२०८३ अशोज २५, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब भलिबललाई विद्यालयस्तरबाटै लैजानुपर्छ ः राष्ट्रिय कप्तान शाही

गण्डकी प्रेस
पुस २१, २०७८ १५:२१ मा प्रकाशित
अन्तर्वार्ता, खेलकुद
अब भलिबललाई विद्यालयस्तरबाटै लैजानुपर्छ ः राष्ट्रिय कप्तान शाही
28
SHARES
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिताको कामै छैन भन्नुभयो खेलाडीका लागि राष्ट्रिय खेलकुद भनेको ठूलो प्रतियोगिता हो । खेलाडीको भविष्यको ढोकाको रुपमा पनि लिने गरिन्छ के राष्ट्रिय खेलकुद काम नलाग्ने नै हो त ? खेलाडीलाई राष्ट्रिय खेलकुद नहुँदा खेलाडीलाई हिट गर्छत ?

त्यो सुन्दा एकदमै नरमाइलो लाग्यो । हामी खेलाडीमा मात्रै होइन खेल पदाधीकारीलाई पनि सायद नरमाइलो नै लाग्यो होला । हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन, बजेट छैन यस्तो छ उस्तो छ भन्दा हामीलाई के भयो होला त्यो अवस्थामा ? अवस्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस भन्ने हुन्छ । जतिधेरै प्रतियोगिता भयो उतिनै धेर्र खेलस्तर बढ्दै जाने हो । जिल्ला प्रदेश स्तरका खेलाडीका लागि अन्तराष्ट्रिय स्तरमा जानका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नै पहिलो खुड्कीलो हो । नयाँ खेलाडीले अवसर पाउने हो । सबैले आफ्नो स्तरको भरपुर प्रदर्शन गर्ने भनेकै राष्ट्रिय खेलकुद प्रतियोगितामा त होनी ।

सर्व प्रथम त बधाई छ सेन्ट्रलजोन भलिबल महिला तर्फ दोस्रो पटक च्याम्पियन बन्न सफल हुनुभएकोमा समग्रमा खेल कस्तो रह्यो ?

धन्यवाद छ हजुरलाई । समग्रमा भन्नुपर्दा खेल राम्रो रह्यो । अघिल्लो संस्करणमा च्याम्पियन हुँदा र अहिले च्याम्पियन हुँदा धेरै फरक छ । अहिले चाँहि हामी धेरै बलियो टिमहरुसंग प्रतिस्पर्धा ग¥यौ । श्रीलंका, उज्वेकीस्तान जस्ता टिमलाई पनि जितेर आउँदा छुट्टै अनुभव भइरहेको थियो ।

दोस्रो पटक च्याम्पियन हुँदै गर्दा टोलीमा नयाँ अनुहार पनि थिए । नयाँ खेलाडीसंगै खेल्दा कत्तिको गाह्रो भयो त ?

गाह्रो त भयो । हाम्रो टिममा नयाँ डेब्यु गर्ने खेलाडी बहिनीहरु हुनुहुन्थ्यो । नयाँ र पुरानो खेलाडीको मिश्रणले सुरुका खेलमा केहि समस्या परेकै हो । हामीले प्रशिक्षण मात्रै ग¥यौ तर मैत्रीपूर्ण खेलहरु कुनैपनि खेलेनौ । सिद्यैँ गएर हामी श्रीलंकासंग खेल खेल्यौ । त्यसैले पनि सिनियर र जुनियर खेलाडीबीच कम्युनिकेशन अलिकति मिलेको थिएन । र अर्को कुरा भनेको हामीले खेल खेल्नु भन्दा अघि पनि प्रशिक्षण गर्ने बातावरण मिलिरहेको थिएन ।

भनेको नेपाली राष्ट्रिय टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेल्नु अगावै कुनै खेल र प्रशिक्षण पाएन ? हतारमा बनाएका हो ?

त्यसतो होइन । त्यसलाई हतारमा भन्न चाँहि मिल्दैन । देशभरका उत्कृष्ट खेलाडीहरुलाई छनोट गरेर ल्याएको हो ।
हाम्रो संघसंग आर्थिक अभाव भएका कारण र कोभिडका कारणपनि हामीले मैत्रीपूर्ण खेल खेल्न पाएनौ । तर टिम पहिलाको भन्दापनि बलियो भएको छ । हामीले अन्य राष्ट्रसंग मैत्रीपूर्ण खेल्न पाएनौ भन्ने मात्रै हो ।

टिममा ३ नयाँ अनुहार थिए । डेब्यु गरिहेका थिए उहाँहरुको प्रदर्शन कस्तो थियो ?

अहिले नढाटि भन्दा नयाँ खेलाडीबाट म निकै सन्तुष्टि छु । नयाँ बहिनीहरुले डेब्यु खेलमै जुन खेल देखाउनुभयो त्यो देखेर एकदमै खुसी छु र अलिकति सिनियर खेलाडीबाटै खेल स्तरमा कमी भएको हो की भन्ने महसुस भइरहेको थियो ।
नेपालको सन्दर्भमा भन्नुपर्दा उपाधी जितेमा मात्रै राज्यको आँखा जाने देखिन्छ । जुन कुराको प्रत्येक्ष उदाहरण सोहि प्रतियोगिता खेलेर

फर्किएका पुरुष टोली नै छ के सरकारले पदक मात्रै हेरेको हो ?

यो वेवास्ता गरेको भन्दापनि सिस्टमनै नबसेको हो । हाम्रो सरकारले कुन मार्गबाट अघि बढाउने भन्ने कुराको सिस्टम नै नबसालेको कारणले गर्दा यस्तो भएको हो । हामीले अहिलेसम्म हेदौ जतिबेला मेडल ल्याउँछौँ त्यतिबेला मात्रै राज्यले पनि सम्मान गर्ने गरेको पाउँछौ । कल्चर नै त्यसतो छ । जित्दा खेरी त त्यो पायौँ रे अरुबेला हार्दा के छ ? त्यतिबेला निराशा बनाउँछ । अहिले हामी महिला टिम च्याम्पियन बनेर आयौँ आखिर पुरुष टिम पनि त चौथो स्थानमा थियो नि । कम्सेकम वहाँहरुलाई फूलको गच्छासम्म दिएको भएपनि त हुने थियो । त्यसले आगामी दिनमा अझ हौसला मिल्ने थियो नि । राम्रो प्रदर्शन गदागर्दै मेडल बाट बञ्चित भएको आएको हो । एउटा खेल जित्नलाई हामीले धेरै मिहेनत गर्छौ धेरै लगानी गर्छौ । त्यहि लगानी जस्तै आवस्यक खेल सामग्रीपनि होस ।

गण्डकी प्रदेश खेलकुद मन्त्रालयकले प्रदेशका ४ खेलाडीलाई सम्मान ग¥यो । प्रदेशको ४ जना राष्ट्रिय टिममा पनि हुनुहुन्छ तर प्रदेशको आफ्नै टिम छैननी ?

हो त्यो मलाई निकै दुःख लाग्छ । मैले बारम्बार भन्ने पनि गरेकी छु । हाम्रो भलिबलको क्रेज यहाँसम्म आइपुग्न सुरुवात गरेकै पोखराले हो । ज्ञानुबाबा, टप्स र फिस्टेल स्कुलले पहिला निकै खेलाडी उत्पादन गरेको हो । नेपालमा जहाँपनि प्रथम,द्धितीय र तृतीय हुने भनेको को भन्दा पोखरा नै हो । यी ३ स्कुलनै हो बलियो भनेकै । अहिले खोइ त ? छैननी त । अब स्थानीय सरकारले पुनः जागरण गराउन पर्छ जस्तो लाग्छ । विद्यालयस्तरीय प्रतियोगिताहरु राख्ने गर्नुपर्छ । विद्यालयहरुलाई इन्करेज गरेर अघिबढ्ने हो भने सबै विद्यालयले खेलाडी उत्पादन गर्न सक्छ जस्तो मलाइ लाग्छ । पहिला आफ्नै खर्चमा राखेको थियो । कतिवर्ष त राख्न सक्छ र त्यसैले अब सरकारले पनि सहयोग गर्न जरुरी छ । अब ग्रासरुटबाटै जानुपर्ने स्थिति आएको छ ।

यो विषय तपाईँले बारम्बार उठाउँदै आउनुभएको पनि हो । देशले कप्तान पाएको छ गण्डकी प्रदेशकै खेलाडीले उठाएको आवाजमा राज्यले ध्यान नदिएको देखिन्छ । खेलाडीले मेडल ल्याउने तर राज्यले खेलाडी उत्पादन र विकासमा वेवास्ता गरेजस्तो लाग्दैन ?

पहिला भन्दा अहिले केहि परिवर्तन आइरहेको छ । वेवास्ता गरेको भन्दापनि चासो नदेखाएको हो की भन्ने छ । अर्को कुरा भनेको गण्डकीका राम्रा खेलाडीपनि छन् उनीहरुको संरक्षण हुन नसक्दा प्रदेशको आफ्नै टिम बन्न नसकेको मलाई लाग्छ । पहिलो पटक प्रदेशले खेलाडी सम्मान गरेको छ यो एकदमै खसीको कुरा हो । अब त कम्सेकम सम्मान त पाइदो रहेछ भनेर सकरात्मक सोचले अघि बढ्न सकिने देखिएको छ । आउँदा दिनमा अझै राम्रै गर्दै जाओस भन्ने अपेक्षा हाम्रो छ ।

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिताको कामै छैन भन्नुभयो खेलाडीका लागि राष्ट्रिय खेलकुद भनेको ठूलो प्रतियोगिता हो । खेलाडीको भविष्यको ढोकाको रुपमा पनि लिने गरिन्छ के राष्ट्रिय खेलकुद काम नलाग्ने नै हो त ? खेलाडीलाई राष्ट्रिय खेलकुद नहुँदा खेलाडीलाई हिट गर्छत ?

त्यो सुन्दा एकदमै नरमाइलो लाग्यो । हामी खेलाडीमा मात्रै होइन खेल पदाधीकारीलाई पनि सायद नरमाइलो नै लाग्यो होला । हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन, बजेट छैन यस्तो छ उस्तो छ भन्दा हामीलाई के भयो होला त्यो अवस्थामा ? अवस्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस भन्ने हुन्छ । जतिधेरै प्रतियोगिता भयो उतिनै धेर्र खेलस्तर बढ्दै जाने हो । जिल्ला प्रदेश स्तरका खेलाडीका लागि अन्तराष्ट्रिय स्तरमा जानका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नै पहिलो खुड्कीलो हो । नयाँ खेलाडीले अवसर पाउने हो । सबैले आफ्नो स्तरको भरपुर प्रदर्शन गर्ने भनेकै राष्ट्रिय खेलकुद प्रतियोगितामा त होनी ।

अब टाइगरकप तर्फ जाऔँ, दोस्रो संस्करणको टाइगरकपमा आयोजकको टिमबाट खेल्दै हुनुहुन्छ टिमको तयारी कस्तो छ ? भर्खरै मात्र बाहिर खेलेर पनि आउनुभयो टिमबारे बताइदिनुहोस न ?

मैले अघिनै पनि भनेनी हामीसंग टिम नै छैन । पहिला टिममा पर्नलाई हान्थाप हुन्थ्यो । अहिले खेलाडी खोज्न हम्मेहम्मे परेको छ । २६ गतेदेखी खेल छ हामीलेसम्म टिम पुगिरहेको छैन । कोको खेल्ने के गर्ने भन्ने नै अन्योल छ । सद्यैं यसरी चल्दैन । अब त केहि गर्नैै पर्छ प्रदेश सरकारले । हामी राष्ट्रिय टिममा ४ जना छौ । सात वटा प्रदेशमा एकै प्रदेशबाट ४ जना राष्ट्रिय टिममा पर्नु भनेको त राम्रो कुरा हो तरपनि हाम्रो आफ्नै टिम नहुँदा लाजमर्दो भएको छ । यसलाई वडकरार राख्न यसरी चल्दैन विद्यालयमा जानै पर्छ ।

गण्डकी प्रदेशले सहायक प्रशिक्षकको प्रशिक्षण दिइरहेको छ । तपाईं अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाँदा समेत समय मिलाएर लिनुभयो नि ?

यो निकै राम्रो कुरा हो । मैले समय मिल्दा सम्म लिएकै हुँ । बंगलादेशमा जादाँ हामीलाई धेरैबेला मोबाइल चलाउन बन्देज लगाइयो । धेरै क्लास छुटिरहेको थियो । त्यो राम्रो काम ल्याउनुभएको छ त्यसलाई सम्मान गर्न चाहान्छु । सक्षम प्रशिक्षक भएमात्र त राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ ।

अन्त्यमा अब भलिबल खेल विकासका लागि प्रदेश सरकारले के गर्नुपर्दछ ?

सर्वप्रथम त मैले अघिनै भनेकै कुरामा ध्यान दिन जरुरी छ । ग्रासरुटबाट जानुपर्छ । अर्को कुरा भनेको पूर्वाधार हुनुपर्दछ । भलिबलको एउटा इन्डोर हल चाँहि हुनै पर्दछ । यो गण्डकी प्रदेशमा मात्रै होइन । ७ वटै प्रदेशमा हुन आवस्यक छ । त्यसपछि भनेको राम्रो इक्युपमेन्ट चाहियो । अहिले कति एडभान्स इक्युप्मेन्ट आइसक्यो तर हामीसंग केहि पनि छैन् । अहिले सक्षम प्रक्षिकहरुपनि निकै कम छन् । मैले कति ठाउँमा हेरिरहेको हुन्छ । प्रशिक्षकले खेलबारे केहि जानेकै हुँदैन । आफू खेल्न नजान्ने अनि खेलाडीलाई कसरी सिकाउँछ । अर्को मुख्य कुरा भनेको खेलाडीका लागि खेलुन्जेल सम्म खेल्यो र पछि भविष्यको लागि पनि केहि गर्नै पर्छ । खेल जीवन सकिएपछि केहि गरेर खाने बातावरण राज्यले मिलाईदिन प¥यो । जस्ले आगामी दिनमा नयाँ खेलाडीहरुले खेल मोह बढोस् । सरकारले खेलाडीको करिअरको बारेमा सोचोस ।

Tags: बजेट छैन यस्तो छ उस्तो छ भन्दा हामीलाई के भयो होला त्यो अवस्थामा ? अवस्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस भन्ने हुन्छ ।हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन

सम्बन्धित समाचार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
खेलकुद

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता