पोखरामा रंगकर्मीलाई व्यवसायीक हिसाबले अघि बढाउनका २०७३ सालमा स्थापना पोखरा थ्रियटरको स्थापना भयो । २०७४ साल फागुनमा पहिलो पटक शिरुमारानी नामक नाटक मञ्चनसंगै थ्रिएटर संचालनमा आयो । थ्रिएटर संचालनमा आएको २ वर्ष पुग नपुग हुदैँ कोरोना महामारीका कारण लकडाउन सुरु भयो । अहिले विस्तारै कोरोना भाइरस महामारीबाट तंग्रिदै गर्दा पोखरा थ्रिएटर पनि खोल्ने तरखरमा रहिरहेको छ । सोही सन्दर्भमा थ्रिएटरका संस्थापक अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तन कार्कीसंग गण्डकीप्रेस संवाददाताले गरेको कुराकानी ।
कोरोना महामारीले रंगमञ्चमा कस्तो प्रभाव पा¥यो ?
कोरोनाले कस्तो भयो भने अलि अलि हिड्न लागेको अवस्थामा भनेको सानै बच्चाको कल्पना गरौँ न । जन्मन्छ, हुर्कन्छ र विस्तारै स्कुल जाने उमेरको हुन्छ तब दर्घटनामा पर्छ । अहिले त्यस्तै अवस्थामा पुगेका छौँ हामी पनि । फेरी हामीलाई २०७४ पूर्व नै फर्काएको जस्तो महसुस हामीलाई भएको छ । अनि अर्को चाहि संघर्षको यो चरणमा त्यो हिसाबले पनि नाट्यकर्मी साथिहरुपनि सबै पलायन हुने हो की भन्ने लागेको थियो । कोभिडकालले चाहि हामीलाई अभावमा र संघर्षमा लगेको छ ।
थ्रिएटर निमार्ण भएपश्चात कति नाटक मञ्चन भए ?
अब यो लगभग ५ दर्जनको आसपासमा छ । त्यतिमा चाहिँ एउटा अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना ग¥र्यौ । राष्ट्रिय नाटक महोत्सव र विद्यालय नाटक महोत्सव पनि ग¥र्यौ । सुरुमा महानगर स्तरीय गरेका थियौ त्यो बाहेक अब प्रदेश स्तरमा लागेका छौ त्यो गरेर ६० वटा जति मञ्चन भयो । डेढ वर्ष अघिसम्म नियमित भइराखेको थियो । यस्लाई सांस्कृतिक हवको रुपमा समेत विकास गर्ने इच्छा हो । त्यो अनुसार हरेक सनिवार हामीले सुरसाधना पनि गर्छौ अर्को कुरा सिनेमा समिक्षा पनि यहाँ गर्छौ ।
हामीसंग राहत दिनसक्ने परिस्थिति समेत थिए । त्यसपछि सबैलाई छलफलमा ल्याएर अहिले एउटा नाटक मञ्चनको तयारी भइरहेको छ । हामी अभावमै गुज्रियौँ ।
कोरोना महामारीबाट हामी भरर्खरै मात्र तंग्रिदै छौँ, कोरोनाका समयमा यो थ्रिएटरले अघि बढ्न के कस्ता प्रयासहरु गरे ?
सुरुका ४–५ महिना त हामी केहि पनि गर्न सक्ने अवस्थामा नै थिएनौ । जतिबेला विश्व नै त्रासमा बसेको थियो । घरमै स्व अध्ययन गर्दै बस्यौ । त्यसपछि भने हामीले देशभरका रंगमञ्च कलाकारहरुको भर्चुअल बैठक बस्यौ रंगमञ्चका बारेमा सरकारलाई जानकारी दिने हिसाबले प्रयास ग¥र्यौ । संगित तथा नाट्य प्रशिक्षण प्रतिष्ठानमा प्रपोजल नै लगेका थियौँ । केहि न केहि राहत कार्यक्रम वा देशभरका रंगमञ्चकर्मी बिच छलफल गरौँ भनियो तर, सफल भने हुन सकेन । पोखरा थ्रिएटरले प्रसन्नल्ली रुपमा भर्चुअल कार्यक्रमार्फत नै रंगकर्मीलाई एक बनाउने काम गरेका हौँ । हामीलाई सुरुवात देखि नै आर्थिक र भौतिक रुपमै अभाव झेल्दै आएका हौँ । पहिलो चरणमा त्यति ठुलो केहि गर्न सकेनौ । रंगकर्मीलाई जुटाउन विहानी समयमा अभ्यास गर्न भने थाल्यौँ । पहिलो र दोस्रो चरणका बिचमा हामीले विद्यालय नाटक महोत्सवको आयोजना ग¥र्यौ । हामीसंग राहत दिनसक्ने परिस्थिति समेत थिए । त्यसपछि सबैलाई छलफलमा ल्याएर अहिले एउटा नाटक मञ्चनको तयारी भइरहेको छ । हामी अभावमै गुज्रियौँ ।
थ्रिएटर भनेको रंगमञ्चका लागि मात्रै होइन यहाँ अन्य कायक्रमपनि गर्न सकिन्छ ?
इक्ज्याक्टली ! हामीले एउटा वातावरण तयार गर्ने हो । यहाँबाट सय जना कलाकार उत्पादन भए तर, त्यसलाई जोगाइ राख्न पनि हम्मे हम्मे पर्दछ । सय जनामा १० जनाले मात्रै इनिसेसन लिएर काम गर्ने हो भने अर्को नयाँ कार्यको थलानी हुन्छ । अबको त के भने रंगकर्मीहरु पनि रचनात्मक जन्मनु प¥यो । उनीहरु थ्रिएटरको मात्रै भर पर्ने होइनकी आफूहरुले पनि निर्देसन गरेरै ल्याउन सकोस । हिजो पोखरामा नाटक घर थिएन । आज नाटक घर छ । यहाँ नाटक मात्रै देखाउने होइन । विभिन्न समिक्षा, छलफल तथा अभ्यास समेत गर्न सक्छौँ । यो नाटकका लागिमात्रै होइन भन्ने सबैले बुझ्न पनि जरुरी छ । रंगमञ्च बाहेक वाङमयका काम गर्नेपनि हो ।
थ्रिएटर हुनु र नहुनमा के अन्तर छ ?
धेरै अन्तर छ । किनकी पहिला हामी सडकमा नाटक देखाउन बाध्य थियौँ । अब सडकमा जान पर्दैन । हामीले एउटा मञ्च पाएका छौँ । अब व्यवसायीकता तर्फ अघि बढ्न सक्छौँ । थ्रिएटर बनेपछि चाहिँ यो अभिनय भनेको पढ्नपर्ने सिक्न पर्ने कुरा रहेछ भन्ने देखिएको छ । अब पोखरामा भएका कलाकारले राष्ट्रिय स्तरमा अब काम गर्न सक्ने भइसकेका छन् । काम गर्नलाई सहज भएको छ । हिजोका जस्ता कुनै ठाउँमा गएर ठाउँबनाउन पर्ने जस्तो बाध्यता बाट मुक्त भएका छौँ भने अर्का तिर यहाँबाट पनि केहि गर्न सकिन्छ भन्ने कुराको विकास भएको छ ।
पोखरा र समग्र गण्डकी प्रदेशमा रंगमञ्चको अवस्था कस्तो छ ? अबको आवश्यकता के ?
अब पोखराको कुरा गर्दा नाटक घर निमार्ण भएको छ । जहाँ नियमित जसो नाटक भएकै थियो । यो बन्नु अघि नाट्यकर्म थियो तर, रंगमञ्च भने थिएन । गण्डकी प्रदेशमा चाहिँ एकदुई जिल्लामा नाटक घर बन्ने तयारीमा जुटेको छ त्यो बाहेक छैन । अब गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान र पोखरा थ्रिएटर मिलेर प्रदेशका अन्य जिल्लामा नाटक लैजाने कुरा भएको छ । पोखरामा छ यो बाहेक अन्य जिल्लामा पनि पु¥याउने मेरो पनि उदेश्य हो । अबको आवश्यकता भनेकै रंगमञ्चलाई हरेक समुदायमा पु¥याउनु नै हो । मुग्लिन बाहेक यता नाटकको चाप न्युन रहेको छ ।
रंगमञ्चलाई चलायमान बनाउन के गर्न पर्छ ?
रंगमञ्चलाई चलायमान बनाउन नियमित गतिविधि नै हो । गतिविधि नै नभए यहाँ किन आउने भन्ने हुन्छ । त्यसैलेपनि दैनिक गतिविधि हुन आवश्यक छ । अबको सन्दर्भमा चाहि पोखरा थ्रिएटरले मात्रै गर्नपर्छ भन्ने छैन । पोखरामा लोकप्रियता छ तर यस्लाई चलायमान बनाउन आवश्यक छ ।
राज्यको सहयोग कस्तो छ ?
राज्यको सहयोग सन्तुष्टि गर्न लायक छैन । तर, गण्डकी प्रदेशले केहि कार्यक्रमहरु गर्दा सहयोग त पाएका छौँ । देश अनुसारको भेष भनेजस्तै हो । फेरी हामीमा पनि सबै राज्यलेनै गरिदिए हुन्थ्यो भनेजस्तो हुन्छ तर, मैले त्यो सोचिन आफ्नै लगानीमा अगाडी बढाए । अहिले प्रदेश र महानगर दुबैले एकेडेमी समेत बनाएको छ । त्यो भनेको राम्रो पक्ष हो । गण्डकी प्रदेशले बनाएको नाट्य विद्याको प्राज्ञपनि नियुक्ति छैन त्यो हिसाबले त्यहाँ चुकेको छ । महानगरमा त म कतिपटक गएपनि कहिले काहिँ त माग्न गए जस्तै हुने । मेरो चासो के हो भने स्मार्ट सिटिमा रंगमञ्च हुनुपर्दछ भन्ने नै हो ।
फिल्मी क्षेत्र र रंगमञ्चमा के फरक छ ?
यो मा चाहिँ मिडियमको कुरा हुन्छ । रंगमञ्चमा भनेको चाहिँ प्रत्यक्ष मिडियम हो । त्यो (फिल्मी) एउटा क्यामेरा मिडियम हो । पहिला रंगमञ्बाट सिनेमामा जाने चलन थियो । अहिले क्यामेराबाट रंगमञ्चमा आउनेको संख्या बढेको छ । हामीले यहाँ धेरै कुराको एक्सप्लोर गर्न सक्छौ र सिनेमा भन्दा सानो बजेटमा बनाउन सक्छौँ । मिडियमगत कुरामा फरक भएपनि कलागत दृष्टिकोणमा चाहि एकै हुन् ।
अन्त्यमा दर्शकलाई के भन्न चाहानुहुन्छ ?
लामो समय पछि हामी कर्ममा फर्किएका छौँ । हामी फर्किनु भनेको दर्शक फर्किनु हो । अब कोभिडको बेलामा दर्शकले पनि धेरै मानसिक र शारीरिक रुपकम सफर गरिरहनु भएको छ त्यो हिसाबले पनि अब मनोरञ्जनका लागि आउनुहोला । र नेपालीहरुको महान पर्व तिहार,छठ तथा नेपाल सम्बत्को पनि हार्दिक मंगलमय शुभकामना धन्यवाद ।
प्रतिक्रिया लेख्नुहोस्:-