२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चेपाङ जाति र न्वागी पर्व

सबिना प्रजा
भदौ १४, २०८० ११:४६ मा प्रकाशित
विचार
चेपाङ जाति र न्वागी पर्व
125
SHARES
Share on FacebookShare on Twitter


सिमान्तकृत जनजाति चेपाङहरुको प्रमुख र महत्वपूर्ण पर्व छोनाम न्वागी पर्वको बारेमा केहि लेखेर प्रकाशन गर्न सकेमा यस जातिको ऐतिहासिक साँस्कृतिक पक्षको उजागर हुने साथै केहि सुझाव भएमा संकलन गर्न सजिलो हुने ठानेर यो सानो लेख लेखेकाे छु।

नेपाल सरकारले सूचिकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीमा रहेका ५९ आदिवासी जनजातिमध्ये चेपाङ एक जनजाति हो । प्रकृति पुजकको रुपमा चिनिने चेपाङ जनजातिको २२ नाले वंशावली रहेको पाईन्छ ।

वि सं २०६८ सालको जनगणना अनुसार मकवानपुर, चितवन, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा बसोबास गरेका र ६८ हजार ३ सय ९९ जनसंख्या रहेको तथ्यांक छ ।

चेपाङ परापूर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका छन् ।

पछिल्ला दिनहरुमा कामको शिलशिलामा देशका विभिन्न भागमा पुगेका छन् भने आफ्नो व्यवहारिकता अनुसार अन्य जिल्लामा समेत पुगेर बसोबास गरेको पाईन्छ । पछिल्लो जनगणनाको तथ्यांकमा यो संख्या र बसोबास गर्ने स्थानमा बृद्धि भएको अनुमान छ ।

प्रकृतिको पूजारी चेपाङ समुदायले भूमिलाई महत्वपूर्ण मान्ने गर्दछन् । जन्म देखि मृत्युसम्मका सबै संस्कार भूमिसँगै सम्बन्धित रहेकोले साँस्कृतिक रुपमा प्रकृतिलाई बढी मान्ने गरेको पाइन्छ ।

उनीहरुको जनजीवन वनजङ्गल र जमिनसँग जोडिएका कारण यस जातिको बसोबास खासगरी वनजङ्गल नजिक, भिरालो परेको जमिनमा, खोला खोल्सी नजिक छरिएको पाइन्छ ।

परम्पारगत एकतले माटो र ढुंगाले बनेका, खरले छाएका घरमा बस्ने, लजालु स्वभावका, अन्य जातिसँग कमै घुलमिल हुने, शारीरिक रुपमा केहि होचा र बलियो मांसपेशी भएका चेपाङहरुको परम्परागत पहिचान हो ।

परम्परागत धर्म प्राकृतिक प्राकृतिक धर्म भएका चेपाङहरुको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रुख हुन्छ । यसलाई उनीहरुले प्रमुख पहिचानको रुपमा लिने गर्दछन् ।

विकिपिडियाका अनुसार वि सं २०३४ सालको तत्कालीन राजाको भ्रमणपछि उनीहरूले आफ्नो जातीय नाम चेपाङबाट प्रजा बनाए । जुन बेलामा राजा वीरेन्द्रले अति नै गरिबीको कारण ‘प्रजा भन्नू’ भनी आदेश गरे । २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागू पनि गरियो । तर चेपाङ अगुवा तथा अधिकारकर्मीहरूले आफ्नो जातीय पहिचानलाई मेटाउन नचाहेकोले गर्दा पछि आएर ‘चेपाङ हौँ’ भनी अगाडि बढ्न थाले । चेपाङहरूको आफ्नै मातृभाषा छ । भाषा भोट बर्मेली परिवारसँग मिल्दोजुल्दो छ । आफ्नै भाषा भएपनि लिपि भने पाइएको छैन ।

यहाँ मैले सामान्य जानकारी दिन खोजेको यो जातिको पर्वको बारेमा हो । आफू सोही जाति अन्तर्गत पर्ने भएकोले पनि मैले यसबारेमा चासो राखेर केहि जानकारी दिने प्रयत्न गरेको छु । कतिपय विषयसँग पछिल्लो पुस्ता जानकार नहुँदा विस्तृतीकरणमा कमी हुन सक्दछ । विज्ञ पाठकवर्ग, अध्येता वा अनुसन्धानकर्ताहरुले चेपाङ समुदायको बारेमा अध्ययन अनुसन्धान गर्नुभएको भएमा आवश्यक र अपुग जानकारी दिएर चेपाङ जातिको इतिहासमा एउटा इटा थपिदिनुहुन म यसै लेख मार्फत आग्रह समेत गर्न चाहन्छु ।

यस समुदायको परम्परागत रुपमा मनाइने प्रमुख चाड छोनाम (न्वागी) पर्व हो । समुदायको रहनसहन, संस्कृति, अन्य जातजातिसँगको साईनो, विहेबारी आदि कारणले यस चाडलाई विभिन्न स्थानमा फरक फरक रुपमा मनाइने गरेको पनि पाइन्छ । समयक्रमसँगै संस्कृति परिस्कृत र परिमार्जन भएका पनि छन् । तर पनि परम्परागत रुपमा मनाइने यो चाडमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पर्व मनाउने गरिन्छ ।

चेपाङ समुदायमा यो पर्व मनाउँदा तीज कटाउनु हुँदैन भन्ने केहि ठाउँको मान्यता छ भने कतै भदौ महिना कटाउनु हुँदैन भन्ने मान्यता अनुसार आ–आफ्नो क्षेत्रमा फरक फरक दिनमा समेत मनाउने गरेको मैले पाएको छु ।

यद्यपी २२ नाले वंशावली भएकोले केहि बर्ष यता भदौ महिनाको २२ गते यो चाड मनाउने गरेको पाइन्छ । यो दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाइने भएकोले चेपाङ जातिको बाहुल्यता भएका जिल्लाहरुमा प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

जंगलमा रहेका गिठा, भ्याकुर र फलफूल खाएर जीवन धान्ने पुर्खा भएपनि अहिले सामान्य जीवनयापन गर्ने चेपाङ समुदायले परम्परागत धार्मिक तथा सांस्कृतिक रुपमा नयाँ फलफूल पाकेपछि पितृलाई नचढाई खाएमा विभिन्न रोगव्याधी लाग्ने मान्यता अनुसार यो पर्वलाई मनाउने गरेको पाइन्छ । नयाँ अन्न भित्रिएकोमा आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गर्दै चढाएर मात्र आफूले खाने पर्व नै न्वागी पर्व हो ।

नयाँ अन्न र फलफूल खानका लागि आफ्नै जातीको झाँक्रि (कतै पान्दे र कतै पाण्डे)लाई घरमा बोलाएर रातभरी घरमा एकपाखे ढ्याँग्रो ठोकेर पितृपूजा गर्ने चलन छ । त्यसपछि विधिपूर्वक पितृलाई अन्न र फलफूल चढाएपछि खाने भएकोले पितृ मन्छाउने (पान्देइ घ्या सा) पनि भन्ने गरेको पाइन्छ । अग्रजहरुका अनुसार नयाँ अन्न खाने भएकोले पनि यसलाई छोनाम भनि सम्बोधन गरिएको हो ।

यस पर्वमा आफ्ना वारीमा पाके फलेका अन्न र फलफूल घिरौंला, चिचिण्डो, अदुवा, केरा, पिंडालु, निबुवा र घैया धान (सुख्खा ठाउँमा लगाएर भदौमा पाक्ने एक किसिमको धान, यद्यपी यो धान अहिले लोप भइसकेको छ।)

रातभर झाँक्रिले तन्त्रमन्त्र जपेर पितृलाई चढाउने गर्दछन् । पूजा विसर्जनमा विहानीपख झाँक्रिले चेपाङ जातिको देवता बोलाएर आयु भएकालाई राम्रोसँग बाँच्न देउ र आयु कम भएकालाई आयु बढाइदेउ भन्दै घरका सदस्यलाई घैया चामलको अक्षता (टिका) लगाईदिने गर्दछन् ।

आफूले कमाए फलाएको अन्नले बर्षभरी खान पुगोस भन्ने कामना पनि यसै अवसरमा गरिन्छ । यसरी न्वागी पर्वको टिका लगाएपछि भने घरमा सबै ईष्टमित्र, कुटुम्बलाई समेत सहभागी गराएर रमाईलो गर्दै कुखुरा काटेर भोज भतेरको साथै पाकेका फलफूल र कन्दमुल खुवाउने र नाचगान गर्ने चलन छ । अहिले यो चाड परिमार्जन हुँदै आएकोले केहि ठाउँमा सामूहि भोज खाने चलन पनि छ ।

पुख्र्यौली वा परम्परागत रुपमा कन्दमुल खाएर जीवन धान्ने लोपोन्मुख चेपाङहरुले यस दिनमा नयाँ खाएर मुख फेर्ने दिनको रुपमा यसलाई लिने भएपनि अहिले चेपाङहरु शिक्षित बनिसकेका छन् ।

न्वागी पर्व पितृपूजामा सिमित भयो भन्ने आवाज कहिंकतै नउठेका पनि होइनन् । त्यसैले विभिन्न ठाउँमा परम्परागत संस्कृति र चाडपर्वमा परिमार्जन र समयानुकुल बनाउँदै मनाउने गरेका छन् । तर चेपाङ जातिको संस्कृति र परम्परागत जीवनशैलीसँग जोडिएकोले यस चाड परम्परागत पक्षलाई संरक्षण गर्ने जिम्मा नवयुवाहरुमा आइपुगेको छ । आधुनिकतामा रमाउँदै परिमार्जन र परिस्कृत गर्ने नाउँमा परम्परागत ठेट साँस्कृतिक पक्ष मेटिन नदिन चेपाङ युवाहरु लाग्नुपर्ने हुन्छ ।

लेखक सबिना प्रजा नेपाल चेपाङ संघको केन्द्रिय सदस्य हुन ।

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत