नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना सुरु भएको छ। सोमबार प्रतिनिधि सभा बैठक हलभित्रै कोइरालाले गुट्खा खाएका हुन्।
उनले गुट्खा खाँदै गरेको भिडिओमा देखिन्छ। कांग्रेस सांसद राजेन्द्र बजगाईंले बोलिरहेको समयमा उनले गुट्खा खाएका हुन्।उनले गुट्खाको प्याकेट खोलेर मुखमा हाल्दै गरेको भिडिओमा देखिन्छ। उनको उक्त भिडिओ हेर्नेहरूले सामाजिक सञ्जालमा आलोचना सुरु गरेका छन्।
यसअघि कांग्रेसकै अर्का सांसद अर्जुनरसिंह केसीले प्रतिनिधि सभाको बैठकमा सूर्ती निकालेर भुइँमा फालेको संसदको क्यामेरामा कैद भएको थियो।त्यसको चर्को आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी समेत मागेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-