२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रशिक्षकको राजिनामा मिलाउने काम भइराखेकै छ यस्को व्यवस्थापन चाडै हुनेछ

फेसबुकमा अचानक राजिनामाको कुरा आयो जुन पंकज जी को कारण भनिएको छ ।

गण्डकी प्रेस
साउन १४, २०७८ ०७:०८ मा प्रकाशित
अन्तर्वार्ता
प्रशिक्षकको राजिनामा मिलाउने काम भइराखेकै छ यस्को व्यवस्थापन चाडै हुनेछ
21
SHARES
Share on FacebookShare on Twitter


अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति आएपश्चात फुटबलको पूर्वाधार देखि लिएर विभिन्न प्रतियोगिता, राष्ट्रिय लिगदेखि जिल्ला लिगसम्म सम्पन्न भए । व्यथिति र अनियमितताले थिचिएको एन्फालाइ परिवर्तन गर्ने भन्दै (चेन्ज एन्फा) नाराले नया कार्यसमिति आएको ३ वर्ष वितिसक्यो । तर, विकासका साथसाथै एन्फामा अझैपनि विरोध आइरहेकै छन् । पछिल्ला ३ वर्षमा भएगरेका गतिविधि तथा विवादको वारेमा गण्डकी प्रेस संवाद्दाता विजय नेपालीले अखिल नेपाल फुटबल संघका (एन्फा) अध्यक्ष कर्मा छिरीङ शेर्पा संग गरेको कुराकानी ।

एन्फा सम्हालेको ४ वर्ष पुग्दाको अनुभव कस्तो रह्यो ?

एन्फामा हाम्रो कार्यकाल ४ वर्ष पुगेको छ । ४ वर्षमा २ वर्ष त कोरोनाले नै लग्यो । एन्फाको कार्याकाल २ वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गर्यौ । हामीले निर्वाचन अघि जुन कुराहरु उठान गरेका छौँ त्यो पुरा गर्दै गइरहेका छौँ । पहिला एन्फा भनेको नाममात्रको संस्था थियो । फुटबल गतिविधिको त के कुरा संस्थानै खत्तम भएको थियो । त्यसतो संस्थालाइ अहिले संस्थागत बनायौँ । संगठनमा नत नियमावली थियो न त कार्यविधि त्यतिमात्र कहाँ हो र ?आर्थिक पारदर्शितापनि शुन्य थियो हामीले नै सुधार गरेका छौँ । अझैँ पूर्णरुपमा पुरा हुन सकेको छैन् । एडिटिङको काम हुने थिएन अहिले त्यो काम पनि सुरुवात गरिसकेका छौँ । त्यो सिस्टम अब अनलाइनमा जादैँ छ । कसैलेपनि अब अनियमितता गर्न नसक्ने गरी काम गर्दै छौँ ।

पारदर्शीताको कुरा गर्दा केन्द्रका जिल्लागत संघहरुको अधिवेशन लगायत साधरणसभा हुन अझैँ सकिरहेको छैननी ?

यो समस्या अहिलेको होइन् । धेरै अघिको हो । त्यो सबै सिस्टको परिवर्तन गर्दै हामीले अहिले जिल्ला फुटबल संघहरुलाइ पनि स्थानिय पान नं.मा लाने तयारी थालि सकेका छौँ । विगतमा धेरै अनियमितता भएकै हो । अहिले पनि साधारण सभ हुदैँनन् । विगतको परम्परालाइ तोड्दै गएका छौँ । हाल १६ जिल्लालाइ पान नं. मा लगिसकेका छौँ । एन्फासँग आवद्ध बाकी जिल्लापनि अब पान नं.मा जान्छन् ।

अब लिग तथा प्रतियोगिता हुन्छन् कि हुदैँनन् त ?

हामी फुटबलको विकास गर्न आएका हौँ । पदका लागि मात्र होइन् । विगत ४ वर्ष देखि स्थगित सहिद स्मारक ए डिभिजन लिगको सुरुवात गरिसकेका छाँै । पहिलो वर्ष कुनैपनि क्लब रेलिगेसनमा नपर्ने गरी संचालन गर्‍यौ । दोस्रो वर्षमा हामीले एक क्लब रेलिगेसनमा जाने व्यवस्था गरायौँ । अब हामीले २ क्लब रेलिगेसनमा पर्ने गर्ने लिगको तयारी गरिरहेका छौँ । पहिला हुने कोकोकोला कप स्थगित भएपछि अहिले त्यसलाइ रिप्लेस गर्दै क्विक्स कप सुरुवात गरेका छौँ । हामीले निरन्तरता दिएका छौँ र आगामी दिनमा पनि निरन्तरता दिने छौँ ।

पोखरा मनाङको घरेलु मैदान हो ?

हो पोखरा मनाङको घरेलु मैदान हो । मनाङ मस्र्याङ्दी ए डिभिजन क्लब मात्र नभइ सर्वाधिक सफल क्लब पनि हो । मनाङ गण्डकी प्रदेशकै जिल्ला हो । त्यो मात्र होइन् पोखरामा मनाङ समर्थक पनि उत्तिकै छ । मनाङले पोखरा नै रोजेको छ त्यसमा हामीले सहमती जनाइसकेका छौँ । अब मनाङले पोखरामा एकेडेमी संचालन गर्दैछ । पोखरामा रहेको एक विद्यालयलाइ एकेडेमी बनाएर अघि बढ्छ । रंगशलामा रहेको फुटबल मैदानमै क्लबले ट्रेनिङ गर्नेछ । यसले गण्डकीको खेलकुदमा ठुलो योग्दान पुग्ने विश्वास लिएका छौँ । क्लबले नै खेलाडी उत्पादन गर्नेछ ।

नेपालमा फिफा रेफ्रीको अभाव देखिन्छ नी ?

हो नेपालमा फिफा रेफ्री पाउन गाह्रो छ । हामीले त्यो महसुस पहिले नै गरेका छौ । योग्य व्यक्ति नभएका कारण समस्या भएको हो । फिफा रेफ्री कम हुदाँ बारम्बार विवाद समेत आउँने गरेँ । अहिले यो डिपार्टलाइ नि बलियो बनाउँदै रेफ्री एजुकेशनलाइ जोड दिएका छौँ । ५ वर्षिय कार्यक्रम बनाएका छौँ । अहिले फिफा रेफ्री क्याटागोरी १ २ ३ र ४ गरी छुट्याएर संचालन गरिरहेका छौँ । उनीहरुको लागि हामीले एशियामै पहिलो पटक कोभिडको समयमा समेत जुम मिटमार्फत सेमिनार सम्पन्न गर्न सफल रह्यौँ । अब हामीले प्रत्येक जिल्ला जिल्लामा रेफ्रीको उत्पादन समेत गर्छौ र फिफा रेफ्री बनाउनेछौँ । योग्य छन्भने हामी फास्ट ट्रयाकबाट पनि बनाउने छौँ ।

रेफ्रीको क्याटागोरी किन आवस्यक ?

आउने दिनमा धेरैभन्दा धेरै रेफ्री उत्पादन गर्दै योग्य र कुसल फिफा रेफ्री बनाउन आवस्यक छ । अब हामीले स्कुल लिगदेखि धेरै प्रतियोगिताहरु गर्नु छ र फिफा रेफ्रीको कमी छ त्यो बढाउन पनि आवस्यक छ ।

तापाइको कुरा सुन्दा फुटबलमा रामराज्य नै खडा भएको जस्तो देखिन्छ तर, कर्माले नै सबै कुरा विगार्‍यो एन्फा खतम बनायो भन्ने आरोप पनि आउँछ नी ?

