२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्याब्सन मिट : भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

गण्डकी प्रेस
मंसिर २७, २०७९ १९:१५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
प्याब्सन मिट : भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा
34
SHARES
Share on FacebookShare on Twitter

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।

निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् ।

केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् ।

भलिबल प्लस टु तर्फ सेमीफाइनलको समिकरण पुरा

प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रा तर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गर्न सफल भएको भलिबलका संयोजक नबिन बरालले जनाएका छन् ।

त्यसै गरी तेश्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमने सामने हुनेछन् ।

यस अघि प्रतिभाले करुणानिधिलाई र प्रतिभाले गुरुकुललाई समान २–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

यता मावि तह छात्रा भलिबलको भने क्वाटरफाइनलको समिकरण पुरा भएको छ । आजको खेलमा रेन्वोले डायमण्डलाई २–१ ले, नेपाल आदर्शले स्टेपबाईस्टेपलाई २–१ ले, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

त्यसै गरी मावि छात्रतर्फको सेमीफाइनलमा निलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् ।

आजको खेलमा निलगिरीले नेशनल इन्भेन्टिभलाइ २–०, सृजनाले विद्या निकेतनलाई २–० ले, न्यू मोडलले ताराकुञ्जलाई २–१ ले र धवलागिरीले ढुङ्गेसांघुलाई २–० को सोझो सेटमा पराजित गरेका थिए ।

बास्केबलको फाइनल खेल बुधबार हुने

बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् ।

यस अघि प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् ।

तेश्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् ।

इता छात्रतर्फ प्रतिभा र पारामाउण्ट फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

यस अघि प्रतिभालो बाल कल्याणलाई ३८–२० र पारामाउण्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा शुरक्षित गरे ।

बास्केटबल छात्र–छात्रा दुवैतर्फको तेश्रो स्थान र फाइनल खेल बुधबार हुने संयोजक गुरुङले जानकारी दिए ।

एथलेटिक्स खेल जारी
प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सका खेलहरु जारी रहेको संयोजक राम गुरुङले बताए ।

एथलेटिक्स प्लस टु छात्रातर्फ २०० मिटर दौडमा बाल कल्याणकी शुदिक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितिय र टप्सकी सम्झाना नेपाली तृतिय भएकी छन् ।

मावि छात्रा शटपुट तर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्वोकी सृष्टि अर्मजा द्वितिय र फिसटेलकी कृष्टिना गुरुङ तृतिय भएका छन् ।

यस्तै हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मिया प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितिय, स्नो भ्यूकी रिता रसाइली तृतिय भएका छन् ।

लङ्गजम्पतर्फ शान्ती निकुञ्जकी दिपशिखा रानामगर प्रथम हुँदा, बेसलाइनकी स्वस्तिका मल्ल द्वितिय र शिसुकल्याणकी तेजश्वी गुरुङ तृतिय बन्न सफल भइन् ।

प्लस टु छात्रतर्फ ८०० मिटर दौडमा केफका बिबेक परियार पहिलो, स्नो भ्यूका शुसन घिमिरे दोश्रो र सृजनाका हेमन्त गुरुङ तेश्रो भएका छन् ।

छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिल बहादुर पुन दोश्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे ।

टेबुल टेनिसका खेल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न डवल्स छात्रातर्फ सिर्जनाले टप्स विरुद्ध तथा ग्लोवलले केफ संग सेमीफाइनलमा भिड्नेछन् ।

त्यस्तै छात्रतर्फ रेन्वोले ग्लोबल संग र नेशनल इन्भेन्टिभले सिर्जना संग सेमीफाइनलमा भेट पक्का गरेका छन् ।

सिंगल्सतर्फ भने पहिलो राउण्डका खेलहरु जारी रहेको प्याब्सन कास्कीले जनाएको छ ।

सेमीफाइनल र फाइनलका खेलहरु पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार सम्पन्न हुनेछन् ।

फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल खेल सम्पन्न
पोखराका विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समिकरण पुरा भएको प्रचार प्रसार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।

आज जुनियरतर्फको खेल परिणामा भने रोचक बनेको छ ।

शान्तीदिप खेल मैदानमा भएको खेलमा दुई विद्यालयहरु खेलाडीको कारण प्रोटेष्ट लाग्दा खेलनै गुमाउन पुगेका छन् ।

प्रतियोगिताको न्यायिक समितिले छानविन पश्चात मेट्रोपोलिटान र भ्यू पोइन्टलाई कार्वाही गरेको छ ।

खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो ।

तर दुवै टिम विरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम चारमा स्थान बनाएका छन् ।

यसै गरी रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।

त्यसै गरी सिनियर छात्रतर्फको खेल समेत क्वाटरफाइनलका समिकरण पुरा भएको छन् ।

अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदय सङ्ग र शान्ती दिपले मेरी गोल्ड संङ्ग भेट पक्का गरे ।

यस अघि स्नो भ्यूले बालविद्यालाई ३–१ गोल र बालोदयले शिसु कल्याल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ ।

कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ ।

प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद