नेपाली काङ्ग्रेस यो मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल हो जुन आन्दोलनले बनेको पार्टी हो, जसको इतिहास सुन्दर छ स्वाभाविक नै छ कि पुरानो भएकै कारणले यसमा पाका नेता र नेतृत्वहरू सङ्ख्यात्मक रुपमा अन्य दलको तुलनामा बढी छन् । नेपाली जनताको चाहनाले बनेको संविधान सभाबाट संविधान निर्माणको सफलतापूर्वक अगुवाई र त्यसको कार्वायननको पहिलो खुड्किला तिनै तहको निर्वाचन सफलता पुर्बक सम्पन्न गरेको काङ्ग्रेसलाई यतिबेला १४ औँ महाधिवेशनको चटारोले घेरेको छ। महाधिवेशनमा कांग्रेस जाँदै गर्दा अबको मुद्दा कांग्रेसको के हो जिल्ला तह देखि केन्द्रिय तह सम्म नेतृत्व कस्तो आउँछ भनेर यत्र ,तत्र सर्वत्र चर्चा चुलिन थालेको पाइन्छ ।

युवा नेतृत्व स्थापित गराउने महाधिवेशन बनाउन गाउँ नगर क्षेत्र र जिल्लादेखि नै युवा शक्ति स्थापित गराउनुको विकल्प छैन ।
देशभरि करिब १० लाख ५० हजार भन्दा बढी क्रियाशिल सदस्य भएको काङ्ग्रेसले आन्तरिक व्यवस्थापन र कोरोना भाइसका कारण पटक पटक गरेर सारेको महाधिवेशन आगामी भदौ १६ गते देखि भदौ १९ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि देशैभरिका गाउँ नगरको अधिवेशन, क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनका लागि पनि मिति तय भएको छ । अधिवेशनले काङ्ग्रेसको केन्द्रदेखि वडा तहसम्म नयाँ नेतृत्व स्थापित गर्दैछ । काङ्ग्रेस जनमा मात्र होइन यसका भलो चाहाने र यसमा सुशुद्धीकरण चाहाने आमशुभचिन्तक र नागरिकका मनमा उब्जिएको एउटा प्रश्न के हो भने काङ्ग्रेसभित्र युवा भन्नुको अर्थ के ? कुन समुहका नेतागणलाई युवा मान्ने, सर्वमान्य नेता वीर गणेशमान सिंहले भनेको हरफ ‘राजनीति आफ्नो निम्ति हैन आगामी पुस्ताका निम्ति गर्नु’ नेपाली काङ्ग्रेसका नेतागणहरुले कतिको मनन गर्नुभयो त्यो राजनीतिमा लगाब भएका र सामान्य ज्ञान भएका मान्छे लाई थाहा नै छ यथार्थमा भन्नू पर्दा हाम्रो नेताहरुले आउदो पुस्ताका निम्ति भन्दानि आफ्नै निम्ति राजनीति गरिरहेको देखिन्छ । राष्ट्र बिकासको रथ र कुनै पनि शक्ति हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश बिकासको उर्जा हो । विश्वका सबै जसो देशमा युवालाई शक्तिका केन्द्रका रुपमा हेरिन्छ तर नेपाली काङ्ग्रेसले नेतृत्वमा युवालाई सजिलै पचाउन नसकेको बिगतको अधिवेशनहरूबाट पनि देखिएको छ ।
वर्तमानमा काङ्ग्रेसको शीर्ष नेतृत्वमा लगभग सबै ७० बर्ष कटेको र केही ६५ को हारहारी मा भएको पाइन्छ र अझै पनि काङ्ग्रेस यिनै नेता हरुको अघि पछि घुमिरहेको छ र यो पटक पनि ध्यान नदिने भने फेरि त्यही समस्या दोहोरिने देखिन्छ । उमेर समूहको कुरा गर्ने हो भने ७० बर्ष पुगेपछि हाम्रो देशको कानूनले जेष्ठ नागरिकका रुपमा भरणपोषणका लागि मासिक भत्ता दिने व्यवस्था गरेको छ । यसको अर्थ यो हुन्छ कि ७० काटेकाहरू बृद्ध,अशक्त हुन् जसका लागि राज्यले भरण पोषण गर्नु पर्छ । १४ औँ महाधिवेशनमा पनि केन्द्रीय नेतृत्वमा काङ्ग्रेसले त्यहि नियति दोहोर्याउने निश्चित प्राय देखिन्छ । नेपाली काङ्ग्रेसमा युवाको उत्पादन नभएकै हो त या नेतृत्व सम्हाल्न सक्ने युवा पुस्ता अगाडि आउन नसकेका हुनरुरु त्यस्तो के कारण छ जसले गर्दा काङ्ग्रेसभित्रका कयौं क्षमतावान युवाहरू टाउकेको पछि मात्र दगुर्ने तर आफैँ अघि उभिएर एउटा आयतन लिन नसकेका ।
काङ्ग्रेसभित्र युवा नेतृत्व स्थापित हुन नसक्नुको पछि धेरै कारणहरु छन् । मुख्यतय वर्तमानका शिर्षतहका नेताहरूले युवा कै बलमा आफैँ अगाडि बढिरहने प्रवृत्ति छ , जसका कारण काङ्ग्रेस भित्रको गुटगत राजनीति दैनिक चुलिँदै गएको देखिन्छ । त्यस्तै ,युवा नेतृत्व बीचको आपसी असमझदारी, केन्द्रसम्म कसको बढी पहुँच भन्ने होडबाजी, गुटउपगुटको चंगुल र भातृ संघ तथा शुभेच्छुक संघ संस्थाको समय मानै अधिवेशन नहुनु पनि मुख्य कारणका रुपमा लिन सकिन्छ । नेबि संघ , तरुण दल जस्ता काङ्ग्रेसको उत्पादन क्षेत्रलाई भ्याकुम बनाएर राख्नु पनि एउटा मुख्य कारण हो।
त्यस्तै अर्को मुख्य कारण भनेको भनेको सबैको ध्यान केन्द्र तह सम्म पुग्न तर वडा तहदेखि नै युवा नेतृत्व स्थापित गर्न कसैको ध्यान नजानु नै हो । यदि सबै तहका संरचनामा युवाहरू बलशाली हुन्छन् भन्नेतर्फ सबैले सोच्न सक्ने र गाउँ, नगर, क्षेत्र र जिल्ला तहका संरचनादेखि युवाहरूको भूमिकालाई बुलन्द बनाउने हो भने युवाले नेतृत्व लिन हैन युवालाई नेतृत्व दिन अहिलेका ७० काटेका र उनीहरूका अगुवा पछुवाहरू बाध्य हुनेछन् ।
अधिकामस नेतृत्वमा बसेका नेताहरूले समयको गतिलाई चिन्न नसकेको र पार्टीको सैद्धान्तिक पक्षमा अपडेट नभएका हुन कि भन्ने भान भैरहेको छ र भए पनि राम्रोसँग व्याख्या गर्न सकिरहेको देखिदैन । समाजको एजेन्डा र चाहनासँग बेपर्बाह रहेर राजनीतिक ‘सिन्डिकेट’ जमाएर बस्ने हो भने पार्टीलाई चलाएमान बनाउन निकै गार्हो पर्ने देखिन्छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन युवा जागरणको मात्र नभैकन युवा नेतृत्व स्थापित गराउने महाधिवेशन बनाउन गाउँ नगर क्षेत्र र जिल्लादेखि नै युवा शक्ति स्थापित गराउनुको विकल्प छैन । युवाबर्गको आवाज उठाउने मात्र नभई अग्रजलाई सम्मान सहित सम्पुर्णतहमा हस्तक्षेपकारी भुमिका खेले मात्र पुस्तान्तरण सम्भव छ र नेतृत्वबर्गले पनि युवालाई भुमिका दिएर सँगै लैजानु पर्छ भन्ने कुरा सम्पुर्णले बुझ्न जरुरी छ ।
इ .निरोज लामिछाने
ने बि संघ कास्की
एबम
सिडेन सदस्य गण्डकी प्रदेश
प्रतिक्रिया लेख्नुहोस्:-