लेखनाथ । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सवमा अहिलेसम्म एक सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएका छन् ।
सोमबार विद्यालयस्तरिय कार्यक्रम, रत्यौली गीत, जनजातीको पहिचान सहितको नृत्यहरु राखिएको थियो । गायनतर्फ पूर्णकला वि.सी र चन्द्र शर्मा लगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दिप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।
यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-