२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बहुदलीय व्यवस्था र बालेनहरु

गोविन्द थापा सिञ्जाली
जेष्ठ १५, २०७९ १३:४५ मा प्रकाशित
विचार
बहुदलीय व्यवस्था र बालेनहरु
178
SHARES
Share on FacebookShare on Twitter


जहानिया, सामन्ति शासन व्यवस्थाको अन्त्य गरी २००७ साल फाल्गुन ७ गते जनताको उत्कट चाहनाको परीणाम स्वरुप देशमा प्रजातन्त्रको शुत्रपात भयो । सार्वभौम जनताको अधिकार जनताकै हातमा आएकोमा यो सुनौलो समय धेरै भने टिक्न सकेन । जनताबाट प्रजातान्त्रिक अधिकारको अभ्यास भैरहेको अवस्थामा करीव एक दशकमै २०१७ साल पौष १ गते पुन राजाबाट त्यो अधिकार खोस्ने काम भयो । यो विचमा बहुदलीय व्यवस्था सही वा एकल पञ्चायती व्यवस्था उचित भन्ने विषयमा विचार, विमर्ष सगै संघर्ष जारी रह्यो । यो संघर्ष लाई किनारा लगाउन र एकल पञ्चायति व्यवस्थालाई मान्यता दिलाउन ३६ सालमा जनमत संग्रह घोषणा गरी पञ्चायती व्यवस्थालाई वैधानिकता दिने काम भयो । राजतन्त्रबाट सुधारीएको प्रजातन्त्रको नाममा एक दलिय व्यवस्थालाई निरन्तरता दिने काम भयो । फलस्वरुप बहुदलीय व्यवस्थाका हिमायतिहरुको अवस्था रक्षात्मक मात्र बन्न पुग्यो ।

पञ्चायति व्यवस्थाविरुद्र कंग्रेस र कम्युनिष्ट पार्टीहरुले आन्दोलन जारी राखेता पनि त्यो फलदायी बन्न सकिरहेको थिएन । यसैविचमा ४६ सालको अभुतपुर्व आन्दोलनले पञ्चायति व्यवस्थालाई विदाई गदै वहुदलीय प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गर्यो । एकदलीय पञ्चायति व्यवस्थाबाट आजित जनताले शान्तिको स्वास मात्र फेरेनन, समतामुलक समाज, उन्नत र समृद्ध देशको आसाका आलोक समेत चियाए । वास्तवमा जनताबाट, जनताको लागि, जनताले गर्ने शासन व्यवस्था एकाध बाहेक सबैको लागि आसा मात्र हैन विश्वासको शिखर थियो । मुख्यत यो व्यवस्था थुप्रै नेपालीहरुले गरेको संघर्ष ,बगाएको पसीनाको परीणती थियो ।

वहुदलीय व्यवस्था पछि पहिलो पटक ४८ सालमा मुलुकमा भएको आमचुनावमा कंगेस पहिलो पार्टी बन्यो यद्यपी बहुदलीय व्यवस्थाको कमजोरी प्रति प्रतिप्रश्न ५१ सालको मध्यावधि चुनावले नगराएको होईन । त्यो वेला नेकपा एमालले पहिलो दल बन्दै ९ महिना सरकार चलाएको थियोे । वहुदलीय प्रजातान्त्रिक व्यवस्थाले पालुवा हाल्दै राम्रो फल दिने संकेतका विचमा देशमा ५२ सालदेखि द्धन्दको सिर्जना भयो । तत्कालीन विदोही पार्टी नेकपा माओवादीले संसदीय प्रणाली माथि नै प्रश्नचिन्ह राख्दै आन्दोलनलाई घनीभुत बनाइरहेको बेलामा ५४ सालमा स्थानीय तहको चुनाव भयो । विद्रोही पार्टीको प्रभाव सीमीत क्षेत्रमा भएता पनि विद्रोही पार्टीको डर, धम्कीका बीच चुनाव सम्पन्न भयो । जुन चुनावमा नेकपा एमालेले आधा भन्दा बढी स्थानीय तह जित्दै बलियो उपस्थिती देखाएता पनि देशमा चरम द्धन्दकावीच २ बर्ष पछि ५६ सालको भएको संसदीय चुनाबमा भने नेपाली कंगे्रस पहिलो पार्टी बन्न सफल भयो । त्यो बेला सम्म जनतामा पार्टीहरु प्रति आसा र भरोसाको सगरमाथा थियो ।

विद्रोही पार्टीले भने त्यो भरोसालाई क्षयीकरण गर्ने प्रयास जारी राखेको थियो । यो विचमा देशमा वैधानिकता पाउने गरी जनादेश ,मतादेश आउन सकेन, भलै राजाको शासन सत्तामा त्यो प्रयास भने नभएको होइन । चरम शसस्त्र संघर्ष ,हजारौको सहादतपछि २०६३ मंसीर ५ गते तत्कालिन विद्रोही पार्टी र सात दल विच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो जुन सम्झौताले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ भनेर संसदलाई जान्छना लगाउने नेकपा माओवादीलाई समेत संसदीय व्यवस्थामा प्रतिस्पर्धी बन्न बाध्य बनायो । नेकपा एमाले बराबरको संसदीय हैसियत लिदै नेकपा माओवादी पनि संसद पस्यो ।

नयां सविधान जारी गर्दै बहुदलीय व्यवस्थालाई परीमार्जन गरी राजतन्त्रको भाग्य र भविष्यको फैसला गर्ने अपेक्षा गरीएको अलिक पृथक चुनाव २०६४ जेठ १४ गते संविधान सभाको निर्वाचन भयो, शान्तिपुर्ण मुलधारमा आएको पार्टी पहिलो त बन्यो तर सविधान भने जारी हुन सकेन ,६३ साल माघ १ मा जारी भएको अन्तरीम सविधानलाई प्रतिस्थापन गर्ने सकेन । ६९ साल जेठ १४ मा संविधान सभा विघटन भएपछि ७० सालको चुनावमार्फत जनताले नेपाली कंग्रेसलाई पहिलो पार्टी बनायो । हाल संविधान सभा मार्फत गणतन्त्रको घोषणा गर्दै बनेको ७२ साल असोज ३ गते जारी भएको संविधान मौजुदा छ । त्यसपछि भएको ७४ सालको निर्वाचनमा वाम गठवन्धनलाई जनताले राम्रै साथ दियो ठुला कम्युनिष्ट दलवीच चुनावी एकता हुदै पार्टी एकिकरण त भयो यद्यपी त्यो एकीकरणले पनि कम्युनिष्ट पार्टीमा पदलोलुपता सगै फुटने पुरानै रोगलाई निरन्तरता दियो ।

लोकतन्त्रको सुन्दर पक्ष थुप्रै छन ,ती मध्ये आवधिक निर्वाचन पनि पर्दछ । जुन माध्यमबाट केही अवधिका लागि जनताले उपयुक्त जनप्रतिनिधि छान्ने जिम्मेवारी पुरा गर्दछन । भखरै स्थानीय तहको चुनाव सकिएको छ । लगभग सबैजसो ठाउँको परीणाम आउदा नेपाली कंगे्रसले सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । विगतको नतिजालाइ हेर्न हो भने पार्टी विभाजनका वीच भएको निर्वाचनमा नेकपा एमालेले गठबन्धन संग नराम्रो धक्काको सामना गर्नु परेको छ ,जुन अस्वाभाविक भने थिएन । वेष्ट मिनिष्टर प्रणालीको विशेषता भनौ या खरावी यो प्रणालीमा समग्रमा वहुमत इतरका व्यक्तिले शासन गर्ने अभिभारा प्राप्त गर्न पनि सक्दछन । यसरी हेर्दा कहिलेकाही निर्वाचनमा अल्पमतले वहुमतलाई शासन गर्दछ किनकी हामीले पहिलो हुनेले शासन गर्ने पद्धतिलाई अंगीकार गरेका छौ । यो स्थानीय तहको निर्वाचनमा देशकै ठुलो शहर, राजधानी काठमाण्डौ विशेष रुपले चर्चामा हुनु स्वाभाविक हो , किनकी काठमाण्डौ शहरको नतिजाले विशेष अर्थ राख्दछ । काठमाण्डौ महानगरपालिकामा मेयरका प्रतिस्पर्धीको वेटले पनि विशेष नजरमा काठमाण्डौ थियो । सबैको विशेष नजर परेको काठमाण्डौमा एक युवा स्वतन्त्र उमेदवारको रुपमा मेयरको दौडमा थिए । उक्त महानगरपालिकामा हेवी वेट संगै एक ३२ बर्षीय युवा चुनावि मैदानमा थिए ,उनी हुन बालेन्द्र शाह ।

अन्तत ,अनेक तिकडम ,अनुमानलाई माथ खुवाउदै स्ट्रक्चरल इन्जिनीयर बालेन्द्र शाह प्रतिस्पर्धीहरु बीच २३ हजार भन्दा बढी मत ल्याई मेयरमा निर्वाचित हुनु आम अनुमान भन्दा परको कुरा भएता पनि यो सत्य सावित भैदियो । जुन परिणामले चुनाव जित्न साम,दाम ,डण्ड ,भेद प्रयोग गर्ने दलहरुको मुटुमा ढ्याङगो मात्र बजाएन सात दशक देखि गरीरहेको राजनितिक सिद्धान्तमा कतै खिँया त लागेको होईन भन्ने यक्ष प्रश्न पनि जन्मायो । साच्चै यी नतिजाले ठुला भनिने दलहरुको मगजमा ७२ सालको भन्दा ठुलो भैचालो ल्याईदियो । जसको कुनै औपचारीक संगठन छैन ,लावा लस्कार गाडी छैन ,ठुला ठुला पाखुरा वाला वडीगाड छैन ,मासु भात रक्सीको भोजभतेर छैन, भोट खरीद छैन ,उनैले चुनाव जितिदिए । वास्तवमा ठुला शहरहरुमा जितेका स्वतन्त्र उमेदवारहरु धरानका हर्क साम्पाङ, धनगढीका गोपाल हमाल, जनकपुरका मनोज कुमार शाहहरुले दलहरुको जनतालाई रैती ठान्ने कार्यशैली माथि ठुलो सवक सिकाएका छन भने जनताले पनि दलहरुलाई मतादेश मार्फत सच्चिन चेतावनी दिएका छन।

साथै बहुदलीय व्यवस्थामाथि नमिठो व्यंग्य प्रहार गरेका छन । सचेत जनता मासु भात, रक्सी, पैसा, पावरमा मात्रै विक्दैनन भन्ने सन्देश यही मतादेश मार्फत दिएका छन । स्थानीय तहको निर्वाचन मार्फत जनताले प्रतिनिधिलाई शासक हैन सेवक बन्न सुझाएका छन, धरानका हर्क साम्पाङको नेतृत्वले जनता गफ मात्र गर्ने नेता नभई सुख दुखमा सहायत गर्न सहाराको खोजी गर्ने रहेछ भन्ने छर्लङ हुन्छ । लोकतान्त्रिक ,बहुदलीय व्यवस्थाको दुहाई दिदै दलहरुले पालिकालाई भष्टाचारको अखडा बनाउने ,कार्यकर्ता भर्ती केन्द्र बनाउने, कमाई खाने भाडो बनाउने काम नरोकेसम्म बालेन्द्र ,हर्कहरु जन्मिरहनेछन, जसको मलजल भ्रष्ट प्रतिनिधीहरुले नै गरीरहन्छन, चेतना भया ।

गोविन्द थापा सिञ्जाली (लेखक रेडियो नेपाल,पोखरामा कार्यरत छन )

 

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद