२०८३ कार्तिक १२, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आरक्षणबाट जाने समेत पहिलो खुडकिलो हो

गण्डकी प्रेस
भदौ २४, २०७८ ०८:४७ मा प्रकाशित
अन्तर्वार्ता
आरक्षणबाट जाने समेत पहिलो खुडकिलो हो
25
SHARES
Share on FacebookShare on Twitter


नेपाली कांग्रेसको महाधिवेसन सुरु भइसकेको छ । महाधिवेसनका लागि वडातहको अधिवेसन सम्पन्न भएको छ । महाधिवेसन चलिरहँदा कास्की कांग्रेसमा दलितको अवस्था र राजनीति नेतृत्वमा दलित नेता पुग्न सक्छन की सक्दैनन् भन्ने विषयमा नेपाल दलित संघका सभापति एवम् हालैमात्र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित दुर्गा बहादुर सुनार संग संवाददाता विजय नेपालीले गरिएको कुराकानी ।

तपाईंपनि भरखरै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभयो खुल्ला प्रतिस्पर्धामा जानुभयो की आरक्षणबाट ?
आरक्षणबाटै गएको हुँ । हामीहरु बिचमा पनि प्रतिस्पर्धा भयो । टुकलाल नेपाली र मेरो बिचमा प्रतिस्पर्धा हुदैँ म निर्वाचित भएको हुँ ।

कास्की जिल्लाभरका वडा अधिवेसनमा दलित उपस्थिति कस्तो रह्यो ?
वडा नम्बर ५ मा करिब ३०–३५ जनामात्रै क्रियाशिल साथिहरु हुनुहुन्छ । त्यसमा पनि हामी ३ जना क्षेत्रीय प्रतिनिधिका लागि लडेका हौं । रुपा विश्वकर्माले दिएको उम्मेदवारी फिर्ता लिनुभयो । टुकबहादुर र म बिच प्रतिस्पर्धा भयो । क्षेत्रीय प्रतिनिधिमा आउने साथिहरु त हुनुहुन्छ नै तर वडा सभापतिमा भने हाम्रो समुदायबाट हुनुहुदैन् । तैपनि अन्य पदका लागि भने राम्रो उपस्थिति रहेको देख्छु ।

कास्कीका कति वडामा दलितले आफ्नो उम्मेदवारी दिए त ?
कास्की जिल्लाकै हेर्नुपर्दा प्रत्येक वडामा बढिमा ५ जनासम्म क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । तर, वडा सभापतिमै भनेर त छैनन् । अन्य पदमा भने पक्कैपनि छन् ।

कास्कीमा दलितको अवस्था कस्तो छ ?
कास्कीमा दलितको अवस्था पार्टीगत हेर्दा अहिले कसैलाई आरोप प्रत्यारोप लगाउने छैन । हाम्रो समुदायको तर्फबाट हेर्दाखेरीमा १४ औ महाधिवेशनमा राम्रो उपस्थिति रहेकाले पनि राम्रै छ भन्ने लाग्छ । १० औ महाधिवेशनमा वडा ५ मा म मात्रै क्रियाशिल सदस्य थिए । तर, अहिले करिब ४० जनासम्म पुगेका छन् ।

वडागत रुपमा हेर्दा नेतृत्व तहमा त दलित कोहीपनि भेटिदैनन् किन यस्तो भयो के कांग्रेसलाई दलितले हाक्न नसक्ने हो ?
अब मैले हेर्दा पार्टीलाई दोष लगाउने कि हाम्रो समुदाय नै अग्रसर नभएको भन्ने द्वुविधामा छु । जसरी पार्टीले अधिकांश स्थानमा अहिले आरक्षण कोटाबाट हरेक क्षेत्र वडामा प्रतिनिधित्व गर्ने बातावरण सृर्जना गरको छ । पार्टीले आरक्षणलाई निरन्तरता दिन खोजेको जस्तो देखिन्छ । तर अहिले हरेक क्षेत्रमा साथीहरु अगाडी बढ्छौ भन्ने समयमा कता कति स्थान दिन नखोजेको हो कि भन्ने मलाइपनि लागेको छ ।

आरक्षणबाट समावेश गर्दै लाने प्रचलन रहिआएको छ तर, पनि नेतृत्व लिनका लागि दलितको सहभागिता किन कम हुन्छ ?
अन्य जाति भनेर २०६३ ले जसरी सम्बोधन गरेको खस आर्य जनजाति । नेपाली कांग्रेसको विधानले संसोधन गरेको छ । त्यस विषयमा अरु जिललामा भन्दा कास्कीमा भएका नेताहरुले यस समुदाय प्रति अलिकति इष्र्या गरेको हो कि यो समुदायलाई अघि बढ्न नदिएको हो कि भन्ने कुराहरु देखिएका छन् । त्यसैले यहि हेर्दा समेत पार्टीका जननायक विपी कोइराला, गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भटराई लगायतका हामी कार्यकता भएपनि कास्कीमा पूर्व सभापति आमन्त्रित रुपमा मात्रै जिल्लामा दिएको इतिहासमा देखिन्छ । पार्टीले अहिलेसम्मको इतिहासमा पहिलो पटक दलितलाई आमन्त्रण गरेर सदस्य दिएको भनेकै स्व.भवे सार्की मात्रै हुनुहन्थ्यो । अहिले आएर बढो मुस्किलले प्रेम परियारलाई सम्म लगेको देखियो तर, विचमा हटाइयो ।
कुनैपनि ठाउँमा मनोनित गर्दा वा पुर्‍याउँदा कम्सेकम नेताहरुले त्यही पार्टीको संस्था जस्ले पार्टीको नेतृत्व गरिरहेको छ । समन्वय पनि छैन सोधाइ पनि छैन एकैचोटि मन लाग्यो भने टपक्क टिपेर लाने होइन भने छाडिदिने प्रवित्ति देखिएको छ ।
वातावरण छैन । मैले पटक पटक भनेको थिए सोझै निर्वाचित भएर जाने वातावरण छैन । खुल्ला किसिमले जान रोक लगाइएको कास्की जिल्लामा पाइएको छ । तर, हामीले १४ औं महाधिवेशनमा वर्गिए हिसाबले, भातृसंगठनका हिसाबले धेरै साथिहरुलाई जिल्ला कार्यसमितिमा उम्मेदवारीका लागि आह्वान गरेका छौ । साथीहरु त्यसमा जान तत्पर देखिएका छन् र आउन आग्रह गरिरेहेका छौं यो पटक दलितको पनि सहभागिता रहनेछ । पार्टीले कति दिन्छन् भन्ने हेर्न बाकि नै छ । सद्यैं विभिन्न बहानाबाजि गर्दै टार्दै जाने गरिएको थियो यो पटक आशा छ त्यसो नहोस् ।

जिल्ला देखि केन्द्रसम्मको नेतृत्वमा जानसक्ने दलित नेता कति छन् ?
नेतृत्वमै जान सक्ने ७–८ जना योग्य व्यक्ति नै छन् । जसले जिल्ला सभापति देखि केन्द्रिय सदस्य र पदाधिकारीसम्म तत्काल जान सक्ने देखिन्छन ।

यो अधिवेसनपश्चात नगर, जिल्ला कार्यसमितिसम्म दलित नेतृत्व देखिन्छ त ?
एक्दमै यो अधिवेसनपश्चात हामीलाई त्यहाँ देख्न सक्नुहुनेछ । अहिले जानका लागि सबै तमतयार छन् । हामी योग्य भइसकेका छौ । पहिला जस्तो विभेदकारी रुप अहिले त छ भन्न मिल्दैन । पहिलाका दलित नेताहरुलाई नगर जिल्लामा आउन समेत कठिन थियो । सम्भवनै थिएन । अहिले भने केही सहज वातावरण बनेको छ । त्यसैलेपनि नगर देखि जिल्लासम्म ठुला पदमा नभएपनि सदस्य भने आउँछन् ।

१४ औ महाधिवेसनले दलितका लागि समेत नेतृत्वमा पुग्न कस्तो भुमिका खेलेको छ ?
यो महाधिवेसनबाट बल्ल हाम्रा लागि ढोका खोलिएका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधि जाने तरिका यहि नै हो । केन्द्रिय कार्यसमितिमा रहेकाहरु क्षेत्रीय हुने स्वभाविक हो वहाँहरु त्यका लागि योग्य भइसक्नुभयो । तर, तल्लो तहाबाट माथि पुग्नका लागि क्षेत्रीय प्रतिनिधि हुनैपर्छ । नगर,जिल्ला लगायत हरेक तहमा जानका लागि यो पहिलो खुडकिलो हो । यो प्रावधान भने बल्ल आएको छ ।

तपाईँ नै फेरी दलित संघको जिल्ला सभापतिमा दोहोरिने योजना के छ त ?
मैले पहिला अधिवेसन निर्वाचन पश्चात विजयी हुदाँनै भनेको थिए । मेरो सभापतिमा पुन: दोहोरिने छैन् । अहिलेपनि क्षेत्रीय प्रतिनिधि भएको छु आगमी अन्य साथिलाई अवसर दिनेछु । एक कार्यकाल भन्दा लिएको छैन । र मेरो मान्यता भनेकै एक कार्यकाल भन्दा बढि बस्नु हुन्न भन्ने नै हो ।
दलित हकहितका लागि बोल्ने अनि पदमा पुगेपछि दलित नेतालेनै अग्रपंक्तिमा आउन नदिने वा रोक लगाउने आरोप आउने गर्छ नी ?
सबैको आ–आफ्नो विचारमा भर पर्ने कुरा हो । सबैको आचरण र स्वभाव एकै हुदैँनन् । माथिल्लो तहका नेताहरुले कसरी आफ्नो स्थान ओगट्नु भएको छ कसैलाई आरोप लगाउन म चाहान्न । किनभने एउटै साथि धेरै ठाउँमा पटक पटक दशौ महाधिवेसनबाटै दोहोरिएको पाएको छु । त्यो सोच्ने भनेको वहाँहरुले नै हो । आफूमात्र नभएर अन्य साथीहरुलाईपनि माथि आउनदिन पर्छ भन्ने मान्यता राख्नु पर्ने हो त्यो भएको पाउँदैनौ । एउटै व्यक्ति पटक पटक दोहोरिनु हुदैन नाम त नभनिहालौ तर, केही साथिहरु सद्यै यहि संस्थालाई देखाएर लाभ लिइरहेका भने पक्कै छन् । पार्टीमा लाग्दा कुन तह र कुन पदसम्म पुग्ने भन्ने ग्यारेन्टि नहुँदा नै कयौँ दलित नेता भोटर भएरै बसेको अवस्था छ ।
अन्त्यमा ?
कांग्रेसको महाधिवेशन सफल बनाऔ । जुन रुपमा दलितको राजनैतिक अवस्था र नेतृत्वका बारेमा चासो राख्दै आज यो अवसर दिनुभयो सम्पूर्ण ढोरपाटन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु धन्यवाद ।

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