनीहरूको सहभागिता सुनिश्चित गर्न प्रेरित गर्दछ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ को घोषणा भएपश्चात अपांगता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको एक चरण पूरा भएको छ भने सोही सन्धिको कार्यान्वयन गराउनुपर्ने गम्भीर र महत्त्वपूर्ण चुनौती अब हामी सामु छ ।

हामीले प्रत्येक वर्ष मनाउँदै आएको अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसले पनि अपांगता भएका व्यक्तिहरूको अधिकार प्राप्ति र सर्वाङ्गीण विकासलाई नै महत्व दिएको छ । यस वर्ष मनाउन लागिएको ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ( अन्तर्राष्ट्रिय “Amplifying the Leadership of Persons with Disabilities for an Inclusive and Sustainable Future” राष्ट्रिय नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ रहेको छ, जसले मानव जातीको समावेशी एवं दिगो भविष्य निर्माणका लागी अपांगता भएका व्यक्तिहरूको नेतृत्व विकास कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

यस दिवसको महत्व र उद्देश्य यस प्रकार छन :

समाजमा सबै व्यक्तिहरूलाई समान अवसर प्रदान गर्न ।

विशेष गरी अपांगत भएका व्यक्तिहरूलाई मानव अधिकार सुनिश्चित गर्दै उनीहरूप्रति हुने सबै भेदभाव र असमानता अन्त्य गर्न ।

अपांगता सम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउन र उनीहरूको हक अधिकार बारे जानकारी प्रदान गर्न ।

उनीहरूको सिप तथा क्षमता  विकास गरी सामाजिक, सांस्कृतिक, आर्थिक एवं  राजनैतिक पुनस्र्थापना गर्न ।

सबै क्षेत्रका नीति तथा कार्यक्रमहरूमा अपांगता भएका व्यक्तिहरूको सहभागिताको  सुनिश्चित गराउँदै समावेशी समाज निर्माण गर्न ।

समावेशीकरण, सशक्तीकरण, पहुँच युक्तताजस्ता विषयहरूमा बहस र पैरवी गर्न र यससम्बन्धी जनचेतना जगाउन ।

अपांगता भएका व्यक्तिहरूको सर्वाङ्गीण विकास गर्दै उनीहरूको सामाजिक अधिकार सुनिश्चित गर्न ।

सार्वजनिक सेवाहरूलाई अपांगता भएका व्यक्तिहरू मैत्री बनाउँदै त्यसमा उनीहरूको पहुँच स्थापित गर्न ।

अपांगता भएका व्यक्तिहरूलाई बोझको रूपमा होइन, समाजका सक्रिय सदस्यको रूपमा हेर्ने दृष्टिकोण विकास गर्न ।

अपांगता भएका व्यक्तिहरूका लागि उपयुक्त नीतिहरू तर्जुमा गरी  तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रेरित गर्न ।

अपांगता भएका व्यक्तिहरूका लागि सहज पहुँच र प्रविधिको विकासलाई प्राथमिकता दिन ।

उनीहरूलाई आत्मनिर्भर बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, र अन्य अवसरहरूमा पहुँच दिन ।

अपांगता भएका व्यक्तिहरूको आवाज सुन्ने र उनीहरूको विचारलाई समाजको नीति तथा कार्यक्रममा समावेश गर्ने ।

अपांगता आफैँमा विविधतायुक्त क्षत्र हो र यहाँको विविधता पिच्छे आवश्यकता एवं समस्याहरू पनि फरक फरक हुन्छ । यद्यपि हामी सबैले बुझ्नु पर्ने अपांगता सम्बन्धी साझा अवधारणा के हो भने यो एउटा विकासशील अवधारणा हो । हिजो कल्याणकारी हुँदै आज अधिकारमुखी, हिजो दुर्घटना वा स्वास्थ्य सम्बन्धी अवधारणा हुँदै आज सामाजिक अवधारणासम्म आई पुग्नुले पनि यसको विकास क्रमलाई थप स्पष्ट पारेको छ ।

आम व्यक्तिहरूले मानवअधिकारको उपभोग गरेजस्तै अपांगता भएका व्यक्तिहरूले पनि आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्छ । पर्याप्त अवसर प्राप्त गर्न सकेमा अपांगता भएका व्यक्तिहरूले पनि सांगसरह आत्मनिर्भर भई स्वावलम्बी जीवन जिउन सक्छन् । अपांगता भएका व्यक्तिहरूले पनि अवसर पाएमा राज्य र समाज विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् । हेलेन केलर, स्टेफेन हकीङ देखि पारिजात र झमकसम्म, यसका उदाहरण हुन् ।

यसरी अन्तर्राष्ट्रिय अपांग दिवसले अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण र समाजमा उनीहरूको स्थान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरूको सम्मान गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणतर्फ अग्रसर गराउने मुख्य उद्देश्य हो र यही उद्देश्य प्राप्तिमा हातेमालो गर्दै अघि बढ्न सकेमा साँच्चै समावेशी, सद्भावपूर्ण र सव्य समाजको निर्माण हुन सक्दछ र अपांगता दिवस मनाउनुको सार्थकता पनि त्यसैमा भेटिने छ । अपांगता दिवसको शुभकामना।

गण्डकी प्रदेशमा हाल सम्म अपांगता क्षत्रमा भएका कार्यहरु : 

जनगणना २०७८ अनुसार गण्डकी प्रदेशमा ७२,३३० जना अपांगता भएका व्यक्तिहरू रहेको छ । जसमा सबै भन्दा धेरै शारीरिक अपांगता भएका व्यक्ति २४,२८२ रहेको छ ।

गण्डकी प्रदेश सरकारले विभिन्न अपांगता भएका व्यक्तिहरूको निरन्तर पैरवी पश्चात् देशको प्रथम अपांगता सम्बन्धी प्रादेशिक नीति पास गरिसकेको छ र ऐन बनाउने प्रक्रियामा रहेको छ । प्रदेश लोक सेवामा अपांगता भएका व्यक्तिहरूलाई ५५ आरक्षण कोटा राखिएको छ । यसै गरी हरेक वर्ष अपांगता लक्षित कार्यक्रम तथा बजेट जस्तै समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (CBR) सहायक सामाग्री खरिद, स्वास्थ्य बिमा, सशक्तीकरण कार्यक्रम आदि प्रदेश सरकारले छुट्टाउँदै आइरहेको छ ।

लेखक सुनिता थापा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी अध्यक्ष हुन ।

सम्बन्धित समाचार

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड
अर्थ

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
प्रमुख समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन
प्रमुख समाचार

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ
अपराध

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक