२०८३ साउन ७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

त्यतिमात्रै होइन कभर्डहलमा समेत पुरै खाल्डा छन् भने आवश्यक प्रकाश (लाइट) को समेत व्यवस्थापनबाट आयोजक चुकेको छ ।

गण्डकी प्रेस
जेष्ठ २४, २०८३ २२:१६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
110
SHARES
Share on FacebookShare on Twitter

पोखरा / पहिलो पटक आयोजना भएको पोखरा महिला फुटसल लिग यतिबेला विवादमा आएको छ ।

‘प्ले फेयर, प्ले हार्ड, इन्जोय द गेम’ अर्थात् निष्पक्ष खेल, कडा खेल र खेलको आनन्द लिउँ यो पोखरामा जारी प्रथम महिला फुटसल लिगको स्लोगन राख्दै गरेको प्रतियोगितामा न त निष्पक्ष देखियो न त नियमलाई आत्मसात गरेकै ।

पोखरा क्यापिटल एफसीले पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा जेठ १९ देखी २३ गतेसम्म सञ्चालन हुने गरि सर्वाधिक राशीको फुटबल आयोजना गरेको फुटसल लिगमा हुँदै नभएको नकआउट र फाइनल खेल थपेपछि विवादमा तानिएको हो ।

पाँच टिम सहभागि रहेको प्रतियोगिता सिंगल राउन्डरोविन लिगको आधारमा सञ्चालन हुने र लिग तालिकाको शीर्ष स्थानको टोली विजेता हुने नियम रहेपनि आयोजकले त्यसलाई ताड्दै एकाएक सेमीफाइनल र फाइनलको खेल राखेपछि विजेता बनिसकेको बौद्ध एसीले पुनः फाइन खेल्नु पर्ने भएको हो ।

( राउन्ड रोविन लिगको फाइनल अंक तालिका)

आफुहरुलाई सुरुमा सिंगल राउन्डरोविन मात्रै भनेर खेलाएपनि खेलको बीचमा आएर अचानक फाइनल खेल्नु पर्ने बताएपछि आफुहरुले असन्तुष्टि व्यक्त गरेको बौद्ध टिमका प्रतिनिधिहरुले बताएका छन् ।

उनीहरुले फिफा र एएफसीको नियम अनुसार खेल खेलाउने गरि खेल तालिका र खेल नियमावली नै सार्वजानिक गरिसकेको अवस्थामा उपाधि नै जितिसकेपछि पुनः फाइनल खेल खेलाउन भनेपछि आश्चर्यमा परेको बताएका छन् ।

‘फिफा र एएफसीको रुल्स अनुसार खेलाउछु भन्ने अनि विश्वमै नभएको रुल्स अचानक खेलको बीचमा ल्याँदा हामी आश्चर्यमा परेका छौं । उपाधि जितिसकेको हामी अब फेरी फाइनल किन खेल्ने ? यहाँ आयोजकको निकै गैरजिम्मेवारी व्यवहार हो’ एक प्रतिनिधिले भने, ‘त्यसमाथि पनि खेल २३ गते नै सम्पन्न हुनुपर्ने अहिले फेरी दुई दिनको मिति समेत थपेको छ यो दुई दिनको खर्च हामीले कसरी व्यहोर्ने अहिले आयोजकले हाम्रो फोन उठाउँदैन न त कुनै छलफल गर्छ ।’

(लिगको खेल तालिका )

उता प्रतियोगिता संयोजक विश्व गुरुङले आफुहरुबाट गल्ति भएको स्विकार गरेका छन् । सुरुमा ६ टिम भनेपनि १८ गते राती एक टिमले सहभागिता नजनाउने भएपछि निर्णय परिवर्तन गरेको सुनाए ।

‘सुरुमा ६ टिम नै खेलाउँने र पाँच दिन सिंगल राउन्डरोविन खेलाउने भनेका हौं एक टिम नआएपछि हामीले त्यसो गरेका हौं । पहिलो संस्करण हो धेरै गल्तिहरु भएका छन्’ उनले भने, ‘हामी अब कसरी समाधान गर्ने भनेर आयोजक टिम छलफल गरेर बौद्धसंग छलफल गर्नेछौं ।’ यो बाहेक प्रतियोगितामा अन्य गम्भिर त्रुटि समेत भएका छन् । प्रतियोगिताका लागि म्याच कमिशन्स नै छैनन् ।

आफुहरुको जनशक्ति कम भएकाले राख्न नसकेको उनको प्रतिक्रिया छ । त्यतिमात्रै होइन कभर्डहलमा समेत पुरै खाल्डा छन् भने आवश्यक प्रकाश (लाइट) को समेत व्यवस्थापनबाट आयोजक चुकेको छ ।

पोखरामा यसरी नै प्रतियोगिताको नाममा खेलको मर्म विपरित दर्जनौं प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । प्रतियोगिता अनुगमन गर्ने निकाय नहुँदा समस्या आउने गरेका छन् । सहभागि टिमहरुले प्रतियोगिताका लागि मात्रै प्रतियोगिता गराएको आरोप छ ।

( नियम अनुसार विजेता बनेको बौद्धको टिम) 

जारी प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा कुल चार खेल खेलेको बौद्ध एसी क्लब ३ जित १ बराबरी सहित १० अंकका साथ शीर्ष स्थानमा छ ।
यस्तै एनके एफसीको २ जित र २ हारसहित ६ कका साथ दोस्रो स्थानमा रहँदा समान अकं रहेको हेमजा युनाइटेड गोलअन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

याकतुंग एफसी १ जित २ हारसंगै ५ अंकका साथ चौथो र एम्बासडोर्स एफएन १ बराबरी र ३ हारका साथ तालिकाको पुछारमा रहेको छ । खेलको नियम अनुसार बौद्ध विजेता बनिसकेको छ भने एनके एफसी उपविजेता बनेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए