नेपाली कांग्रेसको महाधिवेसन सुरु भइसकेको छ । महाधिवेसनका लागि वडातहको अधिवेसन सम्पन्न भएको छ । महाधिवेसन चलिरहँदा कास्की कांग्रेसमा दलितको अवस्था र राजनीति नेतृत्वमा दलित नेता पुग्न सक्छन की सक्दैनन् भन्ने विषयमा नेपाल दलित संघका सभापति एवम् हालैमात्र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित दुर्गा बहादुर सुनार संग संवाददाता विजय नेपालीले गरिएको कुराकानी ।
तपाईंपनि भरखरै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभयो खुल्ला प्रतिस्पर्धामा जानुभयो की आरक्षणबाट ?
आरक्षणबाटै गएको हुँ । हामीहरु बिचमा पनि प्रतिस्पर्धा भयो । टुकलाल नेपाली र मेरो बिचमा प्रतिस्पर्धा हुदैँ म निर्वाचित भएको हुँ ।
कास्की जिल्लाभरका वडा अधिवेसनमा दलित उपस्थिति कस्तो रह्यो ?
वडा नम्बर ५ मा करिब ३०–३५ जनामात्रै क्रियाशिल साथिहरु हुनुहुन्छ । त्यसमा पनि हामी ३ जना क्षेत्रीय प्रतिनिधिका लागि लडेका हौं । रुपा विश्वकर्माले दिएको उम्मेदवारी फिर्ता लिनुभयो । टुकबहादुर र म बिच प्रतिस्पर्धा भयो । क्षेत्रीय प्रतिनिधिमा आउने साथिहरु त हुनुहुन्छ नै तर वडा सभापतिमा भने हाम्रो समुदायबाट हुनुहुदैन् । तैपनि अन्य पदका लागि भने राम्रो उपस्थिति रहेको देख्छु ।
कास्कीका कति वडामा दलितले आफ्नो उम्मेदवारी दिए त ?
कास्की जिल्लाकै हेर्नुपर्दा प्रत्येक वडामा बढिमा ५ जनासम्म क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । तर, वडा सभापतिमै भनेर त छैनन् । अन्य पदमा भने पक्कैपनि छन् ।
कास्कीमा दलितको अवस्था कस्तो छ ?
कास्कीमा दलितको अवस्था पार्टीगत हेर्दा अहिले कसैलाई आरोप प्रत्यारोप लगाउने छैन । हाम्रो समुदायको तर्फबाट हेर्दाखेरीमा १४ औ महाधिवेशनमा राम्रो उपस्थिति रहेकाले पनि राम्रै छ भन्ने लाग्छ । १० औ महाधिवेशनमा वडा ५ मा म मात्रै क्रियाशिल सदस्य थिए । तर, अहिले करिब ४० जनासम्म पुगेका छन् ।
वडागत रुपमा हेर्दा नेतृत्व तहमा त दलित कोहीपनि भेटिदैनन् किन यस्तो भयो के कांग्रेसलाई दलितले हाक्न नसक्ने हो ?
अब मैले हेर्दा पार्टीलाई दोष लगाउने कि हाम्रो समुदाय नै अग्रसर नभएको भन्ने द्वुविधामा छु । जसरी पार्टीले अधिकांश स्थानमा अहिले आरक्षण कोटाबाट हरेक क्षेत्र वडामा प्रतिनिधित्व गर्ने बातावरण सृर्जना गरको छ । पार्टीले आरक्षणलाई निरन्तरता दिन खोजेको जस्तो देखिन्छ । तर अहिले हरेक क्षेत्रमा साथीहरु अगाडी बढ्छौ भन्ने समयमा कता कति स्थान दिन नखोजेको हो कि भन्ने मलाइपनि लागेको छ ।
आरक्षणबाट समावेश गर्दै लाने प्रचलन रहिआएको छ तर, पनि नेतृत्व लिनका लागि दलितको सहभागिता किन कम हुन्छ ?
अन्य जाति भनेर २०६३ ले जसरी सम्बोधन गरेको खस आर्य जनजाति । नेपाली कांग्रेसको विधानले संसोधन गरेको छ । त्यस विषयमा अरु जिललामा भन्दा कास्कीमा भएका नेताहरुले यस समुदाय प्रति अलिकति इष्र्या गरेको हो कि यो समुदायलाई अघि बढ्न नदिएको हो कि भन्ने कुराहरु देखिएका छन् । त्यसैले यहि हेर्दा समेत पार्टीका जननायक विपी कोइराला, गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भटराई लगायतका हामी कार्यकता भएपनि कास्कीमा पूर्व सभापति आमन्त्रित रुपमा मात्रै जिल्लामा दिएको इतिहासमा देखिन्छ । पार्टीले अहिलेसम्मको इतिहासमा पहिलो पटक दलितलाई आमन्त्रण गरेर सदस्य दिएको भनेकै स्व.भवे सार्की मात्रै हुनुहन्थ्यो । अहिले आएर बढो मुस्किलले प्रेम परियारलाई सम्म लगेको देखियो तर, विचमा हटाइयो ।
कुनैपनि ठाउँमा मनोनित गर्दा वा पुर्याउँदा कम्सेकम नेताहरुले त्यही पार्टीको संस्था जस्ले पार्टीको नेतृत्व गरिरहेको छ । समन्वय पनि छैन सोधाइ पनि छैन एकैचोटि मन लाग्यो भने टपक्क टिपेर लाने होइन भने छाडिदिने प्रवित्ति देखिएको छ ।
वातावरण छैन । मैले पटक पटक भनेको थिए सोझै निर्वाचित भएर जाने वातावरण छैन । खुल्ला किसिमले जान रोक लगाइएको कास्की जिल्लामा पाइएको छ । तर, हामीले १४ औं महाधिवेशनमा वर्गिए हिसाबले, भातृसंगठनका हिसाबले धेरै साथिहरुलाई जिल्ला कार्यसमितिमा उम्मेदवारीका लागि आह्वान गरेका छौ । साथीहरु त्यसमा जान तत्पर देखिएका छन् र आउन आग्रह गरिरेहेका छौं यो पटक दलितको पनि सहभागिता रहनेछ । पार्टीले कति दिन्छन् भन्ने हेर्न बाकि नै छ । सद्यैं विभिन्न बहानाबाजि गर्दै टार्दै जाने गरिएको थियो यो पटक आशा छ त्यसो नहोस् ।
जिल्ला देखि केन्द्रसम्मको नेतृत्वमा जानसक्ने दलित नेता कति छन् ?
नेतृत्वमै जान सक्ने ७–८ जना योग्य व्यक्ति नै छन् । जसले जिल्ला सभापति देखि केन्द्रिय सदस्य र पदाधिकारीसम्म तत्काल जान सक्ने देखिन्छन ।
यो अधिवेसनपश्चात नगर, जिल्ला कार्यसमितिसम्म दलित नेतृत्व देखिन्छ त ?
एक्दमै यो अधिवेसनपश्चात हामीलाई त्यहाँ देख्न सक्नुहुनेछ । अहिले जानका लागि सबै तमतयार छन् । हामी योग्य भइसकेका छौ । पहिला जस्तो विभेदकारी रुप अहिले त छ भन्न मिल्दैन । पहिलाका दलित नेताहरुलाई नगर जिल्लामा आउन समेत कठिन थियो । सम्भवनै थिएन । अहिले भने केही सहज वातावरण बनेको छ । त्यसैलेपनि नगर देखि जिल्लासम्म ठुला पदमा नभएपनि सदस्य भने आउँछन् ।
१४ औ महाधिवेसनले दलितका लागि समेत नेतृत्वमा पुग्न कस्तो भुमिका खेलेको छ ?
यो महाधिवेसनबाट बल्ल हाम्रा लागि ढोका खोलिएका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधि जाने तरिका यहि नै हो । केन्द्रिय कार्यसमितिमा रहेकाहरु क्षेत्रीय हुने स्वभाविक हो वहाँहरु त्यका लागि योग्य भइसक्नुभयो । तर, तल्लो तहाबाट माथि पुग्नका लागि क्षेत्रीय प्रतिनिधि हुनैपर्छ । नगर,जिल्ला लगायत हरेक तहमा जानका लागि यो पहिलो खुडकिलो हो । यो प्रावधान भने बल्ल आएको छ ।
तपाईँ नै फेरी दलित संघको जिल्ला सभापतिमा दोहोरिने योजना के छ त ?
मैले पहिला अधिवेसन निर्वाचन पश्चात विजयी हुदाँनै भनेको थिए । मेरो सभापतिमा पुन: दोहोरिने छैन् । अहिलेपनि क्षेत्रीय प्रतिनिधि भएको छु आगमी अन्य साथिलाई अवसर दिनेछु । एक कार्यकाल भन्दा लिएको छैन । र मेरो मान्यता भनेकै एक कार्यकाल भन्दा बढि बस्नु हुन्न भन्ने नै हो ।
दलित हकहितका लागि बोल्ने अनि पदमा पुगेपछि दलित नेतालेनै अग्रपंक्तिमा आउन नदिने वा रोक लगाउने आरोप आउने गर्छ नी ?
सबैको आ–आफ्नो विचारमा भर पर्ने कुरा हो । सबैको आचरण र स्वभाव एकै हुदैँनन् । माथिल्लो तहका नेताहरुले कसरी आफ्नो स्थान ओगट्नु भएको छ कसैलाई आरोप लगाउन म चाहान्न । किनभने एउटै साथि धेरै ठाउँमा पटक पटक दशौ महाधिवेसनबाटै दोहोरिएको पाएको छु । त्यो सोच्ने भनेको वहाँहरुले नै हो । आफूमात्र नभएर अन्य साथीहरुलाईपनि माथि आउनदिन पर्छ भन्ने मान्यता राख्नु पर्ने हो त्यो भएको पाउँदैनौ । एउटै व्यक्ति पटक पटक दोहोरिनु हुदैन नाम त नभनिहालौ तर, केही साथिहरु सद्यै यहि संस्थालाई देखाएर लाभ लिइरहेका भने पक्कै छन् । पार्टीमा लाग्दा कुन तह र कुन पदसम्म पुग्ने भन्ने ग्यारेन्टि नहुँदा नै कयौँ दलित नेता भोटर भएरै बसेको अवस्था छ ।
अन्त्यमा ?
कांग्रेसको महाधिवेशन सफल बनाऔ । जुन रुपमा दलितको राजनैतिक अवस्था र नेतृत्वका बारेमा चासो राख्दै आज यो अवसर दिनुभयो सम्पूर्ण ढोरपाटन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु धन्यवाद ।

























प्रतिक्रिया लेख्नुहोस्:-