२०८३ जेष्ठ २१, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मन्त्री पाउने समयमा नपाएकै हो , अब दलित विधेयक ल्याउने योजना छ

गण्डकी प्रेस
कार्तिक २५, २०७८ १४:४६ मा प्रकाशित
अन्तर्वार्ता
मन्त्री पाउने समयमा नपाएकै हो , अब दलित विधेयक ल्याउने योजना छ
15
SHARES
Share on FacebookShare on Twitter


गण्डकी प्रदेशमा अहिले एकमात्र विना विभागीय मन्त्री रहेका छन् । एक महिना अघिमात्रै मन्त्रीको सपथ खाएका सांसद् दोबाटे विश्वकर्मासंग गरिएको कुराकानी

प्रतिपक्षमा हुनुहुन्थ्यो सत्ता पक्षमा आउँदा कस्तो लागिरहेको छ सोच्नुभएको थियो ?

सोचेका थिएनौँ । यो राष्ट्रिय राजनीतिको परिघटनाले ल्याएको अवस्था हो । यस्ले राजनीतिमा ठुलो सम्भावनाहरु भइराख्छन भन्ने देखाएको भन्ने मलाई लाग्छ ।

दुई कुराको अनुभव गर्नुभयो एउटा प्रतिपक्षबाट सत्तापक्षमा र अर्को मन्त्रीबाट नाम काटिएर पुनः मन्त्री नियुक्ति हुनुभयो त्यो बेला कस्तो भयो ?
यो प्रतिपक्षमा रहँदा खेरी २०७४ सालको निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षिको भुमिकामा रहन भन्दै मतदान दिए । त्यसपछि हामीले जनताले दिएको अभिमतको सम्मान ग¥र्यौ र सहज रुपमा लिदैँ अघि बढ्यौ ।

सरकारले निश्चयनै हामी प्रतिपक्षमा बस्नेलाई हेर्ने दृष्टिकोणमा फरक थियो नै । हामी सरकारमा छौँ जे गरेपनि हुन्छ भन्ने लागेको रहेछ । दुई तिहाई बहुमत भएको बेलामा प्रतिपक्षि भनेको केहि होइन भन्ने मानसिकता थियो त्यसलाई सहजै लिएका थियौँ ।

मन्त्री बन्नु भएकोपनि एक महिना भयो अझै पनि मन्त्रालय पाउनुभएको छैननी ?

हो त्यो पाइएन् । अब मुख्यमन्त्री ज्यूले भन्नुहुन्छ कुन दिने कहिले दिने भनेर मलाई थाहा हुने कुरा भएन् ।

कुन मन्त्रालय दिए हुन्थ्यो भन्ने छ ?

यहि नै भन्ने छैन् । मलाई त्यस्तो केहि छैन अब मुख्य मन्त्रीले मलाई कुन जिम्मेवारी दिनुहुन्छ भन्नेमा नै भर पर्छ । जुन उपयुक्त हुन्छ त्यहि दिनुहुन्छ भन्ने आशा गरेको छु ।

निष्ठाको राजनीति गर्नेलाई हटाएर धनाढ्यलाई मन्त्री दियो पद यो भनेर निकै कुरा बाहिर आए यस्लाई कसरी हेर्नु भएको छ ?
सांसद् भएपछि मन्त्री हुन पाए भन्ने कुरा स्वभाविक हो ।

जुन बेला सरकार बन्यो त्यसपछि हाम्रो पार्टीको छलफल पनि भयो । त्यसमध्ये मन्त्री बन्नेमा मेरोपनि नाम लिस्टमा थियो तर, विविध कारणले त्यतिबेला पुग्न सकिएन त्यहिकारण हुन सकिएन् त्यहि हो ।

 

विविध कारण भनेको चाहिँ के ?
त्यो कारण मलाई थाहा छैन् । के थियो भन्ने । पार्टीभित्रको आन्तरिक कुरा हुन त्यसले गर्दा मैले धेरै कुरा खोललिन कहाँ के कारण के थियो भन्नेतर्फ म गइन् । पर्न पथ्र्यो तर, नपरेपनि मैले त्यसलाई सहजीकरण तरिकाले नै गए ।

 

त्यसपछि आएका समाचारका कारण नै मन्त्री बन्नुभयो भन्ने कुरा सत्य हो ?

