२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ट्राफिक प्रहरी बढाउने भन्दा प्रविधि बढाऔँ भन्ने पक्ष जोड दिएका छौँ

गण्डकी प्रेस
साउन २०, २०७८ १७:३७ मा प्रकाशित
अन्तर्वार्ता
ट्राफिक प्रहरी बढाउने भन्दा प्रविधि बढाऔँ भन्ने पक्ष जोड दिएका छौँ
71
SHARES
Share on FacebookShare on Twitter


गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको कमि छ । कमि भएपनि जेनतेन चलिरहेको छ र आगामी दिनमा प्राविधिक रुपमा अघि बढ्ने गरी अघि बढिरहेको छ । गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको अवस्था, अवको योजना, कोरोना महामारीको समयमा आएका सवारी जोर विजोर प्रणाली समस्याको लगायतका विषयमा गण्डकी प्रेस संवाददाता विजय नेपालीले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालसंग गरेको कुराकानी ।

गण्डकी प्रदेशको ट्राफिक प्रहरी व्यवस्थापन कस्तो छ ?

तपाइँको प्रश्न अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण छ । गण्डकी प्रदेश भनेको तराइको जिल्ला, शहरी जिल्ला, पाहाडी र हिमाली जिल्लाको समिश्रण प्रदेश हो । यसमा हामीले राजमार्गको अनुभव पनि भोगिरहेका छौँ । पहाडी लोकमार्गको अनुभव पनि भोगेका छौ, हिमाली भेगको बाटोपनि भोगेका छौँ र भित्री सहरी बाटोपनि अनुभव गरेका छौँ ।
भनेको विविधताले भरिएको गण्डकी प्रदेश हो । विविधताले भरिएको प्रदेशमा ट्राफिक व्यवस्थापनमा पनि त्यहि विविधताले भरिएको प्रविधिमा आधारित रहन्छ ।
जस्तै हामीले व्यवस्थापनका लागि हाइवे फोकस ट्राफिक म्यानेजमेन्ट सिस्टम अर्थात राजमार्ग केन्द्रित ट्राफिक व्यवस्थापनलाइ एक तरिकाले हेरिरहेका छौँ । भने, दोस्रो पहाडी लोकमार्गलाइ ध्यान दिएर व्यवस्थापन गरेका छौँ । तेस्रोमा सहर केन्द्रित छ भने अर्कोमा चाहि हामीले निमार्णाधिन कच्चि सडकहरुलाइ पनि फोकस गरेर टाफिक व्यवस्थापनमा ध्यान दिएका छौँ । यी सबै कुरालाइ ध्यान दिएर हामीले विशेषगरी पहाडी र हिमाली भेगहरुमा भौतिक ट्राफिक व्यवस्थापन र केहि शहरहरुमा प्रविधिको व्यवस्थापन गरेका छौँ । तर, गण्डकी प्रदेशमा भने हामी अधिकाशं भौतिक ट्राफिक व्यवस्थापनमै छौँ । र हामी विशेषत प्राविधिकमैत्री ट्राफिक व्यवस्थापनमा जानुपर्छ भन्ने मायन्तालाइ प्राथमिकता दिइरहेका छौँ ।

ट्राफिक व्यवस्थापन गर्ने बाहानामा ट्राफिक प्रहरीले चिटकाट्दै बढि रकम लिने गरेको आरोप आउने गर्छनी ?

हो हामीलाइ यस्तो आरोप आउने गरेका छन् । कहि कतै त्यसता घटनापनि घटेकै हुन् । तर मैले गण्डकी प्रदेशका सबै जिल्लामा अब स्मार्ट जरिवानाको परिकल्पना ल्याएको छु ।

के हो यो स्मार्ट जरिवाना र कहिलेबाट कार्यान्वयन हुन्छ त ?

यो एन्ड्रोइड मोबाइलबाट नै सवारी जरिवाना तिर्ने व्यवस्था हो । चिट काट्ने र कार्वाहि गर्दा विभिन्न आरोप आउने गरेकै काराण सिधा मोबाइलबाट जरिवाना तिर्ने व्यवस्थ गर्न लागेका हौँ । कसैले ट्राफिक नियमको उल्लङघन गरे सोहि स्थानबाटै क्यूआर कोड मार्फत जरिवाना तिर्ने व्यवस्था मिलाउने तयारी गरिरहेका छौँ । काम हुदैँछ छिट्टै संचालनमा आउँछ ।

तपाइले प्रविधिमा जानुपर्छ भन्नु भयो तर, गण्डकी प्रदेशकै राजधानीमा पनि एका दुइ ठाउँमा मात्रै लाइट राखिएको छ । राख्नुपर्ने मुख्य चोकमा लाइट छैननी ?

यो निकै महत्वपूर्ण कुरा हो । ट्राफिक व्यवस्थापनमा थुप्रै संस्थाको समन्वयात्मक भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । हामी ल इन्फोर्समेन्ट एजेन्सि भएको कारणले हाम्रो प्राइम जब भनेको चाहिँँ एटजेसन्टिङ पूर्वाधारमा ट्राफिक भायलोसेन्स भयो भने कानुन अनुसार त्यसालइ कार्यान्वयन गर्ने हाम्रो प्राइम जिम्मेवारी हो । हामिले पोखरा महानगरपालिकामा पनि ट्राफिक लाइट राख्ने व्यवस्था विस्तारै गर्दै आइरहेका छौँ । प्रविधिमैत्री र हरेक चोकहरुमा चाहिँ टाफिक लाइटको व्यवस्थापन गर्नका लागि अगाडी बढेका छौँ ।
हामीले सरोकारवाला निकायको बजेटलाइ ख्याल गर्दै २ पृथ्ैवीचोक, सभागृह चोक जस्तै अन्य चोकहरुमा पनि व्यवस्थाप प्रविधिमैत्री बनाउन लागि परेका छौँ । सम्बन्धित निकायलाइ सल्लाह गरेका छौँ ।

गण्डकी प्रदेशमा कति ट्राफिक प्रहरी छन् र कस्तो छ अवस्था ?

गण्डककी प्रदेशमा हामीले भौतिक ट्राफिक व्यवस्थापन र प्रविधि व्यवस्थापन दुवैलाइ संगसगै अघि बढाएका छौँ । प्रदेशभर ३४२ ट्राफिक प्रहरीहरु रहेका छौँ र त्यसमा हामीले ठुलो सहर र महानगरपनि भएकाले पोखरामा ९० जना बढि ट्राफिक प्रहरी परिचालन गरिरहेका छौँ । समानुपातिक रुपमा हामीले सबै जिल्लामा व्यवस्थापन गरेका छौ । हामीले कतिपय ठाउँमा प्रहरीहरुलाइ पनि प्रयोग गरिरहेका छौ । राजमार्गमा हामीले सचेतनामुलक लेजर गनको प्रयोग गर्ने गरेका छौँ । जसले गतिको मात्रा नाप्ने काम गरिहेको छ । सांकेतिक बोर्डहरुको कमि भइरहेको अवस्था नै छ तैपनि केहि मात्रामा बोर्डहरु राख्ने काम भने गरिरहेका छौँ ।

पोखरामा ट्राफिक प्रहरीको कमी रहेको कुरा छ कसरी व्यवस्थापन भएको छ ?

पोखरामा मात्र होइन गण्डकी प्रदेशमै पनि संख्यात्मक रुपमा ट्राफिक प्रहरीको कमी भएकै छ । हामीले संख्या बढाउने भन्दापनि प्रविधिलाइ जोड दिदैँ प्रविधि बढाऔँ भन्ने पक्षलाइ पुर्णतरिकाले जोड दिएका छौँ । तर, प्रविधिको पर्याप्तता नभएको कारण अपुग ट्राफिक प्रहरीलाइ नै थप तालिम दिएर तालिमप्राप्त जनशक्ति बनाएर अघि बढिरहेका छाँै । अहिले पोखरा भित्र ६ ट्राफिक पोष्ट खडा गरेका छौ । कास्की जिल्लाका सिमानामा पनि भौतिक रुपमा ट्राफिक प्रहरी व्यवस्थापन गरिहेका छौ । जहाँ जहाँ आवस्यकता हुन्छ त्यहाँ त्यहाँ व्यवस्थापन गर्ने गरेका छौँ ।

सडक दुर्घटनाका कारण ट्राफिक व्यवस्थापन नहुनु हो पनि भन्छन नी ?

तपाइको केहि कुरामा सत्यता छ । सबैले के बुझ्नपर्छ भनेनी हामी विकास चाहान्छौ । विकास विरोधी होइनौँ । कुनै ठाउँको विकास हुन त्यहाँ सडक पुग्नैपर्छ । सडक नै प्राथमिकतामा पर्छ । यसरीनै धेरै सडक बनेका छन् त्यो मध्यपनि कहि कतै सडक चक्लाउने जस्ता कामहरुपनि भएका छन् । निमार्ण चरणका सडकहरुमा पक्कैपनि ट्राफिक व्यवस्थापनमा आशा गरेजस्तो हुदैँन । व्यवस्थापनमा चुनौती आउँछ नै दुर्घटनाको सम्भावना पनि बढि नै हुन्छ । त्यो हामीले यथार्थमा स्विकार्नुपर्छ । भलै त्यो कुरालाई पनि मध्यनजर राखेर बनिरहेका सडकहरुमा पनि जहाँ खाल्डो पर्यो त्यहाँ सडक स्थानीय निकायसंग समन्वय गरेर तत्काल पुर्ने काम पनि हामीले गरिरहेका छौँ । हो कहिँले काहिँ विकास निमार्णका काम हेर्ने हो भने, नवलपुरको गैडाकोटसम्मको बाटो, मध्यमहाडी लोकमार्गको बाटो खाल्डो पुर्न खोज्यो भने पनि तत्कालै पुर्न सकिदैन । त्यसैलेपनि दुर्घटना हुनसक्छ ।

कोरोना महामारी व्यापक रुपमा फैलिइरहेको छ । यस्तो महामारीको समयमा ट्राफिक कस्तो समस्या आउने गरेको छ ?

कोरोना महामारीले विश्वव्यापी रुपमा असर गरिरहेको छ । फ्रन्टलाइनमा काम गर्ने जो सुकैपनि ट्राफिकमात्र होइन स्वास्थ्यकर्मीदेखि लिएर पत्रकारसम्म पक्कैपनि उच्च जोखिममा हुनुहुन्छ । ट्राफिक प्रहरीको कुरा गर्नुपर्दा हामीले निर्धारित मापदण्डहरु तदारुकताका साथ परिपालन गरेका छौँ । ती मध्ये मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजरको प्रयोग र सामाजिक दुरी कायमै गरेर सवारी चेकजाच गर्ने गरेका छौँ । कार्यालय आउने बेलामा पनि सबैले साबुनपानीले हात धुने व्यवस्था गरिरहेकै छौँ । हामीले कोरोनाबाट बच्नका लागि एउटै मात्र मुल मन्त्र आफु बचौँ र अरुलाइ पनि बचाऔँ भन्ने कुरालाइ आत्मसाथ गरेर बसेका छौ । हामीमात्र होइन सवारी चालकलाइ समेत सोहि अनुसारको सचेतनामुलक कार्यक्रम संचालन गरेका छौँ ।
हिजोबाट मात्र हामीले पोखरामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेका छौँ । विभिन्न चोकमा पम्प्लेट लिएर कोरोनाको तेस्रो लहर आउन सक्छ हैँ भन्दै सचेत गराएका छौँ । अवलम्बन गर्ने र सोहि मापदण्ड सवारी चालक,पैदल यात्रीलाइ समेत अवलम्बन गराउँदै आएका छौँ ।

कोरोनाको समयमा ट्राफिक प्रहरीले सवारी निगरानीका साथै स्वास्थ्य सामग्री समेत वितरण गर्दै आएको हो ?

विभिन्न स्थानीय तह तथा संघ संस्थाहरुको सहयोगमा हामीले प्रदेशभर ७५ हजार बढि मास्क वितरण गरेका छौँ । त्यसैगरी हामीले २ लाख बढि सवारी चालकलाइ सचेतना गर्ने काम गरिसकेका छौँ ।

सवारी जोर विजोर प्रणाली भनेको चाहिँ के हो त ?

सवारी जोर विजोर प्रणाली भनेको सिधा रुपमा बुझ्ने कुरा हो । जोर नम्बर छ भने जोर विजोर नम्बर छ भने विजोर त्यही हो ।

सवारी जोर विजोर नम्बर कसरी हेरिन्छ त ? कसरी थाहा पाउने जोर हो या विजोर हो भनेर ?

यो सजिलो छ । हामीले जोर विजोर प्रणालीमा पछाडीको नम्बरलाइ हेर्ने गर्छौ । पछाडीको नम्बर जोर भए जोर र विजोर भए विजोर हुन्छ । उदाहरणका लागि ग ९ प १५२४ नम्बरको सवारी छ भने त्यो जोरमा पर्छ । तपाइको सवारीको पछाडीको नम्बर अनुसार नै चल्ने हो । तपाइलाइ निकै झुक्किनुभयो भने नजिकैको प्रहरी वा सरकारी निकायमा फोन गरेर सोध्नपनि सक्नु हुन्छ ।

अन्त्यमा सवारी चालकलाइ कोरोना सम्बन्धि के भन्न चाहानुहुन्छ ?

आम रुपमा सवारी चालक सहचालकहरुलाइ हाम्रो विनम्रताका साथ आग्रह के छ भने । अफ्नो सवारीमा वा आफुले सवारी चलाउँदा स्वास्थ्य मापदण्ड अपनाएको छ कि छैन भनेर ख्याल गरिदिनुहोला । चालक सहचालकहरुले कोरोनाबाट आफु बच्न परिवारलाइ बचाउन र सर्वसाधारणलाइ बचाउन निर्धारित मापदण्डहरुको पालना प्रभावकारी रुपमा अवलम्बन गरिदिनुहोला र त्यो मात्र अवलम्बन गरिदिनुभयो भने यहाँ पनि सुरक्षित हुनुहुन्छ र अरुलाइपनि सुरक्षित राख्नु हुन्छ धन्यवाद ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा