पाेखरा । गत मंसिर ५ गते पोखरा ९ ,नागढुंगामा रहेको युनिक होटलमा एक महिलाको शव भेटियो । शव हेरेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको निस्कर्ष निकाल्यो ।

तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुकाे हत्याको आराेपमा बाग्लुङ घर भएका सञ्जय बिक चितवनबाट पक्राउ परेका छन् । उनी प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवत्ता बसन्त कुमार शर्माले स्विकारे । मृत भेटिएको हाेटल नजिकैकाे शिला रेष्टुराँमा सुकुलधेे काम गर्थिन् ।यसरी भएको थियो हत्या
५ गते साँझ ६ बजेर ५० मिनेटतिर उनै सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । होटलमा पुगेर रुम बुक गरि एउटा वियर मगाउँछन् । उक्त कुरा होटल संचालकले प्रहरीलाई बयान दिएका छन् ।
सुकु सँग होटलमा गएका पुरुषले निलो रंङको हुट, टोपी र माक्स लगाएका थिए । तर होटलमा सिसिटिभी जडान नभएको कारण प्रहरीले बलियो प्रमाण पाउँन भने सकेन । नियम अनुसार सबै होटलमा पाहुँनाको नाम लेख्नुपर्ने भएतापनि उक्त होटलमा महिला र पुरुष दुवै जनाको नाम लेखिएको थिएन ।
सोही कारण पनि प्रहरीलाइ अनुसन्धान गर्न गाह्रो भयो । यता प्रहरीले निगरानीमा राखेको सञ्जय भारत भागे ।
केही अघि प्रहरीले फलो गर्दा उनी पोखराबाट मोबाइल अफ गरे । त्यसको २ दिनपछी नेपाल र भारतको बोर्डरमा गएर उनले मोबाइल अफ गरेको देखियाे । घटनाको पोष्टमार्टम रिपोर्टले सुकुको घाटीको हाड भाच्चिएको देखाएको प्रहरी स्राेतले बताएका छन् । स्रोतले घटनाको अनुसन्धान जटिल भइरहेको बताइरहँदा कास्की प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले होटल संचालकहरु र अन्य केहीलाइ नियन्त्रणमा लिएपनि उनीहरु दोषी नरहेको भन्दै छाडिएको थियोे । विकले घटना महिलाको हत्या कि आत्महत्या भन्ने नै एकिन नभएको सुनाए ।
घटना स्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-