गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिताको कामै छैन भन्नुभयो खेलाडीका लागि राष्ट्रिय खेलकुद भनेको ठूलो प्रतियोगिता हो । खेलाडीको भविष्यको ढोकाको रुपमा पनि लिने गरिन्छ के राष्ट्रिय खेलकुद काम नलाग्ने नै हो त ? खेलाडीलाई राष्ट्रिय खेलकुद नहुँदा खेलाडीलाई हिट गर्छत ?
त्यो सुन्दा एकदमै नरमाइलो लाग्यो । हामी खेलाडीमा मात्रै होइन खेल पदाधीकारीलाई पनि सायद नरमाइलो नै लाग्यो होला । हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन, बजेट छैन यस्तो छ उस्तो छ भन्दा हामीलाई के भयो होला त्यो अवस्थामा ? अवस्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस भन्ने हुन्छ । जतिधेरै प्रतियोगिता भयो उतिनै धेर्र खेलस्तर बढ्दै जाने हो । जिल्ला प्रदेश स्तरका खेलाडीका लागि अन्तराष्ट्रिय स्तरमा जानका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नै पहिलो खुड्कीलो हो । नयाँ खेलाडीले अवसर पाउने हो । सबैले आफ्नो स्तरको भरपुर प्रदर्शन गर्ने भनेकै राष्ट्रिय खेलकुद प्रतियोगितामा त होनी ।

सर्व प्रथम त बधाई छ सेन्ट्रलजोन भलिबल महिला तर्फ दोस्रो पटक च्याम्पियन बन्न सफल हुनुभएकोमा समग्रमा खेल कस्तो रह्यो ?
धन्यवाद छ हजुरलाई । समग्रमा भन्नुपर्दा खेल राम्रो रह्यो । अघिल्लो संस्करणमा च्याम्पियन हुँदा र अहिले च्याम्पियन हुँदा धेरै फरक छ । अहिले चाँहि हामी धेरै बलियो टिमहरुसंग प्रतिस्पर्धा ग¥यौ । श्रीलंका, उज्वेकीस्तान जस्ता टिमलाई पनि जितेर आउँदा छुट्टै अनुभव भइरहेको थियो ।
दोस्रो पटक च्याम्पियन हुँदै गर्दा टोलीमा नयाँ अनुहार पनि थिए । नयाँ खेलाडीसंगै खेल्दा कत्तिको गाह्रो भयो त ?
गाह्रो त भयो । हाम्रो टिममा नयाँ डेब्यु गर्ने खेलाडी बहिनीहरु हुनुहुन्थ्यो । नयाँ र पुरानो खेलाडीको मिश्रणले सुरुका खेलमा केहि समस्या परेकै हो । हामीले प्रशिक्षण मात्रै ग¥यौ तर मैत्रीपूर्ण खेलहरु कुनैपनि खेलेनौ । सिद्यैँ गएर हामी श्रीलंकासंग खेल खेल्यौ । त्यसैले पनि सिनियर र जुनियर खेलाडीबीच कम्युनिकेशन अलिकति मिलेको थिएन । र अर्को कुरा भनेको हामीले खेल खेल्नु भन्दा अघि पनि प्रशिक्षण गर्ने बातावरण मिलिरहेको थिएन ।
भनेको नेपाली राष्ट्रिय टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेल्नु अगावै कुनै खेल र प्रशिक्षण पाएन ? हतारमा बनाएका हो ?
त्यसतो होइन । त्यसलाई हतारमा भन्न चाँहि मिल्दैन । देशभरका उत्कृष्ट खेलाडीहरुलाई छनोट गरेर ल्याएको हो ।
हाम्रो संघसंग आर्थिक अभाव भएका कारण र कोभिडका कारणपनि हामीले मैत्रीपूर्ण खेल खेल्न पाएनौ । तर टिम पहिलाको भन्दापनि बलियो भएको छ । हामीले अन्य राष्ट्रसंग मैत्रीपूर्ण खेल्न पाएनौ भन्ने मात्रै हो ।
टिममा ३ नयाँ अनुहार थिए । डेब्यु गरिहेका थिए उहाँहरुको प्रदर्शन कस्तो थियो ?
अहिले नढाटि भन्दा नयाँ खेलाडीबाट म निकै सन्तुष्टि छु । नयाँ बहिनीहरुले डेब्यु खेलमै जुन खेल देखाउनुभयो त्यो देखेर एकदमै खुसी छु र अलिकति सिनियर खेलाडीबाटै खेल स्तरमा कमी भएको हो की भन्ने महसुस भइरहेको थियो ।
नेपालको सन्दर्भमा भन्नुपर्दा उपाधी जितेमा मात्रै राज्यको आँखा जाने देखिन्छ । जुन कुराको प्रत्येक्ष उदाहरण सोहि प्रतियोगिता खेलेर
फर्किएका पुरुष टोली नै छ के सरकारले पदक मात्रै हेरेको हो ?
यो वेवास्ता गरेको भन्दापनि सिस्टमनै नबसेको हो । हाम्रो सरकारले कुन मार्गबाट अघि बढाउने भन्ने कुराको सिस्टम नै नबसालेको कारणले गर्दा यस्तो भएको हो । हामीले अहिलेसम्म हेदौ जतिबेला मेडल ल्याउँछौँ त्यतिबेला मात्रै राज्यले पनि सम्मान गर्ने गरेको पाउँछौ । कल्चर नै त्यसतो छ । जित्दा खेरी त त्यो पायौँ रे अरुबेला हार्दा के छ ? त्यतिबेला निराशा बनाउँछ । अहिले हामी महिला टिम च्याम्पियन बनेर आयौँ आखिर पुरुष टिम पनि त चौथो स्थानमा थियो नि । कम्सेकम वहाँहरुलाई फूलको गच्छासम्म दिएको भएपनि त हुने थियो । त्यसले आगामी दिनमा अझ हौसला मिल्ने थियो नि । राम्रो प्रदर्शन गदागर्दै मेडल बाट बञ्चित भएको आएको हो । एउटा खेल जित्नलाई हामीले धेरै मिहेनत गर्छौ धेरै लगानी गर्छौ । त्यहि लगानी जस्तै आवस्यक खेल सामग्रीपनि होस ।
गण्डकी प्रदेश खेलकुद मन्त्रालयकले प्रदेशका ४ खेलाडीलाई सम्मान ग¥यो । प्रदेशको ४ जना राष्ट्रिय टिममा पनि हुनुहुन्छ तर प्रदेशको आफ्नै टिम छैननी ?
हो त्यो मलाई निकै दुःख लाग्छ । मैले बारम्बार भन्ने पनि गरेकी छु । हाम्रो भलिबलको क्रेज यहाँसम्म आइपुग्न सुरुवात गरेकै पोखराले हो । ज्ञानुबाबा, टप्स र फिस्टेल स्कुलले पहिला निकै खेलाडी उत्पादन गरेको हो । नेपालमा जहाँपनि प्रथम,द्धितीय र तृतीय हुने भनेको को भन्दा पोखरा नै हो । यी ३ स्कुलनै हो बलियो भनेकै । अहिले खोइ त ? छैननी त । अब स्थानीय सरकारले पुनः जागरण गराउन पर्छ जस्तो लाग्छ । विद्यालयस्तरीय प्रतियोगिताहरु राख्ने गर्नुपर्छ । विद्यालयहरुलाई इन्करेज गरेर अघिबढ्ने हो भने सबै विद्यालयले खेलाडी उत्पादन गर्न सक्छ जस्तो मलाइ लाग्छ । पहिला आफ्नै खर्चमा राखेको थियो । कतिवर्ष त राख्न सक्छ र त्यसैले अब सरकारले पनि सहयोग गर्न जरुरी छ । अब ग्रासरुटबाटै जानुपर्ने स्थिति आएको छ ।
यो विषय तपाईँले बारम्बार उठाउँदै आउनुभएको पनि हो । देशले कप्तान पाएको छ गण्डकी प्रदेशकै खेलाडीले उठाएको आवाजमा राज्यले ध्यान नदिएको देखिन्छ । खेलाडीले मेडल ल्याउने तर राज्यले खेलाडी उत्पादन र विकासमा वेवास्ता गरेजस्तो लाग्दैन ?
पहिला भन्दा अहिले केहि परिवर्तन आइरहेको छ । वेवास्ता गरेको भन्दापनि चासो नदेखाएको हो की भन्ने छ । अर्को कुरा भनेको गण्डकीका राम्रा खेलाडीपनि छन् उनीहरुको संरक्षण हुन नसक्दा प्रदेशको आफ्नै टिम बन्न नसकेको मलाई लाग्छ । पहिलो पटक प्रदेशले खेलाडी सम्मान गरेको छ यो एकदमै खसीको कुरा हो । अब त कम्सेकम सम्मान त पाइदो रहेछ भनेर सकरात्मक सोचले अघि बढ्न सकिने देखिएको छ । आउँदा दिनमा अझै राम्रै गर्दै जाओस भन्ने अपेक्षा हाम्रो छ ।
गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिताको कामै छैन भन्नुभयो खेलाडीका लागि राष्ट्रिय खेलकुद भनेको ठूलो प्रतियोगिता हो । खेलाडीको भविष्यको ढोकाको रुपमा पनि लिने गरिन्छ के राष्ट्रिय खेलकुद काम नलाग्ने नै हो त ? खेलाडीलाई राष्ट्रिय खेलकुद नहुँदा खेलाडीलाई हिट गर्छत ?
त्यो सुन्दा एकदमै नरमाइलो लाग्यो । हामी खेलाडीमा मात्रै होइन खेल पदाधीकारीलाई पनि सायद नरमाइलो नै लाग्यो होला । हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन, बजेट छैन यस्तो छ उस्तो छ भन्दा हामीलाई के भयो होला त्यो अवस्थामा ? अवस्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस भन्ने हुन्छ । जतिधेरै प्रतियोगिता भयो उतिनै धेर्र खेलस्तर बढ्दै जाने हो । जिल्ला प्रदेश स्तरका खेलाडीका लागि अन्तराष्ट्रिय स्तरमा जानका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नै पहिलो खुड्कीलो हो । नयाँ खेलाडीले अवसर पाउने हो । सबैले आफ्नो स्तरको भरपुर प्रदर्शन गर्ने भनेकै राष्ट्रिय खेलकुद प्रतियोगितामा त होनी ।
अब टाइगरकप तर्फ जाऔँ, दोस्रो संस्करणको टाइगरकपमा आयोजकको टिमबाट खेल्दै हुनुहुन्छ टिमको तयारी कस्तो छ ? भर्खरै मात्र बाहिर खेलेर पनि आउनुभयो टिमबारे बताइदिनुहोस न ?
मैले अघिनै पनि भनेनी हामीसंग टिम नै छैन । पहिला टिममा पर्नलाई हान्थाप हुन्थ्यो । अहिले खेलाडी खोज्न हम्मेहम्मे परेको छ । २६ गतेदेखी खेल छ हामीलेसम्म टिम पुगिरहेको छैन । कोको खेल्ने के गर्ने भन्ने नै अन्योल छ । सद्यैं यसरी चल्दैन । अब त केहि गर्नैै पर्छ प्रदेश सरकारले । हामी राष्ट्रिय टिममा ४ जना छौ । सात वटा प्रदेशमा एकै प्रदेशबाट ४ जना राष्ट्रिय टिममा पर्नु भनेको त राम्रो कुरा हो तरपनि हाम्रो आफ्नै टिम नहुँदा लाजमर्दो भएको छ । यसलाई वडकरार राख्न यसरी चल्दैन विद्यालयमा जानै पर्छ ।
गण्डकी प्रदेशले सहायक प्रशिक्षकको प्रशिक्षण दिइरहेको छ । तपाईं अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाँदा समेत समय मिलाएर लिनुभयो नि ?
यो निकै राम्रो कुरा हो । मैले समय मिल्दा सम्म लिएकै हुँ । बंगलादेशमा जादाँ हामीलाई धेरैबेला मोबाइल चलाउन बन्देज लगाइयो । धेरै क्लास छुटिरहेको थियो । त्यो राम्रो काम ल्याउनुभएको छ त्यसलाई सम्मान गर्न चाहान्छु । सक्षम प्रशिक्षक भएमात्र त राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ ।
अन्त्यमा अब भलिबल खेल विकासका लागि प्रदेश सरकारले के गर्नुपर्दछ ?
सर्वप्रथम त मैले अघिनै भनेकै कुरामा ध्यान दिन जरुरी छ । ग्रासरुटबाट जानुपर्छ । अर्को कुरा भनेको पूर्वाधार हुनुपर्दछ । भलिबलको एउटा इन्डोर हल चाँहि हुनै पर्दछ । यो गण्डकी प्रदेशमा मात्रै होइन । ७ वटै प्रदेशमा हुन आवस्यक छ । त्यसपछि भनेको राम्रो इक्युपमेन्ट चाहियो । अहिले कति एडभान्स इक्युप्मेन्ट आइसक्यो तर हामीसंग केहि पनि छैन् । अहिले सक्षम प्रक्षिकहरुपनि निकै कम छन् । मैले कति ठाउँमा हेरिरहेको हुन्छ । प्रशिक्षकले खेलबारे केहि जानेकै हुँदैन । आफू खेल्न नजान्ने अनि खेलाडीलाई कसरी सिकाउँछ । अर्को मुख्य कुरा भनेको खेलाडीका लागि खेलुन्जेल सम्म खेल्यो र पछि भविष्यको लागि पनि केहि गर्नै पर्छ । खेल जीवन सकिएपछि केहि गरेर खाने बातावरण राज्यले मिलाईदिन प¥यो । जस्ले आगामी दिनमा नयाँ खेलाडीहरुले खेल मोह बढोस् । सरकारले खेलाडीको करिअरको बारेमा सोचोस ।
प्रतिक्रिया लेख्नुहोस्:-