२०८३ अशोज २०, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

गण्डकी प्रेस
अशोज ७, २०८३ १०:०० मा प्रकाशित
अर्थ, पर्यटन, प्रमुख समाचार, समाचार, समाज
गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम
3
SHARES
Share on FacebookShare on Twitter


पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको रुपमा सिफारिस गरेसँगै यसको चर्चा झनै चुलिएको छ ।
भिटोफले बर्सेनि तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्ने गरेकोमा यसपालि दगाम सूचीमा परेको हो । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गाउँलाई पर्यटनसँग जोड्ने अभियानमा आफूहरू लागिपरेको भिटोफका अध्यक्ष रमेश अर्यालले बताए । अन्नपूर्ण हिमालको पदयात्राको प्रवेशद्वार तथा पहाडैपहाडका गाउँ भएकाले गण्डकी प्रदेशमा गाउँ पर्यटनको सम्भावना धेरै रहेको उनले बताए ।
गण्डकीबाट विगतमा गन्तव्य गाउँका लागि सिफारिस भएका गाउँमध्ये अधिकांशमा गुरुङ समुदायको बस्ती रहेको गाउँको बाहुल्यता थियो । तर यहाँका २३ घरमध्ये २० घर मगर र तीन घर मात्र गुरुङ समुदायको रहेको छ । गाउँको विशेषता मगर समुदायको मौलिक भेषभूषा, नाचगान, संस्कृति

 आदि हुन् ।
२०६५ सालमा सिरुबारी गाउँ अवलोकन गरेपछि गाउँलेहरू मिलेरै दगाम सामुदायिक होमस्टे सुरु गरेका थिए । होमस्टे संयोजक नन्द थापाले पोखरासहित भैरहवा, बुटवल, नारायणगढ तथा काठमाडौंबाट समेत पाहुना आउन थालेको बताए । चारैतिर खुलेको डाँडाबाट दृश्यावलोकन गर्न सकिने तथा एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देख्न सकिने भएकाले दगाम पर्यटकको रोजाइमा पर्न थालेको बताए । पाहुनालाई कोदो, मकै, पिँडालु, सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकारसँगै गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले बताए ।
आन्तरिक पर्यटक मुना कोइरालाले उत्तरमा मनोरम हिमश्रृंखला, डाँडाकाँडा र प्राकृतिक दृश्यले आकर्षित गरेको र स्थानीय अर्गानिक उत्पादनबाट तयार परिकार खुवाउने शैलीले नयाँ अनुभव दिएको बताइन् । स्थानीय सांस्कृतिक नृत्य साथै समुदायको संस्कृतिलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएको बताइन् ।
शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले दगाम होमस्टेलाई नगरपालिकाले राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास गरिरहेको जानकारी दिए । सरसफाइ, सुरक्षा, इन्टरनेटलगायत आवश्यक सुविधा विस्तार गर्नुका साथै पर्यटनसम्बन्धी निकाय र पोखरा महानगरपालिकासँग सहकार्य गरेर पोखराबाट पर्यटक ल्याउने प्रयास भइरहेको उनले
बताए ।
यसैबीच, भिटोफ गण्डकीले दगाममा असोज ५ र ६ गते घरबास प्रवद्र्धन कार्यक्रम गरेको छ । ४७ औं विश्व पर्यटन दिवस अवसरमा डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमतामार्फत पर्यटनको नयाँ स्वरुप निर्माण नाराका साथ दगाम सामुदायिक होम स्टेको स्थानीय आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत रामहरि ढुंगाना, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा र पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरेराम अधिकारीले विश्व पर्यटन दिवसको महत्त्व र ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रमा पु¥याउने योगदानबारे धारणा राखेका थिए ।
हाइकर्स क्लब नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल पंछि समाज, टुर एण्ड ट्राभल्स एसोसिएसन, पोखरा महानगरपालिका आर्थिक महाशाखा र पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रलगायतका संघसंस्थाका प्रतिनिधि सहभागी थिए । भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष विश्वराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव विशाल पौडेलले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन