२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फूल व्यवसाय गरेकोमा गर्व गर्छु

गण्डकी प्रेस
कार्तिक १७, २०७८ १२:०६ मा प्रकाशित
अन्तर्वार्ता
फूल व्यवसाय गरेकोमा गर्व गर्छु
40
SHARES
Share on FacebookShare on Twitter


पोखरामा २०६३ साल देखि निरन्तर रुपमा फूल व्यवसाय गर्दै सिजनल मनकामना नर्सरी पोखरामा स्थापना भएको छ । नर्सरीको विभिन्न शाखाहरु रहेका छन् । पोखरामा नर्सरी खोल्दा देखि हालसम्मको अवस्था र तिहारको समयमा फूलको खपत कसरी भइरहेको छ र उत्पादन कति भएको भन्ने विषयमा नर्सरी संचालक तथा फ्लोरी कल्चर एसोसिएसन नेपाल कास्की जिल्ला अध्यक्ष डिल बहादुर गुरुङसंग गरिएको कुराकानी

 

नर्सरी व्यवसायमा लागेको कति भयो ?

नर्सरी व्यवसाय गरेको १५ वर्ष भयो ।

१५ वर्ष अघि नर्सरी खोल्दा र अहिलेको अवस्था कस्तो छ ?

मैले सुरुवात गर्दा ठ्य्याकै फुलको परिचय नै त्यति थिएन । विदेश गएर कमाएको रकमलाई नै सदुपयोग गरेर नै नर्सरी खोलेको हुँ । पहिला र अहिलेमा धेरै फरक छ । मैले नर्सरी खोल्दा मलाई छिमेकीहरुले पनि गाली गरे । यत्रो जंगल फालेर के झारपात रोपेको होला भन्थे । अहिले उनीहरुले नै अहो ! यस्ले त भविष्यलाई साचेर पो गरेको रहेछ भन्छन् । अहिले निकै गर्व लाग्ने गर्दछ ।

कुन देश बसेर आउँनुभयो र त्यहाँ के काम गर्नुहुन्थ्यो अब नजाने ?

मैले मलेसियामा चिया बगानमा काम गरेँ । चियाका मुना टिप्ने काम थियो । तर, काम सकिएपछि म फुलहरुको बगैँचामा नै गएर बस्थेँ । त्यहाँ काम गर्दा विदा थिएन् । कुनै वाहानावाजी हुदैन्थ्यो विरामी भएपनि आराम गर्न पाइएन । एक पटक विदा लियो भने दुई दिनको तलब काट्थ्यो । ‘तिमीहरुलाई मैले ३ वर्षका लागि किनेर ल्याएको हो । मोर, बाच मतलब छैन् । सिर्फ काम गर हामीलाई काम चाहियो’ भन्नथ्यो । पानी परोस, घाम लागोस चिसो होस् केहि मतलब नै छैन् । जसोतसो ३ वर्ष विताएँ त्यसपछि परिवारसँगै फुलखेती तर्फ नै लागे । त्यसपछि विदेश जाने सोचँ कहिल्यै बनाइन् । अब यसैमा भुलेको छु । अब त मेरो जिवनभरको ठेक्का नै लिएर यसोआरामको जिन्दगी दिन्छु भनेरै कागजी गरेरै बोलाएपनि म जान्न ।

कति लगानीमा खोल्नुभयो ?

मैले त्यतिखेर ६–७ लाख रुपैँया लगानी गरेँ । परिवारले पनि सुरुमा त कराए पछि भविष्य यतै देखेपछि सबै खुसी छन् । अहिले महिनामा ६० हजार भन्दा माथि नाफा भइराखेकै छ । चाडवाडको समयमा अलि बढि पनि आम्दानी भएको छ ।

तपाइँहरुको त वंशज नै यहि क्षेत्रमा लागेको छ, कति छन् यो व्यवसाय तर्फ ?

लगभग २०४७ साल तिर नै मेरो बहिनी ज्वाईँले यो व्यवसाय काठमाडौँमा सुरु गर्नुभयो । मनकामना नर्सरी भनेर । हामी सबै उही नर्सरीको चेला हौँ । त्यसरी नै अहिले पोखरामा मात्रै १० वटा जति हाम्रो नर्सरी छ । सबै मेरो बंश हुन् । काठमाडौँमा ४ वटा जति छ । चितवनमा पनि छ । अब जानेको नै यहि छ । यहि गर्‍यौ ।

पोखरामा फूलको माग कत्तिको छ त ?

पोखरामा फूलको माग दिनहुँ बढ्दो छ । पहिला म आउँदा मान्छेले यो गोर्खा देखि आएर के गरेको होल भन्थ्यो तर, अहिले सबैले मेरो घर नजिक आएपनि हुन्थ्यो नि भन्न थालेका छन् । हामीले कतिपय अवस्थामा माग धान्न नसकेको हो की झैँ पनि भएको छ ।

तिहारको समय छ, फुलको व्यापार कस्तो चलिरहेको छ ?

तिहारको समयमा राम्रो हुने त छदैछ । हामी नेपालीको महान चाड हो । अब यो हामीलाई चाहिन्छ है भनेर पहिला नै सर्वसाधारणले किनेर लाने गरेका छन् । फूलको अभाव हुन्छ की भन्ने चिन्ताले अहिले देखि नै लगिसकेका छन् । दशैपछि अहिलेसम्म ४० हजार रुपैँया भन्दा बढिको फूल गइसकेको छ भाइटिकासम्म लगभग सबै सकिन्छ ।

तपाईँ फ्लोरी कल्चर एशोसिएसन नेपाल कास्की जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । कास्की जिल्लामा नर्सरीको अवस्था कस्तो छ र कति नर्सरी रहेका छन ?

अहिले लगातार चलिरहेको लगभग ४० वटा नर्सरी रहेको छ । त्यसमा ३५ वटा जति त हामी सबै प्रक्रिया पुर्‍याएर नै संचालन गरिरहेका छौँ भने बाकी रहेकाले पनि प्रक्रिया पुर्‍याउ लागि सकेका छन् । अवस्था ठिकै नै छ । यो पेशामा लाग्दा जति दु:ख गरेपनि कहिल्यै थकाइ लाग्दैन् । सबै नर्सरी चलिरहेका छन् । तर, जति चल्नुपर्ने त्यति नचलेको हो की भन्ने पनि लाग्छ ।

कास्कीमा समग्रमा फुल उत्पादन कति हुने गर्दछ ?

हाम्रो उत्पादन समयानुकुल नै गइरहेको छ । तरपनि यहि भन्ने आकँडा नभएपनि साढे २ देखि ३ करोडको हारहारीमा उत्पादन हुने गर्दछ । तर, बाहिरबाट ल्याउनै पर्ने हुन्छ । त्यसको अर्को कारण पनि छ । हामीले यहाँ स्थानीय तरिकाले नै उत्पादन गर्दछौ । बाहिरबाट ल्याउँदा धेरै दु:ख गर्न नपर्ने र नाफा धेरै हुने हुदाँ हाम्रो उत्पादनले नधानेको जस्तो देखिन्छ । अहिले सबै ठाउँमा फुल फुलिरहेको छ । मलाइचाहिँ यहिको उत्पादनले पुग्छ भन्ने लाग्छ तरपनि १५–२० प्रतिशत भने आउने गरको छ ।

तिहारमा सयपत्री फूल किन बढि खपत हुने गरेको छ यस्को महत्व के छ ?

सयपत्री फूल धार्मिक सांस्कृतिक र स्वास्थ्यको हिसावले पनि बहुउपयोगी फुल हो । यो फूलको महत्व धेरै नै रहेको छ । यस्को सुगन्ध र बनोटले पनि मानिसलाई मनदेखि आनान्द दिने गर्दछ । यस्ले मानिसको अहंकारलाई कम गर्ने र फुलको केसरी रंगले त्याग र मायालाई दर्शाउछ भनिन्छ । घरमा नकरात्मक कुरालाई फाल्ने काम गरिन्छ भन्ने पनि मान्यता रहि आएको छ । यो स्वास्थ्यमा पनि उपयोगी फूल हो । यो फूल सुकाएर वा लेदो बनाएर औषधीको रुपमा पनि उपयोग गर्न सकिन्छ ।

यो समयमा भारतबाट करोडौँ फूल भित्र्याइन्छ भनिन्छ के हाम्रो उत्पादन नपुगेकै हो त या हामीले फूलको महत्व बुझाउन नसकेका हौँ ?

मैले अघि पनि भने कतिपयले नाफायुक्त व्यपार गर्ने मनासायले र सजिलो तरिकाले जान खोजेकै कारण बाहिरबाट आउने हो । त्यहि नै हो बाहिरबाट ल्याउँदा आफ्नो मिहेनत लाग्दैन ल्यायो बेच्यो कमायो । पहिला पहिला उतै निर्भर पर्नपर्ने स्थिति थियो अहिले त्यसतो छैन् हामीले नै बजार धान्न सक्छौ । मैले यो सिजनमा नै ४० हजार माथि बेर्ना तयार गरिसके एउटा नर्सरीमा भने त्यसरी नै सबैको हेर्ने हो भने त उत्पादन राम्रो छ नी । यतिमात्र होइन हामीले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष उत्पादनमा समेत दोब्बर बृद्धि गरेकै हौँ ।

अहिले सयपत्री र मखमली फूलको बजार भाउ कस्तो छ त ?

बजार भाउ हामीले देशको अवस्था हेरेर नै तोकेका छौँ । कोरोनाले २ वर्ष त्यसै गयो । यसकारण पनि अहिले सयपत्री फूल प्रति थुँगा ५ रुपैँयाको दरले बेच्ने गरेका छौँ भने मखमली चाहि माला अनुसार छ । त्यहि १०० रुपैँया भन्दा माथि रहेको छ । किलो को हो भने लगभग ३ सय रुपैँया सम्म छ । अर्को कुरा ५ रुपैँया प्रति थुँगा भन्दा अहो ! महँगो रहेछ भन्ने लाग्छ तर, त्यसो होइन करिब १ सय ५० रुपैँयामा नै माला बन्छ । हामीले सबै नर्सरीमा सोहि अनुरारले नै बेच्नुपर्छ ।

फूलका बिउहरु कसरी उत्पादन गर्नुहुन्छ ?

यो सबै बिउ विजन स्वदेशमा पाइदैन हामीलाई दुखदायी कुरा त्यतातिर छ । हामीलाई राज्यलेनै बिउ विजन, नर्सरीलाई चाहिने सबै मेटेरियलहरु दिन सकेको छैन । स्वदेशमै भएको भए निकै सहज हुने थियो । भारतबाट पनि होइन हामीले तेस्रो मुलुकहरुबाट ल्याउन परिरहेको छ । त्यसैलेपनि महँगो पर्ने गरको हो । काठमाडौँमा अफिस छ हामीले यहाँबाट जे चाहिन्छ त्यसका लागि ६ महिना अघि नै पैसा पठाइदिनुपर्दछ । यो हाम्रो बाध्यता हो ।

कुन कुन देशबाट आउने गर्दछन ?

यो थाइल्याण्ड, होल्याण्ड, अमेरिका लगायत देशहरुबाट आउने गर्दछ ।

नेपालमा उत्पादन गर्न सकिन्छ की सकिदैन ?

अब यो त यहाँका विशेषज्ञहरुको कुरा हो । हामी त धेरै पढेका पनि हौइनौँ अनुभवकै आधारमा व्यवसाय गरेका हौँ । विशेषज्ञहरुले गर्नुपर्ने कुरा हो । वहाँहरुले चाहाने हो भने नहुने भन्ने छैन सक्नुहुन्छ भन्ने लाग्छ ।

स्वदेशमै उत्पादन गर्न राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त ?

राज्यले त मलाइ यस्तो लाग्छ की बिउ उत्पादन गर्नका लागि विशेषज्ञकै आवस्क पर्दछ । यस तर्फ ध्यान दिन आवस्यक छ । अर्को कुरा भनेको राज्यले हामीलाई खेर गइरहेको जमिन लिजमा उपलब्ध गराइदिए हुन्थ्यो । जहाँ खेर गइरहेको बगर, बाझो जमिनहरु छ त्यो बरु कति भाडा लिने हो लिएर दिए हुन्थ्यो । हामी जति दु:ख गर्न पर्छ गर्न तयार छौ । हामीलाई त अनुदान समेत चाहिदैन यति होस् की ढुक्क तरिकाले गर्न पाए हुन्थ्यो । राज्यलाई कति तिर्न पार्ने हो खुसी साथ तिर्न सक्थ्यौँ । यति भइदियो भने हाम्रा अबका सन्तान विदेश जान पनि पर्दैन । यहि व्यवसायमै घुमल्न्छिन् । यतै स्वरोजगार हुने थिए । बाध्यतावस हामीले छातिमाथि हात राखेर नै विदेश पठाउन परिरहेको छ ।

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