कास्की । पोखरा महानगरपालिका-१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेम बहादुर परियार र माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने ४० वर्षीय मन बहादुर तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्की भित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-