काठमाडौं । मोरङ, बुढीगंगा गाउँपालिका-६ सन्दुवा बस्ने ७५ वर्षीय मदनलाल चौधरी सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-१७ दशगजास्थित रानी भन्सार कार्यालय पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरी, मटिहानी नगरपालिका-१ धिरापुरस्थित बिगही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने ४५ वर्षीय परिक्षण मल्लिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, धुलिखेल नगरपालिका-७ हुड्का डेरा गरी बस्ने ४० वर्षीया उमा बोगटी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेत, भेरिगंगा नगरपालिका-६ दहस्थित देवधन राईस मिलमा सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय दिप बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१ केउरेनी दिव्यधामस्थित नारायणी नदीको किनारमा अन्दाजी ४५ वर्षीया महिला शुक्रबार र गैंडाकोट नगरपालिका-३ जयश्री सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, राजबिराज नगरपालिका-५ छिन्नमस्ता अस्पतालको गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, छिपहरमाई गाउँपालिका-५ भिस्वा कालिकामाई मन्दिर जाने बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ बांदरेस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-