त्यसमा के चाहिँ आग्रह गर्न चाहान्छु । म यो ढोरपाटन दैनिकबाटै भन्न चाहान्छुकी जबसम्म म मन्त्री बन्नुपर्ने र अवसर पाउनुपर्ने हो त्यो बेला छुट्न गएकै हो ।

जुन कुरालाई सारा मिडिया, शुभचिन्तक र नागरिकले काम गरेकै आधारमा पाउनुपर्ने थियो तर, पाएन भन्ने मुल्यांकन गरेकै आधारमा यस्ले पाउनुपर्छ भन्ने कुरा सारा देशभरी आवाज उठ्न थाल्यो । त्यसका लागि पनि म धन्यवाद दिन चाहान्छु ।

कलम चलेकै कारण पाएको हुँ । यो मान्छेलाई अन्याय भयो भन्ने आवाज उठ्यो जस्को कारण मैले न्याय पाएको ठानेको छु ।

प्रधानमन्त्री शेरवहादुर देउवा पोखरा आउने बित्तिकै मन्त्री बन्नुभयो ,प्र.म.को आशिष लागेको हो ?

होइन यस्को स्पष्ट कुरा छ । जुनबेला राष्ट्रिय राजनीतिबाट परिवर्तनको सुरुवात भएको थियो त्यहि बेलामा प्रदेशमा पनि सरकार फेरिने देखिएको थियो ।

त्यतिबेला नै पार्टी सभापति देउवाजीले होइन दोबाटेलाई मन्त्री बनाउन पर्छ भन्ने एक किसिमको मनाशाय व्यक्त गर्नु भएको थियो । त्यो बेला हुन सकिएन् ।

पछिल्लो समयमा पनि उहाँले यहाँको मुख्यमन्त्री ज्यूसंग सल्लाह गर्ने कुरा, पार्टी सभापतिसंग सल्लाह गर्ने कुरा चलिरह्यो । उहाँले छलफलमा हामीले कतै समावेशीता गरेनौँ की भन्ने पनि व्यक्त गर्नु भयो ।

त्यसमा सिंगो पार्टीदेखि जिल्लावासीसम्मका सबै साथिहरुको भावनालाई चाहि वहाँले ग्रहण गर्नुभयो । त्यतिबेला न्याय दिन सकेनौ कि भन्ने उहाँलाई अनुभुति भयो र गठबन्धनको सरकारसंग छलफल गर्दापनि मिडियाको कुराले अनुभुति भएको रहेछ त्यहिको आधारमा अघि बढेको हो ।

र प्रधानमन्त्री ज्यू यहाँ आएको बेलामा हार्मी पार्टीको कार्यकर्तापनि हौँ, सांसद्पनि हौँ । २४ गते साक्षरता दिवस पनि थियो त्यो दिनमा चाहि गेष्ट हाउसमा हुनुहुन्थ्यो । हामीले भेट्नु कर्तव्यपनि हो । र चाहिँ म सहित ३ जना गएर भेट्यौँ, जय नेपाल भन्यौँ ‘के छ ?’ भन्नुभयो ठिक छ भने अनि निस्किएँ त्यहि हो ।

तपाईँ मन्त्री भएको कुरालाई कांग्रेसको आसन्न अधिवेसनसंग पनि त जोडिएको छ के लाग्छ त्योमा ?

त्यो पनि एउटा पाटो होला । मैले त्यसरी हेरको छैन् । म पार्टीमा लामो समय देखि लागेको मान्छे । चारदशक भन्दा लामो राजनीति गरिसके ।

त्यसले गर्दा हाम्रो संविधानले गरेको व्यवस्था अनुसार कतै कार्यान्वयन भएनकी भन्ने लाग्यो । त्यहि अनुभुतिको आधारमा संविधानको मर्म र भावना, मेरो पनि आफ्नो लगनशिलताको आधारमा भएको भन्ने मलाई लाग्छ ।

शेरबहादुर देउवाको जिल्लामा रामचन्द्र पौडेल पक्षले खेलेको खेलका कारण तनहुँमा तपाईलाई मन्त्री बनाएर प्र.म.ले नयाँ खेल खेलेको भन्ने सुनिन्छ सत्य हो ?

