कोरोना भाइरसको त्रास कम हुदैँगर्दा नयाँ भेरियन्ट ओमिक्रोनले आम नागरिकमा थप त्रास फैलाएको अवस्था छ । विश्वमा यतिबेला ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै जादाँ नेपालमा पनि २ जनामा देखियो । कोरोना भाइरसका नयाँ भेरियन्ट यस्का प्रभाव, चुनौती र खोप प्रभावकारीता लगायत स्वास्थ्य विषयमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्कासंग गण्डकी प्रेसका संवाददाता विजय नेपालीले गरिएको कुराकानी ।

पछिल्ला समय कोरोनाका नयाँ भेरियन्ट ओमिक्रानो भेरियन्टको त्रास बढिरहेको छ यस्को प्रभाव कस्तो रहन सक्छ यस्को जोखिम कस्तो रहन सक्छ ?
यो ओमिक्रानो आएको २ हप्ता नै भइसक्यो । अब ओमिक्रोन मात्र नभएर कोरोनाका पुरै भेरियन्टहरुकै लागि सतकर्ता अपनाउनु पर्छ । जनस्वास्थ्यका मापदण्डहरु अपनाइनै रहनुपर्छ ।
खोप अत्यन्तै महत्वपूर्ण विषय वस्तु भयो त्यस कारणले हामी यो गतिविधिहरुलाई रोक्नै पर्छ । जनस्वास्थ्यका मापदण्डलाई पहिला हामीले जसरी पालना गरेका थियौँ त्यहि तवरले नै अहिले पनि गर्ने हो । त्यो जोखिम हट्यो, खोप लगाइयो भनेर जुन नाचगान गर्ने बाजाँ बजाउने जमघट हुने जुन छ यो गलत हो । किन भने स्वास्थ्य मन्त्रलायलेपनि अस्तिमात्रै वार्षिक समिक्षा गाष्ठी भर्चुअल माध्यमबाटै गर्यो ।
सबै तयारी गरेर हामी मन्त्रलायमा पुगेरपनि सबै स्वास्थ्य मापदण्ड अपनाएर जति व्यक्ति बस्नुपर्छ त्यतिमात्रै बसेर गोष्ठी गरियो । भनेपछि सतर्कता चाहिँ अपनाउनै पर्छ । फेरी अन्यन्तै महत्वपूर्ण सन्देश के हो भनेदेखि अब युरोपमा आइराखेको छ । अफ्रिकामा देखियो उत्तरका देशहरुमा यस्ले अलि बढि (ओमिक्रानो) यस्ले अलिबढि असर गरेर अहिले युकेमा आपतकाल नै घोषणा गरिसक्यो दिनदिनै संक्रमण बढ्न थालेको छ । त्यसको अनुसन्धान विश्व स्वास्थ्य संगठनले गरिरहेको छ । प्रमाणहरु अझै जुटाइराखेको छ । त्यो क्रममा आइसकेपछि विश्व स्वास्थ्य संगठनले पनि भनेका कुरा यीनै र यी कुराहरुमा आधारित रहेर हामीले हाम्रा राष्ट्रिय र प्रादेशिक योजनाहरु बनाउने हो । अहिले आएर हामीले राष्ट्रिय रुपमा पनि जस्तो विदेशबाट आएकाहरुलाई परीक्षण गर्ने । जिन सिक्वेन्सि स्याम्पल ओमिक्रोन हो की होइन् भनी माथि पठाउने जस्ता कामहरु भइराखेका छन् । अर्को खुसीको कुरा अहिलेसम्म केहि समय अघि २ जनामा देखिएका भनेका बाहेक हामीले पठाएका स्याम्पलहरुमा ओमिक्रानो नदेखिएको अवस्था छ । यसकारणले फेरी त्रास नै फैलाउने पनि होइन् हाम्रो काम फेरी । एकदमै सन्तुलित भएरपनि अघि बढ्नुपर्ने अहिलेको अवस्था छ । अब हामी अहिले ओमिक्रोन भनिरहेको छौँ त्यो बाहेक अहिले न्युटे«सन भएका भेरियन्टहरु आउन सक्छन् र हामीलाई फेरी अफ्ट्यारोमा पार्न सक्छ । त्यसकारणले नियमित रुपमा स्वास्थ्यका मापदण्डहरु पालना गरेर जाने , खोप सबैलाई केन्द्रित गरेर जाने, हाम्रो निगरानी निरन्तर नै जारी छ ।
विदेशबाट आउने अनी सिमा नाकामा चाहि कस्तो योजना रहेको छ त ?
आजको मुख्य समस्या नै यहि हो । प्रदेश छिर्ने नाकामा हामीले स्वास्थ्य जाचँ गराइराखेका छौँ । यसका लागि हामीले आबुखैरेनीमा ३ जना स्वास्थ्यकर्मी नै राखेर हाम्रो गण्डकी प्रदेशको आउने नाकामा स्वास्थ्य केन्द्रित गरेर २ महिना देखि नियमित स्वास्थ्य जाचँका काम हामीले गरिरहेका छौँ । राष्ट्रिय रणनीति अनुसार नै त्यहा काम गरिरहेका छौँ । बाहिरबाट आउनेलाई केहि शंका छ भने त्यहि एन्टिजेन्ट टेष्ट गरेरै क्वारेन्टाइन, आइसुलेसन जस्ता पहिला कै तरिकाले पनि जान सक्ने गरि हामी तयारीमा रहेका छौँ ।
ओमिक्रोन संक्रमण भएको छ की छैन भनेर चाहिँ कसरी थाहा पाउँने ?
अब यो पनि कोरोना कै भरियन्ट हो त्यसैले पहिला त कोरोनाकै लक्ष्ण हुने भयो जुन कुरा सबैलाई थाहा भइसक्यो । ओमिक्रोनका लागि भने मैले अघि भनेनि जिन सिक्वेन्सि त्यसलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने हो त्यहाँचाहिँ थाहा हुन्छ । जिन सिक्वेन्सिबाट यहि नेपालमै थाहा हुन्छ त्यो नयाँ भेरियन्ट हो होइन् भनेर । नेपालभरीबाट पठाएको स्याम्पलमा भने नयाँ भेरियन्ट देखिएको छैन् ।
ओमिक्रोन जाचँ १ ल्याबमा मात्रै हुने हो ?
हो अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्छ । नेपालभरबाट त्यहि पठाउने हो ।
कोरोना त्यसमा पनि नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् के खोप प्रभावकारी छ त ?
यो विषय चाहिँ वैज्ञानिक विषय हो । कुनका लागि कुन प्रभावकारी छ छैन भनेर यहाँ हामीले भन्न सक्दैनौँ । र हामीले पनि विश्व स्वास्थ्य संगठनले दिने सूचना र विभिन्न समाचारहरुबाट नै थाहा पाउने हो । यो ओमिक्रोनका लागि पनि अहिलेसम्म बनेका खोपहरुनै प्रभावकारी देखियो भनेर समाचारहरु आएका छन् । यसर्थपनि अहिलेको स्थितिसम्म आउँदा विश्व स्वास्थ्य संगठनको आधिकारिक भनाई अनुसारपनि प्रभावकारी रहेको छ ।
नेपालमा पनि कोभिड खोपका लागि (बुस्टर) को मात्रा दिनेबारे छलफल भएको छ भन्ने सुनिन्छ नी ?
बुस्टरको बारेमा हामीलाई अहिलेसम्म माथिबाट केहिपनि जानकारी आएको छैन् ।
गण्डकी प्रदेशमा खोपको प्रभावकारीता कस्तो रह्यो हामीले लक्ष्य पुरा गर्न सकिरहेका छौ की छैनौँ ?
हामी चाहिँ अब घोषणा गर्नमात्रै बाकिँ छ । पत्रकार सम्मेलन लगायत प्रेस विज्ञप्तीमार्फत जानकारी दिनमात्रै बाकि रहेको छ । हामीले अहिलेसम्म १८ वर्षभन्दा माथिका सबैलाई लक्षित वर्गलाई क्याम्पियनको रुपमा लगाउनेपर्ने थियो लगाइसकियो । पुरैले पाइसक्नुभयो । जो कोहि आफ्ना कारणले गर्दा छुटेका व्यक्तिहरु होलान् । कोहि अन्य प्रदेशमा गएर लगाएका होलान् र कोहि विदेश जाने भनेर आफ्नो चाहाना अनुसार लगाएका बाहेक र कोहि विदेश भएका बाहेक जनसंख्या तथ्याङ्कको आधारमा ८५ प्रतिशत खोप हामीले लगाइसक्यौँ र अब बाकि छुपुटलाई नियमित रुपमा लगाउने हो । अब १८ वर्षभन्दा माथिकालाई लगाउने काम सकियो ।
१८ वर्षभन्दा मुनिकालाई कहिलेदेखि सुरु हुन्छ त ?
अब ४ गतेदेखि सुरु हुन्छ । अहिलेसम्म खोप लागाएको अवस्था हेर्दा अव्यवस्थित देखिदैँ आएको थियो । जहाँ झन कोरोनाको जोखिम देखियो १८ वर्षमुनि लगाउँदाचाहिँ कसरी हेरिरहनु भएको छ ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो केन्द्रबाट आउने हो सेसन भएर आउने हो । संघीयता आउनुभन्दा अघिका वडागत रुपमा आउँदैछ । विद्यालय स्तरमा पुगेर नै खोप वितरण हुनेछ । संख्या वृद्धि गदैं छौँ छिटो पनि लगाउनुपर्ने छ हामीले स्वास्थ्यका मापदण्डपनि अपनाउनुपर्नेछ र सबैको सहभागिताको जरुरी पर्छ त्यहाँ । विद्यालय, शिक्षक शिक्षिका, विद्यार्थीहरुले नै त्यसलाई व्यवस्थित गर्नेकाम गरिरहेको छ । अहिले तथ्याङ्क लिने काम भइरहेको छ ।
भनेको अहिले प्रदेशमा तथ्याङ्कक लिने काम भइरहेको छ ?
हो अहिले १२ वर्षदेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको तथ्याङ्क लिने काम भएको छ अब छिट्टै खोप पनि वितरण गर्छौ ।
भनेको व्यवस्थित रुपमा जाने छ ?
एकदमै व्यवस्थित रुपमै जानेछ । अव्यवस्थित रुपमा जानेत सोच्नै भएन । गर्दै जादाँ अव्यवस्थित हुन सक्छ त्यसका लागि सबैको साथ र सहयोगको खाँचो पर्दछ यहि नै हो ।
प्रतिक्रिया लेख्नुहोस्:-