२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगायौँ संक्रमण कम भयो भनेर नसोचौँ स्वास्थ्य मापदण्ड पालना गर्न पर्छ

गण्डकी प्रेस
मंसिर २९, २०७८ १९:३६ मा प्रकाशित
अन्तर्वार्ता
खोप लगायौँ संक्रमण कम भयो भनेर नसोचौँ स्वास्थ्य मापदण्ड पालना गर्न पर्छ
22
SHARES
Share on FacebookShare on Twitter


कोरोना भाइरसको त्रास कम हुदैँगर्दा नयाँ भेरियन्ट ओमिक्रोनले आम नागरिकमा थप त्रास फैलाएको अवस्था छ । विश्वमा यतिबेला ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै जादाँ नेपालमा पनि २ जनामा देखियो । कोरोना भाइरसका नयाँ भेरियन्ट यस्का प्रभाव, चुनौती र खोप प्रभावकारीता लगायत स्वास्थ्य विषयमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्कासंग गण्डकी प्रेसका संवाददाता विजय नेपालीले गरिएको कुराकानी ।

पछिल्ला समय कोरोनाका नयाँ भेरियन्ट ओमिक्रानो भेरियन्टको त्रास बढिरहेको छ यस्को प्रभाव कस्तो रहन सक्छ यस्को जोखिम कस्तो रहन सक्छ ?
यो ओमिक्रानो आएको २ हप्ता नै भइसक्यो । अब ओमिक्रोन मात्र नभएर कोरोनाका पुरै भेरियन्टहरुकै लागि सतकर्ता अपनाउनु पर्छ । जनस्वास्थ्यका मापदण्डहरु अपनाइनै रहनुपर्छ ।
खोप अत्यन्तै महत्वपूर्ण विषय वस्तु भयो त्यस कारणले हामी यो गतिविधिहरुलाई रोक्नै पर्छ । जनस्वास्थ्यका मापदण्डलाई पहिला हामीले जसरी पालना गरेका थियौँ त्यहि तवरले नै अहिले पनि गर्ने हो । त्यो जोखिम हट्यो, खोप लगाइयो भनेर जुन नाचगान गर्ने बाजाँ बजाउने जमघट हुने जुन छ यो गलत हो । किन भने स्वास्थ्य मन्त्रलायलेपनि अस्तिमात्रै वार्षिक समिक्षा गाष्ठी भर्चुअल माध्यमबाटै गर्‍यो ।
सबै तयारी गरेर हामी मन्त्रलायमा पुगेरपनि सबै स्वास्थ्य मापदण्ड अपनाएर जति व्यक्ति बस्नुपर्छ त्यतिमात्रै बसेर गोष्ठी गरियो । भनेपछि सतर्कता चाहिँ अपनाउनै पर्छ । फेरी अन्यन्तै महत्वपूर्ण सन्देश के हो भनेदेखि अब युरोपमा आइराखेको छ । अफ्रिकामा देखियो उत्तरका देशहरुमा यस्ले अलि बढि (ओमिक्रानो) यस्ले अलिबढि असर गरेर अहिले युकेमा आपतकाल नै घोषणा गरिसक्यो दिनदिनै संक्रमण बढ्न थालेको छ । त्यसको अनुसन्धान विश्व स्वास्थ्य संगठनले गरिरहेको छ । प्रमाणहरु अझै जुटाइराखेको छ । त्यो क्रममा आइसकेपछि विश्व स्वास्थ्य संगठनले पनि भनेका कुरा यीनै र यी कुराहरुमा आधारित रहेर हामीले हाम्रा राष्ट्रिय र प्रादेशिक योजनाहरु बनाउने हो । अहिले आएर हामीले राष्ट्रिय रुपमा पनि जस्तो विदेशबाट आएकाहरुलाई परीक्षण गर्ने । जिन सिक्वेन्सि स्याम्पल ओमिक्रोन हो की होइन् भनी माथि पठाउने जस्ता कामहरु भइराखेका छन् । अर्को खुसीको कुरा अहिलेसम्म केहि समय अघि २ जनामा देखिएका भनेका बाहेक हामीले पठाएका स्याम्पलहरुमा ओमिक्रानो नदेखिएको अवस्था छ । यसकारणले फेरी त्रास नै फैलाउने पनि होइन् हाम्रो काम फेरी । एकदमै सन्तुलित भएरपनि अघि बढ्नुपर्ने अहिलेको अवस्था छ । अब हामी अहिले ओमिक्रोन भनिरहेको छौँ त्यो बाहेक अहिले न्युटे«सन भएका भेरियन्टहरु आउन सक्छन् र हामीलाई फेरी अफ्ट्यारोमा पार्न सक्छ । त्यसकारणले नियमित रुपमा स्वास्थ्यका मापदण्डहरु पालना गरेर जाने , खोप सबैलाई केन्द्रित गरेर जाने, हाम्रो निगरानी निरन्तर नै जारी छ ।

विदेशबाट आउने अनी सिमा नाकामा चाहि कस्तो योजना रहेको छ त ?
आजको मुख्य समस्या नै यहि हो । प्रदेश छिर्ने नाकामा हामीले स्वास्थ्य जाचँ गराइराखेका छौँ । यसका लागि हामीले आबुखैरेनीमा ३ जना स्वास्थ्यकर्मी नै राखेर हाम्रो गण्डकी प्रदेशको आउने नाकामा स्वास्थ्य केन्द्रित गरेर २ महिना देखि नियमित स्वास्थ्य जाचँका काम हामीले गरिरहेका छौँ । राष्ट्रिय रणनीति अनुसार नै त्यहा काम गरिरहेका छौँ । बाहिरबाट आउनेलाई केहि शंका छ भने त्यहि एन्टिजेन्ट टेष्ट गरेरै क्वारेन्टाइन, आइसुलेसन जस्ता पहिला कै तरिकाले पनि जान सक्ने गरि हामी तयारीमा रहेका छौँ ।

ओमिक्रोन संक्रमण भएको छ की छैन भनेर चाहिँ कसरी थाहा पाउँने ?
अब यो पनि कोरोना कै भरियन्ट हो त्यसैले पहिला त कोरोनाकै लक्ष्ण हुने भयो जुन कुरा सबैलाई थाहा भइसक्यो । ओमिक्रोनका लागि भने मैले अघि भनेनि जिन सिक्वेन्सि त्यसलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने हो त्यहाँचाहिँ थाहा हुन्छ । जिन सिक्वेन्सिबाट यहि नेपालमै थाहा हुन्छ त्यो नयाँ भेरियन्ट हो होइन् भनेर । नेपालभरीबाट पठाएको स्याम्पलमा भने नयाँ भेरियन्ट देखिएको छैन् ।

ओमिक्रोन जाचँ १ ल्याबमा मात्रै हुने हो ?
हो अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्छ । नेपालभरबाट त्यहि पठाउने हो ।

कोरोना त्यसमा पनि नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् के खोप प्रभावकारी छ त ?
यो विषय चाहिँ वैज्ञानिक विषय हो । कुनका लागि कुन प्रभावकारी छ छैन भनेर यहाँ हामीले भन्न सक्दैनौँ । र हामीले पनि विश्व स्वास्थ्य संगठनले दिने सूचना र विभिन्न समाचारहरुबाट नै थाहा पाउने हो । यो ओमिक्रोनका लागि पनि अहिलेसम्म बनेका खोपहरुनै प्रभावकारी देखियो भनेर समाचारहरु आएका छन् । यसर्थपनि अहिलेको स्थितिसम्म आउँदा विश्व स्वास्थ्य संगठनको आधिकारिक भनाई अनुसारपनि प्रभावकारी रहेको छ ।

नेपालमा पनि कोभिड खोपका लागि (बुस्टर) को मात्रा दिनेबारे छलफल भएको छ भन्ने सुनिन्छ नी ?
बुस्टरको बारेमा हामीलाई अहिलेसम्म माथिबाट केहिपनि जानकारी आएको छैन् ।

गण्डकी प्रदेशमा खोपको प्रभावकारीता कस्तो रह्यो हामीले लक्ष्य पुरा गर्न सकिरहेका छौ की छैनौँ ?
हामी चाहिँ अब घोषणा गर्नमात्रै बाकिँ छ । पत्रकार सम्मेलन लगायत प्रेस विज्ञप्तीमार्फत जानकारी दिनमात्रै बाकि रहेको छ । हामीले अहिलेसम्म १८ वर्षभन्दा माथिका सबैलाई लक्षित वर्गलाई क्याम्पियनको रुपमा लगाउनेपर्ने थियो लगाइसकियो । पुरैले पाइसक्नुभयो । जो कोहि आफ्ना कारणले गर्दा छुटेका व्यक्तिहरु होलान् । कोहि अन्य प्रदेशमा गएर लगाएका होलान् र कोहि विदेश जाने भनेर आफ्नो चाहाना अनुसार लगाएका बाहेक र कोहि विदेश भएका बाहेक जनसंख्या तथ्याङ्कको आधारमा ८५ प्रतिशत खोप हामीले लगाइसक्यौँ र अब बाकि छुपुटलाई नियमित रुपमा लगाउने हो । अब १८ वर्षभन्दा माथिकालाई लगाउने काम सकियो ।

१८ वर्षभन्दा मुनिकालाई कहिलेदेखि सुरु हुन्छ त ?
अब ४ गतेदेखि सुरु हुन्छ । अहिलेसम्म खोप लागाएको अवस्था हेर्दा अव्यवस्थित देखिदैँ आएको थियो । जहाँ झन कोरोनाको जोखिम देखियो १८ वर्षमुनि लगाउँदाचाहिँ कसरी हेरिरहनु भएको छ ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो केन्द्रबाट आउने हो सेसन भएर आउने हो । संघीयता आउनुभन्दा अघिका वडागत रुपमा आउँदैछ । विद्यालय स्तरमा पुगेर नै खोप वितरण हुनेछ । संख्या वृद्धि गदैं छौँ छिटो पनि लगाउनुपर्ने छ हामीले स्वास्थ्यका मापदण्डपनि अपनाउनुपर्नेछ र सबैको सहभागिताको जरुरी पर्छ त्यहाँ । विद्यालय, शिक्षक शिक्षिका, विद्यार्थीहरुले नै त्यसलाई व्यवस्थित गर्नेकाम गरिरहेको छ । अहिले तथ्याङ्क लिने काम भइरहेको छ ।

भनेको अहिले प्रदेशमा तथ्याङ्कक लिने काम भइरहेको छ ?
हो अहिले १२ वर्षदेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको तथ्याङ्क लिने काम भएको छ अब छिट्टै खोप पनि वितरण गर्छौ ।

भनेको व्यवस्थित रुपमा जाने छ ?
एकदमै व्यवस्थित रुपमै जानेछ । अव्यवस्थित रुपमा जानेत सोच्नै भएन । गर्दै जादाँ अव्यवस्थित हुन सक्छ त्यसका लागि सबैको साथ र सहयोगको खाँचो पर्दछ यहि नै हो ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL