२०८३ अशोज २६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कीर्तिपुरमा दिउँसै हत्या

गण्डकी प्रेस
बैशाख २५, २०८३ ११:१९ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
कीर्तिपुरमा दिउँसै हत्या
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : गुल्मीको धुर्कोट घर भई हाल कीर्तिपुर बस्दै आएका २२ वर्षीय विपिन घिमिरे आफ्नै साथीबाट मारिएका छन्। उनलाई बुधबार दिउँसो  २ः२० बजे कीर्तिपुर–१०, पोडेटोलमा बोलाएर केही व्यक्तिहरूले खुकुरी प्रहार गरेका थिए। दिउँसो साढे २ बजे त्यहाँ पुगेका थिए। कीर्तिपुर गुम्बाभन्दा केही माथि मानिसहरूको भीडभाड हुने स्थानमै युवकको हत्या भएपछि उपत्यकाको सुरक्षा संवेदनशीलतामाथि पनि प्रश्न उठेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार  घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले अछाम साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ। ‘उनलाई बुधबार दिउँसो पटक–पटक फोन गरेर कोही व्यक्तिले त्यहाँ बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, हत्या गर्नेहरू विपिनका चिनेजानेकै हुन्,’ उनले भने।

विपिनको घर रहेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलका अनुसार घिमिरे परिवार केही वर्षअघिदेखि नै काठमाडौं बसाइँ सरेको थियो। विपिनका बुबा भारतमा काम गर्छन् भने उनी आमा र दाजुका साथ कीर्तिपुरमा बस्दै आएका थिए। पढाइमा समेत अब्बल रहेका विपिनले ऋणधन गरेर   श्रीमतीलाई केही समयअघि मात्र जापान पठाएका थिए र आफू पनि जापान जाने तयारीमा थिए। उनका आमा र दाजु काठमाडौंकै निजी कम्पनीमा काम गर्छन्। विपिनको हत्याले उनको गाउँसमेत शोकाकुल बनेको छ।
विपिनलाई दिनदहाडै खुकुरी प्रहार गर्नेहरू आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ। बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको थियो। हत्यामा संलग्नमध्ये एक जना सोमबार मात्रै प्रहरी हिरासतबाट छुटेका व्यक्ति हुन् भने अन्य पनि आपराधिक पृष्ठभूमिका छन्।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा देवढोकास्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। सीसीटीभी फुटेजमा घटनास्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको देखिन्छ। प्रहरीका अनुसार प्रत्यक्ष रूपमा हत्यामा तीन जना संलग्न थिए।
फोनमा बोलाएर पोडेटोल पुगेका विपिनलाई पछाडिबाट खुकुरी प्रहार गरिएको थियो। खुकुरी प्रहारपछि उनी भुइँमा ढलेका थिए भने आरोपीहरू फरार भएका थिए। महेन्द्रनगर घर भएका ‘राज’ भनिने राजेन्द्र विष्टले खुकुरी हानेको र उनी नै घटनाको मुख्य योजनाकार रहेको प्रहरीको अनुमान छ। विष्ट हत्या लगत्तै भागेर ग्वार्को पुगेको उनको ‘कल रेकर्ड’बाट देखिएको थियो।

सम्बन्धित समाचार

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड
अर्थ

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
प्रमुख समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन
प्रमुख समाचार

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ
अपराध

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना