संविधानले व्यवस्था गरेअनुसार सूचनाको हक पनि व्यक्तिको मौलिक हक अधिकार हो । तर, पनि नागरिकले सूचनाको हकको प्रयोग गरेको देखिदैँन् । सूचनाको हक भनेको के हो र कुनैपनि सूचना कसरी माग्न सकिन्छ लगायतका विषयमा पोखरा महानगरपालिका सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालका संयोजक कृष्ण क्षेत्रीसँग गण्डकी प्रेस संवाददाता बिजय नेपालीले गरेको गरिएको कुराकानी ।
सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरपालिकामा कसरी स्थापना हुन पुग्यो ?
सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालले जब देशभर गठन गर्यो सोहि क्रममा जिल्ला हुदैँ महानगरसम्म आइपुग्यो । मलाइ ठ््ययाक्कै मिति त याद भएन तर, आज भन्दा ३ वर्ष अघि महानगरमा प्रमुख जिल्ला अधिकारी सहित महानगरको पदाधिकारीसंगै बसेर संजालको स्थापना गरियो ।
सूचनाको हक राष्ट्रिय संजाल नेपालको काम र कर्तव्य चाहिँ के हो त ?
हाम्रो मुख्य काम भनेको आम नागरिकलाइ कसरी सुचना माग्ने भन्ने सिकाउने हो । वहाँहरुलाइ प्रशिक्षत गर्ने र सूचना माग्ने तरिका सिकाउने नै यस्को काम हो ।
सूचना माग्नु भनेको चाहिँ के हो ?
सूचना माग्नु भनेको कुनैपनि कुराको पारदर्शिता खोज्नु हो आफ्नो अधिकार माग्नु हो । सत्य र तथ्यवारे जानकार लिनु हो । अझ यो के हो भन्दा खेरी भ्रष्टचार न्यूनिकरण गर्न हो ।
सूचनाको हक माग्दा कसरी भ्रष्टचार न्यूनिकरण हुन्छ ?
असाध्यै राम्रो प्रश्न सोध्नुभयो । मानौँ, त्यो निमार्ण कार्य हुने बेलमा निगरानी गर्न सकेनौ भने के हुन्छ ? त्यहा कति मात्रामा सिमेन्ट राखियो वा वालुवाको मात्रा, छडको मात्रा केहि थाहा हुदैँन् । तर, निमार्णको जिम्मा पाएको कम्पनीले हरेक कुराको सम्झौता गरेको हुन्छ । त्यहाँ कति मिटरको ढलान गर्ने वा सिमेन्ट कति राख्ने, छड कस्तो र कुन राख्ने सबै कुरा उल्लेख गरेको हुन्छ । हो त्यहि कुरा आम नागरिकलाइ थाहा हुदैँन अनि त्यहाँ जस्तो सामानको पनि प्रयोग हुन्छ । गलत गरिकाले गरिने काम नै भ्रष्टचार हो । हामीले सूचना मागेर कहिले काम सम्पन्न हुने । त्यहाँ प्रयोग हुने सामानहरुको गुणस्तर के हो कस्तो हुनुपर्छ भनि खोज्नु पर्छ । जब हामी खोज्छौ तब मात्र उनीहरुले काम राम्रो गर्ने त होनि । यसरी नै हरेक ठाउँमा सूचना माग्दा वास्तविक कुरा बाहिर आउँछ र भ्रष्टचार न्युनिकरण हुन्छ । हामी निजी संरचना बनाउदा कति ध्यान दिन्छौँ तर, सरकारी संरचना बनाउदा वेवास्ता गर्छौ । निजि बनाउदा कति बलियो हुन्छ र सरकारी बनाउदा किन कम्जोर बन्छ यो भनेको सूचनाको हक प्रयोग नगरेकै कारण हो ।
त्यसो हो भने, यो सूचनाको हक कसरी माग्न सकिन्छ त ?
यो एकदमै सजिलो छ । सूचनाको हक अनुसार सूचना माग्दा तपार्इँलाइ कुनैपनि शुल्क लाग्दैन । नेपालको संविधानले पनि यसलाइ नागरिकको मौलिक हक अन्तर्गत नै राखेको छ ।
कस्ता किसिमका सूचना आम नागरिकले माग्न सक्छन् ?
राज्यले दिन नमिल्ने केहि सूचना बाहेक सबै सूचना आम नागरिकले माग्न सक्छन् । सामान्य भाषामै लेख्न सकिन्छ । श्रीमान सूचना अधिकारी ज्यू, सूचना पाउँ । संविधानको भाग ३ को धारा २७ अनुसार सूचनाको हक प्रयोग गरी मलाइ योयो कुराको (आवस्यक विषय वस्तु)जानकारी गराइदिनुहुन अनुरोध छ’ मात्र भनेपनि पुग्छ । विवरण खुलाए पुग्छ ।
माग्न नमिल्ने सूचना भनेको कस्तो हो ?
माग्न नमिल्ने सूचना भनेको राज्यको शक्ति कम्जोर बनाउने, समाजमा द्धन्द्ध निम्त्याउने र नेपाली सेनाको हात हतियार, तिनिहरु के कसरी कुन ठाउँमा राखिएका छन् । त्यो सूचना हामीले माग्न पाउँदैनौ । जस्तै नेपाल राष्ट्र बैंकमा कति रकम छ भनेर सूचना माग्न पाउँछौ तर, बैंकको ढुकुटि कुन शाखामा कुन कुनामा कस्तो ताल्चा लगाएर जस्ता सूचना भने हामी माग्न पाउँदैनौँ । र अर्को कुरा राष्ट्र राष्ट्रियता खलल पार्ने राष्ट्रिय गोपनियताहरु माग्न पाउँदैनौ ।
माग गरिएको सूचना नदिएमा के हुन्छ त ?
हामीले माग गरेको सूचना कुनैपनि सूचना अधिकारीले १५ दिन भित्र दिनुपर्छ । यदि नदिएको खण्डमा प्रमुखलाइ निवेदन गर्न सक्छौ र प्रमुखले ७ दिन भित्रमा लिखिन सूचना दिनुपर्छ । त्यो नभएको अवस्थामा यदि त्यो भित्रपनि दिनुभएन भने हामीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सक्छौ र पुनरावेदन भएपछि हामीले होइन आयोगले सूचना उपलब्ध गराउँछ र सूचना उपलब्ध नगराउने कर्मचारीको प्रमोसन रोकिन्छ ।
सूचना माग्न पर्छ सूचना हाम्रा लागि महत्वपूर्ण छ भनेर नागरिकको चेतनामा विकास भएको छैन भन्ने सुन्निछ के साच्चिकै हरेक
नागरिकसम्म सूचनाको हक प्रत्येक व्यक्तिको हक हो भन्ने कुरा नपुगेकै हो त ?
एक्दमै नपुगेको हो । हामीले जब महानगरमा संजाल गठन गर्र्यौ त्यसपछि केहि वडाहरुमा सूचना अभियान चलायौ । वहाँहरुले विस्वास नै गर्नु भएन । अहो ! यस्तो नि हुन्छ र ? भन्नुभयो । अब एउटा नागरिकको अधिकार कतिसम्म हो भन्ने कुरा नै हामिलाइ थाहा छैन । सूचना त पत्रकारका लागि मात्र हो भन्ने सोचेका छौँ । अनि हामी कुनैपनि सूचना माग्न हाकिमकहाँ जान डराउँछौँ पहिलो कुरा । दोस्रो कुरा हामी त्यो भन्दापनि तलकोमा जान डराउँछौ । र हामी बाहिर ब्रोकर खोज्छौ अनि मात्र जान्छौ । अब आम नागरिकले जान्न पर्नेकुरा के हो भने, कुुनै पनि नागरिकले सरकारी कार्यालयको बाहिर भित्तामा सूचना अधिकारी भनेर लेखेको व्यानर राखेको हुन्छ । हो त्यहि व्यानरमा भएको कर्मचारीलाइ भेट्ने वा सोध्ने हो । हामी त्यहासम्म पुग्नै नसकेको सत्य हो । पुग्न जरुरी छ । अर्को कुरा नागरिक वडापत्रमा पनि स्पष्ट लेखिएको हुन्छ की कुन कामका लागि के कति समय वा शुल्क लाग्ने भनेर सोहि अनुसार हामी चल्न सकेमा कर्मचारी तन्त्रको अन्त्य हुन्छ र सूचना व्यक्ति व्यक्तिसम्म पुग्छ । त्यहाँ प्रष्टै छ नी यदि समयमा काम नभएमा सेवा ग्राहीले क्षतिपूर्तिको समेत माग गर्न सक्छन् जसका लागि हामीले सचेतना गराउने प्रयास गरिरहेका छौँ ।
कोरोना महामारीको समयमा संजालको भुमिका कस्तो रह्यो ?
पोखरा महानगरपालिकाको संजालको भुमिका निकै महत्वपूर्ण रह्यो । हामीले कोभिडको खोप वितरण गर्दा होस या राहतका प्याकेज ल्याउँदा होस् । पिडितसम्म पुगेका छन की छैनन् भन्ने सम्पूर्ण जानकारी राख्यौँ । खोपमा भने निकै समस्या देख्यौँ । संजालकै सक्रियतामा खोप हराएको सूचना बाहिर ल्यायौँ जुन कुरा केहि पत्रपत्रिकाले प्रकाशन समेत गरेको थियो । कोरोनाको सुरुवाती चरणमा त बाटोमा नै तगाँरो राख्नेसम्मका काम भए जुन अनावस्यक थियो । बाटो छेकेर कोरोना छेकिने होइन् । कोरोनालाई सुरुमा जुन रुपमा हेरिएको थियो अपहेलना गर्ने किसिमको हामीले पनि सूचना दिदैँ हिड्यौ भ्रममा नपरौँ सबैलाइ माया गराँै भन्दै ।
खोपमा अनियमितता भयो भन्ने कुरा पनि बाहिर आएको थियो नि ?
हो, संजालकै सक्रियताले त्यो कुरा बाहिर आउन सफल भएको हो । जब महानगरमा खोप वितरण हुन थाल्यो । हामीले सबै वडामा संजालका प्रतिनिधि पठायौँ । हरेक क्षेत्रको भिडियो क्लिप हामीसँग छ । कस्ले खोपको दुरुपयोग गर्यो भन्ने कुरा ।
कस्तो देखियो भन्दा जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका आफन्तहरुलाइ पहिला खोप लगाइयो । लक्षित समूह भन्दा बाहिर । यस्को ज्वलन्त उदाहरण आज लगाइएकै दोस्रो डोजमा उपस्थिति भएका व्यक्तिलाइ हेर्न सकिन्छ । के उनीहरु वृद्ध थिए र ? उसले नाता,कृपावादबाट लगायो । धेरैजसो खोप केन्द्रबाट खोप समेत हरायो । उदाहरणका लागि ८ सय खोप ल्याएकोमा ७ सय खोपको मात्र तथ्याङ्क छ बाकि खोप कहाँ गयो ? त्यो आफन्तकोमा चिन्जानकोमा पुग्यो ।
खोप हराएको सूचना पनि माग गर्नभयो होला के भयो त ?
हामीले वडा नम्बर ६ मा सूचना मागेका छौँ । त्यहाँ खोप प्रत्यक्ष हराएपछि हामीले कहाँ गयो ? कसरी गयो र कस्ले लग्यो भन्दै सूचना माग गर्र्यौ जुन कुरा जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत माग गरेका थियौँ । त्यहाँबाट अच्म्मको कुरा आयो । जवाफ कस्ता आएभने स्वास्थ्य शाखाबाट पनि, प्रशासनबाट पनि र सम्बन्धित कर्मचारीहरुबाट पनि कस्तो आयो भन्दा खेरी यो खोप जसले लिएर गएपनि स्टक राख्ने चिज होइन् । यो लगेर खाने चिज होइन् । सुन होइन चादिँ होइन् कसैले लगाएपनि त लगाएनि त खोप त लगाइयोनि जहाँबाट लगाएपनि जस्ले लगाएपनि भन्ने जवाफ आयो । लक्षित समूहलाइ लगाउनुपर्ने खोप अन्यत्र पुग्नु दुरुपयोग भएकै हो ।
अन्त्यमा सूचना माग्दा फाइदा के हुन्छ त ?
सूचना माग्दा फाइदा भनेको हाम्रो शासनलाइ एउटा सिस्टममा ल्याउन सकिन्छ । कुनैपनि काम छिटो छरितो हुन्छ । हामीले प्रश्न गरेनौ भने अराजकता, कर्मचारीतन्त्रको विगविगि बढ्दै भ्रष्टचार बढ्छ र यसको न्युनिकरण सूचना मागेपश्चात नै हुन्छ । हामी पनि सक्षम नागरिक हुन्छौ धन्यवाद ।


























प्रतिक्रिया लेख्नुहोस्:-