२०८३ कार्तिक ११, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सूचना माग्दा शासनलाइ सिस्टममा ल्याउन सकिन्छ

गण्डकी प्रेस
साउन २७, २०७८ १९:३१ मा प्रकाशित
अन्तर्वार्ता
सूचना माग्दा शासनलाइ सिस्टममा ल्याउन सकिन्छ
48
SHARES
Share on FacebookShare on Twitter


संविधानले व्यवस्था गरेअनुसार सूचनाको हक पनि व्यक्तिको मौलिक हक अधिकार हो । तर, पनि नागरिकले सूचनाको हकको प्रयोग गरेको देखिदैँन् । सूचनाको हक भनेको के हो र कुनैपनि सूचना कसरी माग्न सकिन्छ लगायतका विषयमा पोखरा महानगरपालिका सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालका संयोजक कृष्ण क्षेत्रीसँग गण्डकी प्रेस संवाददाता बिजय नेपालीले गरेको गरिएको कुराकानी ।

सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरपालिकामा कसरी स्थापना हुन पुग्यो ? 
सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालले जब देशभर गठन गर्‍यो सोहि क्रममा जिल्ला हुदैँ महानगरसम्म आइपुग्यो । मलाइ ठ््ययाक्कै मिति त याद भएन तर, आज भन्दा ३ वर्ष अघि महानगरमा प्रमुख जिल्ला अधिकारी सहित महानगरको पदाधिकारीसंगै बसेर संजालको स्थापना गरियो ।

सूचनाको हक राष्ट्रिय संजाल नेपालको काम र कर्तव्य चाहिँ के हो त ?
हाम्रो मुख्य काम भनेको आम नागरिकलाइ कसरी सुचना माग्ने भन्ने सिकाउने हो । वहाँहरुलाइ प्रशिक्षत गर्ने र सूचना माग्ने तरिका सिकाउने नै यस्को काम हो ।

सूचना माग्नु भनेको चाहिँ के हो ?
सूचना माग्नु भनेको कुनैपनि कुराको पारदर्शिता खोज्नु हो आफ्नो अधिकार माग्नु हो । सत्य र तथ्यवारे जानकार लिनु हो । अझ यो के हो भन्दा खेरी भ्रष्टचार न्यूनिकरण गर्न हो ।

सूचनाको हक माग्दा कसरी भ्रष्टचार न्यूनिकरण हुन्छ ?
असाध्यै राम्रो प्रश्न सोध्नुभयो । मानौँ, त्यो निमार्ण कार्य हुने बेलमा निगरानी गर्न सकेनौ भने के हुन्छ ? त्यहा कति मात्रामा सिमेन्ट राखियो वा वालुवाको मात्रा, छडको मात्रा केहि थाहा हुदैँन् । तर, निमार्णको जिम्मा पाएको कम्पनीले हरेक कुराको सम्झौता गरेको हुन्छ । त्यहाँ कति मिटरको ढलान गर्ने वा सिमेन्ट कति राख्ने, छड कस्तो र कुन राख्ने सबै कुरा उल्लेख गरेको हुन्छ । हो त्यहि कुरा आम नागरिकलाइ थाहा हुदैँन अनि त्यहाँ जस्तो सामानको पनि प्रयोग हुन्छ । गलत गरिकाले गरिने काम नै भ्रष्टचार हो । हामीले सूचना मागेर कहिले काम सम्पन्न हुने । त्यहाँ प्रयोग हुने सामानहरुको गुणस्तर के हो कस्तो हुनुपर्छ भनि खोज्नु पर्छ । जब हामी खोज्छौ तब मात्र उनीहरुले काम राम्रो गर्ने त होनि । यसरी नै हरेक ठाउँमा सूचना माग्दा वास्तविक कुरा बाहिर आउँछ र भ्रष्टचार न्युनिकरण हुन्छ । हामी निजी संरचना बनाउदा कति ध्यान दिन्छौँ तर, सरकारी संरचना बनाउदा वेवास्ता गर्छौ । निजि बनाउदा कति बलियो हुन्छ र सरकारी बनाउदा किन कम्जोर बन्छ यो भनेको सूचनाको हक प्रयोग नगरेकै कारण हो ।

त्यसो हो भने, यो सूचनाको हक कसरी माग्न सकिन्छ त ?
यो एकदमै सजिलो छ । सूचनाको हक अनुसार सूचना माग्दा तपार्इँलाइ कुनैपनि शुल्क लाग्दैन । नेपालको संविधानले पनि यसलाइ नागरिकको मौलिक हक अन्तर्गत नै राखेको छ ।

कस्ता किसिमका सूचना आम नागरिकले माग्न सक्छन् ?
राज्यले दिन नमिल्ने केहि सूचना बाहेक सबै सूचना आम नागरिकले माग्न सक्छन् । सामान्य भाषामै लेख्न सकिन्छ । श्रीमान सूचना अधिकारी ज्यू, सूचना पाउँ । संविधानको भाग ३ को धारा २७ अनुसार सूचनाको हक प्रयोग गरी मलाइ योयो कुराको (आवस्यक विषय वस्तु)जानकारी गराइदिनुहुन अनुरोध छ’ मात्र भनेपनि पुग्छ । विवरण खुलाए पुग्छ ।

माग्न नमिल्ने सूचना भनेको कस्तो हो ?
माग्न नमिल्ने सूचना भनेको राज्यको शक्ति कम्जोर बनाउने, समाजमा द्धन्द्ध निम्त्याउने र नेपाली सेनाको हात हतियार, तिनिहरु के कसरी कुन ठाउँमा राखिएका छन् । त्यो सूचना हामीले माग्न पाउँदैनौ । जस्तै नेपाल राष्ट्र बैंकमा कति रकम छ भनेर सूचना माग्न पाउँछौ तर, बैंकको ढुकुटि कुन शाखामा कुन कुनामा कस्तो ताल्चा लगाएर जस्ता सूचना भने हामी माग्न पाउँदैनौँ । र अर्को कुरा राष्ट्र राष्ट्रियता खलल पार्ने राष्ट्रिय गोपनियताहरु माग्न पाउँदैनौ ।

माग गरिएको सूचना नदिएमा के हुन्छ त ?
हामीले माग गरेको सूचना कुनैपनि सूचना अधिकारीले १५ दिन भित्र दिनुपर्छ । यदि नदिएको खण्डमा प्रमुखलाइ निवेदन गर्न सक्छौ र प्रमुखले ७ दिन भित्रमा लिखिन सूचना दिनुपर्छ । त्यो नभएको अवस्थामा यदि त्यो भित्रपनि दिनुभएन भने हामीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सक्छौ र पुनरावेदन भएपछि हामीले होइन आयोगले सूचना उपलब्ध गराउँछ र सूचना उपलब्ध नगराउने कर्मचारीको प्रमोसन रोकिन्छ ।
सूचना माग्न पर्छ सूचना हाम्रा लागि महत्वपूर्ण छ भनेर नागरिकको चेतनामा विकास भएको छैन भन्ने सुन्निछ के साच्चिकै हरेक

नागरिकसम्म सूचनाको हक प्रत्येक व्यक्तिको हक हो भन्ने कुरा नपुगेकै हो त ?
एक्दमै नपुगेको हो । हामीले जब महानगरमा संजाल गठन गर्‍र्यौ त्यसपछि केहि वडाहरुमा सूचना अभियान चलायौ । वहाँहरुले विस्वास नै गर्नु भएन । अहो ! यस्तो नि हुन्छ र ? भन्नुभयो । अब एउटा नागरिकको अधिकार कतिसम्म हो भन्ने कुरा नै हामिलाइ थाहा छैन । सूचना त पत्रकारका लागि मात्र हो भन्ने सोचेका छौँ । अनि हामी कुनैपनि सूचना माग्न हाकिमकहाँ जान डराउँछौँ पहिलो कुरा । दोस्रो कुरा हामी त्यो भन्दापनि तलकोमा जान डराउँछौ । र हामी बाहिर ब्रोकर खोज्छौ अनि मात्र जान्छौ । अब आम नागरिकले जान्न पर्नेकुरा के हो भने, कुुनै पनि नागरिकले सरकारी कार्यालयको बाहिर भित्तामा सूचना अधिकारी भनेर लेखेको व्यानर राखेको हुन्छ । हो त्यहि व्यानरमा भएको कर्मचारीलाइ भेट्ने वा सोध्ने हो । हामी त्यहासम्म पुग्नै नसकेको सत्य हो । पुग्न जरुरी छ । अर्को कुरा नागरिक वडापत्रमा पनि स्पष्ट लेखिएको हुन्छ की कुन कामका लागि के कति समय वा शुल्क लाग्ने भनेर सोहि अनुसार हामी चल्न सकेमा कर्मचारी तन्त्रको अन्त्य हुन्छ र सूचना व्यक्ति व्यक्तिसम्म पुग्छ । त्यहाँ प्रष्टै छ नी यदि समयमा काम नभएमा सेवा ग्राहीले क्षतिपूर्तिको समेत माग गर्न सक्छन् जसका लागि हामीले सचेतना गराउने प्रयास गरिरहेका छौँ ।

कोरोना महामारीको समयमा संजालको भुमिका कस्तो रह्यो ?
पोखरा महानगरपालिकाको संजालको भुमिका निकै महत्वपूर्ण रह्यो । हामीले कोभिडको खोप वितरण गर्दा होस या राहतका प्याकेज ल्याउँदा होस् । पिडितसम्म पुगेका छन की छैनन् भन्ने सम्पूर्ण जानकारी राख्यौँ । खोपमा भने निकै समस्या देख्यौँ । संजालकै सक्रियतामा खोप हराएको सूचना बाहिर ल्यायौँ जुन कुरा केहि पत्रपत्रिकाले प्रकाशन समेत गरेको थियो । कोरोनाको सुरुवाती चरणमा त बाटोमा नै तगाँरो राख्नेसम्मका काम भए जुन अनावस्यक थियो । बाटो छेकेर कोरोना छेकिने होइन् । कोरोनालाई सुरुमा जुन रुपमा हेरिएको थियो अपहेलना गर्ने किसिमको हामीले पनि सूचना दिदैँ हिड्यौ भ्रममा नपरौँ सबैलाइ माया गराँै भन्दै ।

खोपमा अनियमितता भयो भन्ने कुरा पनि बाहिर आएको थियो नि ?
हो, संजालकै सक्रियताले त्यो कुरा बाहिर आउन सफल भएको हो । जब महानगरमा खोप वितरण हुन थाल्यो । हामीले सबै वडामा संजालका प्रतिनिधि पठायौँ । हरेक क्षेत्रको भिडियो क्लिप हामीसँग छ । कस्ले खोपको दुरुपयोग गर्‍यो भन्ने कुरा ।
कस्तो देखियो भन्दा जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका आफन्तहरुलाइ पहिला खोप लगाइयो । लक्षित समूह भन्दा बाहिर । यस्को ज्वलन्त उदाहरण आज लगाइएकै दोस्रो डोजमा उपस्थिति भएका व्यक्तिलाइ हेर्न सकिन्छ । के उनीहरु वृद्ध थिए र ? उसले नाता,कृपावादबाट लगायो । धेरैजसो खोप केन्द्रबाट खोप समेत हरायो । उदाहरणका लागि ८ सय खोप ल्याएकोमा ७ सय खोपको मात्र तथ्याङ्क छ बाकि खोप कहाँ गयो ? त्यो आफन्तकोमा चिन्जानकोमा पुग्यो ।

खोप हराएको सूचना पनि माग गर्नभयो होला के भयो त ?
हामीले वडा नम्बर ६ मा सूचना मागेका छौँ । त्यहाँ खोप प्रत्यक्ष हराएपछि हामीले कहाँ गयो ? कसरी गयो र कस्ले लग्यो भन्दै सूचना माग गर्‍र्यौ जुन कुरा जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत माग गरेका थियौँ । त्यहाँबाट अच्म्मको कुरा आयो । जवाफ कस्ता आएभने स्वास्थ्य शाखाबाट पनि, प्रशासनबाट पनि र सम्बन्धित कर्मचारीहरुबाट पनि कस्तो आयो भन्दा खेरी यो खोप जसले लिएर गएपनि स्टक राख्ने चिज होइन् । यो लगेर खाने चिज होइन् । सुन होइन चादिँ होइन् कसैले लगाएपनि त लगाएनि त खोप त लगाइयोनि जहाँबाट लगाएपनि जस्ले लगाएपनि भन्ने जवाफ आयो । लक्षित समूहलाइ लगाउनुपर्ने खोप अन्यत्र पुग्नु दुरुपयोग भएकै हो ।

अन्त्यमा सूचना माग्दा फाइदा के हुन्छ त ?
सूचना माग्दा फाइदा भनेको हाम्रो शासनलाइ एउटा सिस्टममा ल्याउन सकिन्छ । कुनैपनि काम छिटो छरितो हुन्छ । हामीले प्रश्न गरेनौ भने अराजकता, कर्मचारीतन्त्रको विगविगि बढ्दै भ्रष्टचार बढ्छ र यसको न्युनिकरण सूचना मागेपश्चात नै हुन्छ । हामी पनि सक्षम नागरिक हुन्छौ धन्यवाद ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना