कास्की। कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चौथो संस्करणको सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र/छात्रा भलिवल प्रतियोगिता चैतको ४ गतेदेखि शुरु हुने भएको छ । आइतबार साइमन पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र “स्कुल स्कुलमा भलिवल’ खेल प्रतियोगिता कोरोना भाइरस कोभिड १९ का कारण माघमा सम्पन्न गरिने भनिएको २०७८ साल चैत ४ गतेदेखी ०७ सम्म हुने छ । प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुनेछ ।
कास्की जिल्ला भलिवल संघ र सृजना बिकास केन्द्रको आयोजनामा हुने प्रतियोगिताको उपाधि बिजेता छात्र तथा छात्रा दुबै तर्फकालाई एक/एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०र३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीलाई ५/५ हजार र ट्रफी तथा अन्य १ विधाहरु बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भरलाई १/१ थान भलिबल प्रदान गरिनेछ ।
तियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न कास्की जिल्ला भलिवल संघ सृजना विकास केन्द्र का अध्यक्ष भिम पराजुली र सृजना बिकास केन्द्रका अध्यक्षल इन्द्र प्रसाद पौडेलले जानकारी दिएका छन ।
प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । कक्षा १२ सम्मका बिद्यार्थीहरु सहभागि हुन पाउनै यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान गरेका छन् ।अर्न्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-