होइन् यस्तो खाले कुरा मलाई निराधार जस्तो लाग्छ । पार्टीको एउटा सभापति जो प्रधानमन्त्री हुनुहुन्छ वहाँले म एउटा कार्यकर्तालाई प्रदेको जिम्मेवारी बनाउने कुरामा खेल खेल्नुपर्ने जस्तो कुनैपनि कुरा छैन् ।

आखिरमा पार्टीको कार्यकर्ता हामीलाई नेताले सहयोग गर्ने हो र हामीले पनि सहयोग गर्ने हो । हामी सम्मान गर्छौ त्यसैले यो खेल खेलेको भन्ने लाग्दैन् ।

दलित आन्दोलन र कांग्रेसबिचको सम्बन्ध कस्तो छ ?

दलित आन्दोलन र कांग्रेसबिच नङ र मासुको सम्बन्ध हो भन्ने मैले अनुभुति गरेको छु ।

मन्त्री बनिरहँदा प्रदेशमा दलितका लागि चाहिँ के कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा आज मात्रै मैले बैठकमा पनि कुरा राखेको छु । दुई चरणका कुरा छन् । प्रदेशमा पहिला कुरा त दलित विधेयक ल्याउनुपर्छभन्नेमा म अडिग भएको छु ।

मैले मुख्यमन्त्री तथा मन्त्री ज्यूहरुसंग त्यो कुरा उठाएको छु । आउने प्रदेशसभाको अधिवेशनमा दलित विधेयक पास गराउनेमा मेरो भुमिका रहन्छ भन्ने हो ।

अर्को कुरा हामीसंग भएको बजेटमा दलितहरुले कसरी आयआर्जन गर्न सक्छन् र कसरी व्यवसाय गर्न सक्छन् त्यतातिर बढि प्राथमिकता दिनेपर्छ भन्ने सोचमा छु ।

दलित विधेयक किन आवश्यक ?

दलित विधेयक आउनका आवश्यकता विविध कुराहरु छन् । विधेयक अर्थात कुनैपनि ऐन कानून तथा नियमहरु चाहिँदो रहेछ । संविधान भएपनि हाम्रो ऐनहरु बनेका छन् ।

गण्डकी प्रदेशमा हाम्रा ४६ वटा विधेयकहरु पास भए । हरेक कुरा ऐन, कानून, विधेयक नभई कुनैपनि प्रक्रिया अघि बढ्न सक्दैनन् । त्यसकारणले हामीले गण्डकी प्रदेशमा पनि दलितसम्बन्धि विधेयक ल्याउन लागेका हौँ ।

अहिले विना विभागको मन्त्री हुनुहुन्छ, मन्त्रालय सम्हाल्दा बजेट नहुने होला त्यतिबेला समस्या आउँदैन् ?

जहाँ समस्या त्यहाँ उपाय भनिन्छ । समस्याहरु आउँछ त्यसको उपाय आउँछ । मन्त्रालयको जिम्मा पाएपछि बजेटले रोकिन्छ जस्तो मलाई लाग्दैन् । पहिला मन्त्रालय स्थापना भइसकेपछि बजेट व्यवस्थापन पनि होला ।

आगामी योजनाहरु के के छन् छ ?

आगामी योजनाहरुमा मेरो व्यक्तिगत योजना केहि पनि छैनन् । मुख्यकुरा गण्डकी प्रदेश सरकारको योजना के हो भन्ने कुरा नै हो । प्रदेश सरकारको योजना भनेको अहिलेचाहिँ विकास निमार्णका कामभनेको त हुनेनै भयो ।

पहिलो काम भनेको चाहिँ प्रदेशबासीलाई कोरोना विरुद्धको खोप सहज रुवमा प्रदान गर्नुनै हो । अर्को कुरा कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार रुपैँया दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

तेस्रो कुरा भनेको कोभिडबाट अभिभावकको मृत्यु भएको परिवारको बालबालिकालाई मासिक ५ हजार रुपैँयाका दरले दिने र अर्को कुरा भनेको महिला दिदी बहिनीका लागि पाठेघर तथा स्तन क्यान्सरका विरामीका लागि निशुल्क शल्यक्रिया प्रदेश सरकारले गरिदिने गरी विधेयक आउँदै छ र चौथो कुरा भनेको सडक बालबालिकालाई सडकमा हुन नदिने कार्यक्रम अघि बढेको छ । प्रदेश सरकारको गौरवको आयोजनालाई कसरी अघि बढाउने भन्ने योजनानै हुन् ।

 

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal