२०८३ जेष्ठ २१, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिड कालले हामीलाई अभाव र संघर्षमा लगेको छ

गण्डकी प्रेस
कार्तिक १०, २०७८ १७:०५ मा प्रकाशित
अन्तर्वार्ता
कोभिड कालले हामीलाई अभाव र संघर्षमा लगेको छ
21
SHARES
Share on FacebookShare on Twitter


पोखरामा रंगकर्मीलाई व्यवसायीक हिसाबले अघि बढाउनका २०७३ सालमा स्थापना पोखरा थ्रियटरको स्थापना भयो । २०७४ साल फागुनमा पहिलो पटक शिरुमारानी नामक नाटक मञ्चनसंगै थ्रिएटर संचालनमा आयो । थ्रिएटर संचालनमा आएको २ वर्ष पुग नपुग हुदैँ कोरोना महामारीका कारण लकडाउन सुरु भयो । अहिले विस्तारै कोरोना भाइरस महामारीबाट तंग्रिदै गर्दा पोखरा थ्रिएटर पनि खोल्ने तरखरमा रहिरहेको छ । सोही सन्दर्भमा थ्रिएटरका संस्थापक अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तन कार्कीसंग गण्डकीप्रेस संवाददाताले गरेको कुराकानी ।

 

कोरोना महामारीले रंगमञ्चमा कस्तो प्रभाव पा¥यो ?

कोरोनाले कस्तो भयो भने अलि अलि हिड्न लागेको अवस्थामा भनेको सानै बच्चाको कल्पना गरौँ न । जन्मन्छ, हुर्कन्छ र विस्तारै स्कुल जाने उमेरको हुन्छ तब दर्घटनामा पर्छ । अहिले त्यस्तै अवस्थामा पुगेका छौँ हामी पनि । फेरी हामीलाई २०७४ पूर्व नै फर्काएको जस्तो महसुस हामीलाई भएको छ । अनि अर्को चाहि संघर्षको यो चरणमा त्यो हिसाबले पनि नाट्यकर्मी साथिहरुपनि सबै पलायन हुने हो की भन्ने लागेको थियो । कोभिडकालले चाहि हामीलाई अभावमा र संघर्षमा लगेको छ ।

 

थ्रिएटर निमार्ण भएपश्चात कति नाटक मञ्चन भए ?

अब यो लगभग ५ दर्जनको आसपासमा छ । त्यतिमा चाहिँ एउटा अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना ग¥र्यौ । राष्ट्रिय नाटक महोत्सव र विद्यालय नाटक महोत्सव पनि ग¥र्यौ । सुरुमा महानगर स्तरीय गरेका थियौ त्यो बाहेक अब प्रदेश स्तरमा लागेका छौ त्यो गरेर ६० वटा जति मञ्चन भयो । डेढ वर्ष अघिसम्म नियमित भइराखेको थियो । यस्लाई सांस्कृतिक हवको रुपमा समेत विकास गर्ने इच्छा हो । त्यो अनुसार हरेक सनिवार हामीले सुरसाधना पनि गर्छौ अर्को कुरा सिनेमा समिक्षा पनि यहाँ गर्छौ ।

 

हामीसंग राहत दिनसक्ने परिस्थिति समेत थिए । त्यसपछि सबैलाई छलफलमा ल्याएर अहिले एउटा नाटक मञ्चनको तयारी भइरहेको छ । हामी अभावमै गुज्रियौँ ।

कोरोना महामारीबाट हामी भरर्खरै मात्र तंग्रिदै छौँ, कोरोनाका समयमा यो थ्रिएटरले अघि बढ्न के कस्ता प्रयासहरु गरे ?

सुरुका ४–५ महिना त हामी केहि पनि गर्न सक्ने अवस्थामा नै थिएनौ । जतिबेला विश्व नै त्रासमा बसेको थियो । घरमै स्व अध्ययन गर्दै बस्यौ । त्यसपछि भने हामीले देशभरका रंगमञ्च कलाकारहरुको भर्चुअल बैठक बस्यौ रंगमञ्चका बारेमा सरकारलाई जानकारी दिने हिसाबले प्रयास ग¥र्यौ । संगित तथा नाट्य प्रशिक्षण प्रतिष्ठानमा प्रपोजल नै लगेका थियौँ । केहि न केहि राहत कार्यक्रम वा देशभरका रंगमञ्चकर्मी बिच छलफल गरौँ भनियो तर, सफल भने हुन सकेन । पोखरा थ्रिएटरले प्रसन्नल्ली रुपमा भर्चुअल कार्यक्रमार्फत नै रंगकर्मीलाई एक बनाउने काम गरेका हौँ । हामीलाई सुरुवात देखि नै आर्थिक र भौतिक रुपमै अभाव झेल्दै आएका हौँ । पहिलो चरणमा त्यति ठुलो केहि गर्न सकेनौ । रंगकर्मीलाई जुटाउन विहानी समयमा अभ्यास गर्न भने थाल्यौँ । पहिलो र दोस्रो चरणका बिचमा हामीले विद्यालय नाटक महोत्सवको आयोजना ग¥र्यौ । हामीसंग राहत दिनसक्ने परिस्थिति समेत थिए । त्यसपछि सबैलाई छलफलमा ल्याएर अहिले एउटा नाटक मञ्चनको तयारी भइरहेको छ । हामी अभावमै गुज्रियौँ ।

 

थ्रिएटर भनेको रंगमञ्चका लागि मात्रै होइन यहाँ अन्य कायक्रमपनि गर्न सकिन्छ ?

इक्ज्याक्टली ! हामीले एउटा वातावरण तयार गर्ने हो । यहाँबाट सय जना कलाकार उत्पादन भए तर, त्यसलाई जोगाइ राख्न पनि हम्मे हम्मे पर्दछ । सय जनामा १० जनाले मात्रै इनिसेसन लिएर काम गर्ने हो भने अर्को नयाँ कार्यको थलानी हुन्छ । अबको त के भने रंगकर्मीहरु पनि रचनात्मक जन्मनु प¥यो । उनीहरु थ्रिएटरको मात्रै भर पर्ने होइनकी आफूहरुले पनि निर्देसन गरेरै ल्याउन सकोस । हिजो पोखरामा नाटक घर थिएन । आज नाटक घर छ । यहाँ नाटक मात्रै देखाउने होइन । विभिन्न समिक्षा, छलफल तथा अभ्यास समेत गर्न सक्छौँ । यो नाटकका लागिमात्रै होइन भन्ने सबैले बुझ्न पनि जरुरी छ । रंगमञ्च बाहेक वाङमयका काम गर्नेपनि हो ।

 

थ्रिएटर हुनु र नहुनमा के अन्तर छ ?

धेरै अन्तर छ । किनकी पहिला हामी सडकमा नाटक देखाउन बाध्य थियौँ । अब सडकमा जान पर्दैन । हामीले एउटा मञ्च पाएका छौँ । अब व्यवसायीकता तर्फ अघि बढ्न सक्छौँ । थ्रिएटर बनेपछि चाहिँ यो अभिनय भनेको पढ्नपर्ने सिक्न पर्ने कुरा रहेछ भन्ने देखिएको छ । अब पोखरामा भएका कलाकारले राष्ट्रिय स्तरमा अब काम गर्न सक्ने भइसकेका छन् । काम गर्नलाई सहज भएको छ । हिजोका जस्ता कुनै ठाउँमा गएर ठाउँबनाउन पर्ने जस्तो बाध्यता बाट मुक्त भएका छौँ भने अर्का तिर यहाँबाट पनि केहि गर्न सकिन्छ भन्ने कुराको विकास भएको छ ।

 

पोखरा र समग्र गण्डकी प्रदेशमा रंगमञ्चको अवस्था कस्तो छ ? अबको आवश्यकता के ?

अब पोखराको कुरा गर्दा नाटक घर निमार्ण भएको छ । जहाँ नियमित जसो नाटक भएकै थियो । यो बन्नु अघि नाट्यकर्म थियो तर, रंगमञ्च भने थिएन । गण्डकी प्रदेशमा चाहिँ एकदुई जिल्लामा नाटक घर बन्ने तयारीमा जुटेको छ त्यो बाहेक छैन । अब गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान र पोखरा थ्रिएटर मिलेर प्रदेशका अन्य जिल्लामा नाटक लैजाने कुरा भएको छ । पोखरामा छ यो बाहेक अन्य जिल्लामा पनि पु¥याउने मेरो पनि उदेश्य हो । अबको आवश्यकता भनेकै रंगमञ्चलाई हरेक समुदायमा पु¥याउनु नै हो । मुग्लिन बाहेक यता नाटकको चाप न्युन रहेको छ ।

 

रंगमञ्चलाई चलायमान बनाउन के गर्न पर्छ ?

रंगमञ्चलाई चलायमान बनाउन नियमित गतिविधि नै हो । गतिविधि नै नभए यहाँ किन आउने भन्ने हुन्छ । त्यसैलेपनि दैनिक गतिविधि हुन आवश्यक छ । अबको सन्दर्भमा चाहि पोखरा थ्रिएटरले मात्रै गर्नपर्छ भन्ने छैन । पोखरामा लोकप्रियता छ तर यस्लाई चलायमान बनाउन आवश्यक छ ।

 

राज्यको सहयोग कस्तो छ ?

राज्यको सहयोग सन्तुष्टि गर्न लायक छैन । तर, गण्डकी प्रदेशले केहि कार्यक्रमहरु गर्दा सहयोग त पाएका छौँ । देश अनुसारको भेष भनेजस्तै हो । फेरी हामीमा पनि सबै राज्यलेनै गरिदिए हुन्थ्यो भनेजस्तो हुन्छ तर, मैले त्यो सोचिन आफ्नै लगानीमा अगाडी बढाए । अहिले प्रदेश र महानगर दुबैले एकेडेमी समेत बनाएको छ । त्यो भनेको राम्रो पक्ष हो । गण्डकी प्रदेशले बनाएको नाट्य विद्याको प्राज्ञपनि नियुक्ति छैन त्यो हिसाबले त्यहाँ चुकेको छ । महानगरमा त म कतिपटक गएपनि कहिले काहिँ त माग्न गए जस्तै हुने । मेरो चासो के हो भने स्मार्ट सिटिमा रंगमञ्च हुनुपर्दछ भन्ने नै हो ।

 

फिल्मी क्षेत्र र रंगमञ्चमा के फरक छ ?

यो मा चाहिँ मिडियमको कुरा हुन्छ । रंगमञ्चमा भनेको चाहिँ प्रत्यक्ष मिडियम हो । त्यो (फिल्मी) एउटा क्यामेरा मिडियम हो । पहिला रंगमञ्बाट सिनेमामा जाने चलन थियो । अहिले क्यामेराबाट रंगमञ्चमा आउनेको संख्या बढेको छ । हामीले यहाँ धेरै कुराको एक्सप्लोर गर्न सक्छौ र सिनेमा भन्दा सानो बजेटमा बनाउन सक्छौँ । मिडियमगत कुरामा फरक भएपनि कलागत दृष्टिकोणमा चाहि एकै हुन् ।

 

अन्त्यमा दर्शकलाई के भन्न चाहानुहुन्छ ?

लामो समय पछि हामी कर्ममा फर्किएका छौँ । हामी फर्किनु भनेको दर्शक फर्किनु हो । अब कोभिडको बेलामा दर्शकले पनि धेरै मानसिक र शारीरिक रुपकम सफर गरिरहनु भएको छ त्यो हिसाबले पनि अब मनोरञ्जनका लागि आउनुहोला । र नेपालीहरुको महान पर्व तिहार,छठ तथा नेपाल सम्बत्को पनि हार्दिक मंगलमय शुभकामना धन्यवाद ।

 

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal