२०८३ बैशाख ४, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

इ .निरोज लामिछाने
असार १५, २०७८ २१:४३ मा प्रकाशित
विचार
नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा
200
SHARES
Share on FacebookShare on Twitter

नेपाली काङ्ग्रेस यो मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल हो जुन आन्दोलनले बनेको पार्टी हो, जसको इतिहास सुन्दर छ स्वाभाविक नै छ कि पुरानो भएकै कारणले यसमा पाका नेता र नेतृत्वहरू सङ्ख्यात्मक रुपमा अन्य दलको तुलनामा बढी छन् । नेपाली जनताको चाहनाले बनेको संविधान सभाबाट संविधान निर्माणको सफलतापूर्वक अगुवाई र त्यसको कार्वायननको पहिलो खुड्किला तिनै तहको निर्वाचन सफलता पुर्बक सम्पन्न गरेको काङ्ग्रेसलाई यतिबेला १४ औँ महाधिवेशनको चटारोले घेरेको छ। महाधिवेशनमा कांग्रेस जाँदै गर्दा अबको मुद्दा कांग्रेसको के हो जिल्ला तह देखि केन्द्रिय तह सम्म नेतृत्व कस्तो आउँछ भनेर यत्र ,तत्र सर्वत्र चर्चा चुलिन थालेको पाइन्छ ।

युवा नेतृत्व स्थापित गराउने महाधिवेशन बनाउन गाउँ नगर क्षेत्र र जिल्लादेखि नै युवा शक्ति स्थापित गराउनुको विकल्प छैन ।

देशभरि करिब १० लाख ५० हजार भन्दा बढी क्रियाशिल सदस्य भएको काङ्ग्रेसले आन्तरिक व्यवस्थापन र कोरोना भाइसका कारण पटक पटक गरेर सारेको महाधिवेशन आगामी भदौ १६ गते देखि भदौ १९ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि देशैभरिका गाउँ नगरको अधिवेशन, क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनका लागि पनि मिति तय भएको छ । अधिवेशनले काङ्ग्रेसको केन्द्रदेखि वडा तहसम्म नयाँ नेतृत्व स्थापित गर्दैछ । काङ्ग्रेस जनमा मात्र होइन यसका भलो चाहाने र यसमा सुशुद्धीकरण चाहाने आमशुभचिन्तक र नागरिकका मनमा उब्जिएको एउटा प्रश्न के हो भने काङ्ग्रेसभित्र युवा भन्नुको अर्थ के ? कुन समुहका नेतागणलाई युवा मान्ने, सर्वमान्य नेता वीर गणेशमान सिंहले भनेको हरफ ‘राजनीति आफ्नो निम्ति हैन आगामी पुस्ताका निम्ति गर्नु’ नेपाली काङ्ग्रेसका नेतागणहरुले कतिको मनन गर्नुभयो त्यो राजनीतिमा लगाब भएका र सामान्य ज्ञान भएका मान्छे लाई थाहा नै छ यथार्थमा भन्नू पर्दा हाम्रो नेताहरुले आउदो पुस्ताका निम्ति भन्दानि आफ्नै निम्ति राजनीति गरिरहेको देखिन्छ । राष्ट्र बिकासको रथ र कुनै पनि शक्ति हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश बिकासको उर्जा हो । विश्वका सबै जसो देशमा युवालाई शक्तिका केन्द्रका रुपमा हेरिन्छ तर नेपाली काङ्ग्रेसले नेतृत्वमा युवालाई सजिलै पचाउन नसकेको बिगतको अधिवेशनहरूबाट पनि देखिएको छ ।

वर्तमानमा काङ्ग्रेसको शीर्ष नेतृत्वमा लगभग सबै ७० बर्ष कटेको र केही ६५ को हारहारी मा भएको पाइन्छ र अझै पनि काङ्ग्रेस यिनै नेता हरुको अघि पछि घुमिरहेको छ र यो पटक पनि ध्यान नदिने भने फेरि त्यही समस्या दोहोरिने देखिन्छ । उमेर समूहको कुरा गर्ने हो भने ७० बर्ष पुगेपछि हाम्रो देशको कानूनले जेष्ठ नागरिकका रुपमा भरणपोषणका लागि मासिक भत्ता दिने व्यवस्था गरेको छ । यसको अर्थ यो हुन्छ कि ७० काटेकाहरू बृद्ध,अशक्त हुन् जसका लागि राज्यले भरण पोषण गर्नु पर्छ । १४ औँ महाधिवेशनमा पनि केन्द्रीय नेतृत्वमा काङ्ग्रेसले त्यहि नियति दोहोर्‍याउने निश्चित प्राय देखिन्छ । नेपाली काङ्ग्रेसमा युवाको उत्पादन नभएकै हो त या नेतृत्व सम्हाल्न सक्ने युवा पुस्ता अगाडि आउन नसकेका हुनरुरु त्यस्तो के कारण छ जसले गर्दा काङ्ग्रेसभित्रका कयौं क्षमतावान युवाहरू टाउकेको पछि मात्र दगुर्ने तर आफैँ अघि उभिएर एउटा आयतन लिन नसकेका ।

काङ्ग्रेसभित्र युवा नेतृत्व स्थापित हुन नसक्नुको पछि धेरै कारणहरु छन् । मुख्यतय वर्तमानका शिर्षतहका नेताहरूले युवा कै बलमा आफैँ अगाडि बढिरहने प्रवृत्ति छ , जसका कारण काङ्ग्रेस भित्रको गुटगत राजनीति दैनिक चुलिँदै गएको देखिन्छ । त्यस्तै ,युवा नेतृत्व बीचको आपसी असमझदारी, केन्द्रसम्म कसको बढी पहुँच भन्ने होडबाजी, गुटउपगुटको चंगुल र भातृ संघ तथा शुभेच्छुक संघ संस्थाको समय मानै अधिवेशन नहुनु पनि मुख्य कारणका रुपमा लिन सकिन्छ । नेबि संघ , तरुण दल जस्ता काङ्ग्रेसको उत्पादन क्षेत्रलाई भ्याकुम बनाएर राख्नु पनि एउटा मुख्य कारण हो।

त्यस्तै अर्को मुख्य कारण भनेको भनेको सबैको ध्यान केन्द्र तह सम्म पुग्न तर वडा तहदेखि नै युवा नेतृत्व स्थापित गर्न कसैको ध्यान नजानु नै हो । यदि सबै तहका संरचनामा युवाहरू बलशाली हुन्छन् भन्नेतर्फ सबैले सोच्न सक्ने र गाउँ, नगर, क्षेत्र र जिल्ला तहका संरचनादेखि युवाहरूको भूमिकालाई बुलन्द बनाउने हो भने युवाले नेतृत्व लिन हैन युवालाई नेतृत्व दिन अहिलेका ७० काटेका र उनीहरूका अगुवा पछुवाहरू बाध्य हुनेछन् ।
अधिकामस नेतृत्वमा बसेका नेताहरूले समयको गतिलाई चिन्न नसकेको र पार्टीको सैद्धान्तिक पक्षमा अपडेट नभएका हुन कि भन्ने भान भैरहेको छ र भए पनि राम्रोसँग व्याख्या गर्न सकिरहेको देखिदैन । समाजको एजेन्डा र चाहनासँग बेपर्बाह रहेर राजनीतिक ‘सिन्डिकेट’ जमाएर बस्ने हो भने पार्टीलाई चलाएमान बनाउन निकै गार्हो पर्ने देखिन्छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन युवा जागरणको मात्र नभैकन युवा नेतृत्व स्थापित गराउने महाधिवेशन बनाउन गाउँ नगर क्षेत्र र जिल्लादेखि नै युवा शक्ति स्थापित गराउनुको विकल्प छैन । युवाबर्गको आवाज उठाउने मात्र नभई अग्रजलाई सम्मान सहित सम्पुर्णतहमा हस्तक्षेपकारी भुमिका खेले मात्र पुस्तान्तरण सम्भव छ र नेतृत्वबर्गले पनि युवालाई भुमिका दिएर सँगै लैजानु पर्छ भन्ने कुरा सम्पुर्णले बुझ्न जरुरी छ ।

इ .निरोज लामिछाने
ने बि संघ कास्की
एबम
सिडेन सदस्य गण्डकी प्रदेश

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

चर्चित खबरहरु

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 