अब यो जहाँ पनि विकास विरोधी हुन्छन् । हरेक कुरामा २ समूह हुन्छ । एउटा प्रतिस्पर्धामा जाने हुन्छ भने अर्को फुटबलसंघको पदमा आउ भन्ने पनि छन् । मेरो भनाइ चाहि अलि पृथक छ । फुटबलको पदका लागि होइन हामीले काम गरेर देखाउनुपर्छ । कुनैपनि पदमा आउनुछ भने केहि काम गरेर देखाउन । जिल्लामा काम गरेको होस, क्लबमा राम्रो काम गरुन केन्द्रमा पारदर्शीताको कुरा गर्नेले आफ्नो जिल्लामा पनि पारदर्शीताको कुरा गरुम, केन्द्रमा पारदर्शीताको कुरा गर्नेले क्लबमा पनि गराँै । केन्द्रलाइ मात्र आरोप लाएर हुन्न आफ्नो ठाउँपनि बनाउन पर्छ । आफुले नगर्ने अरुले गरेकोमा खुट्टातान्ने संस्कृतिको विकास भएको छ । त्यसको अन्त्य गरौ विरोध आफैँ हट्छ ।
मलाइ आपत्ती छैन् कमी कम्जोरी छ भने देखाउन पर्‍यो । आफूले गरेको सहि अरुले गरेको गलत भन्ने संस्कृतिले नै हामीलाइ विगारेको छ । यसलाइ तोड्न जरुरी छ, सहिलाइ सहि गलतलाइ गलत भन्ने वानीको विकास गर्नुपर्छ । विकास गरेकै कारण म बाट विकर्सित भएर गएका हुन् ।

एन्फा वरिष्ठ उपाध्यक्षका कारण राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिन्छुभन्दै संघमा आउनुभयो यो विषयलाइ तपाइ कसरी लिनु हुन्छ ?

यसमा के छ भने हामी ए डिभिजन लिगको मिटिड बसिरहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष सबैसँगै थियौँ । फेसबुकमा अचानक राजिनामाको कुरा आयो जुन पंकज जी को कारण भनिएको छ । म पोखरा आउँन पर्ने थियो । कोच मेरो चेम्बरमा आउनु भयो । साफको पनि आज मात्रै इन्भिटेसन आएको छ । एउटा कोचको जिम्मेवारी के हो भनेदेखि जुन उदेश्यको लागि आएको छ त्यो पुरा गर्नै पर्छ । त्यो कारणले पनि अहिले राजिनामाको कुराहरु नगर्नुस बाकी कुराहरु भने बसेर गरौँला भनेर सम्झाइयो ।

१३ औँ साफ नजिकैदै गर्दा प्रशिक्षकको राजिनामा दिने कुराले नेपाली फुटबलमा कस्तो असर पर्छ ?

यस्तले फुटबलमा मात्र होइन खेलाडीमा पनि असर पुगेको छ । हामीले यो कुरा मिलाउँदै छौँ । खेलाडीदेखि लिएर खेल पदाधिकारी ,फुटबल समर्थकमा समेत असर परेको छ । समस्याबाट भागेर जाने होइन समाधान गरेर जाने हो । मलाइ जानकारी आएसम्म आज पनि उहाँहरुबिच कुराकानी भएको छ मिलाउने काम भइराखेकै छ । मलाइ जहाँसम्म लाग्छ यस्को व्यवस्थापन चाडै हुनेछ । र व्यवस्थापन भएपछि एक भएर साफ तयारी गर्नेछाँै ।

१३ औ साफ च्याम्पियनसिप आयोजना गर्न सम्भव छ ?

सम्भव छ । यो मानेमा पनि सम्भव छ की हामीले यस अघि थ्रि नेसन्सस कप पनि गर्‍यौ । नेपाल सुपर लिग पनि सम्पन्न भयो । यसले पनि के देखाउँछ भने हामी प्रतियोगिता गर्न सक्छौँ भन्ने देखाउँछ र खेलकुद मन्त्रालयपनि सकरात्मक देखिएको छ ।

बंगलादेशले कोरोनाकै कारण रद्ध गर्‍यो नेपालमा पनि कोरोना महामारी रहेको अवस्थामा कसरी हुन्छ ?

कोरोनाकै बेला हामीले ठुला ठुला प्रतियोगिता गरेर देखाए सकेका छौँ । कुरा आयो बंगलादेशको, बंगलादेशका धेरै कारणहरु छन् । कोरोनापनि एउटा कारण हो । कारोनाकै कारण च्याम्पियसिप रोकियो भनिएको छ । अर्को कारण भनेको सुजुकीले स्पोन्सरबाट हात झिक्नु हो ।

साफ गेमका केहि खेल पोखरामा गर्ने हिसाबले पोखरा आउनुभएको छ निमार्णाधीन फुटबल मैदानमा खेल खेलाउन सम्भव छ ?

त्यसको लागि खेलाडी चेन्जिङ रुम सम्पन्न हुनुपर्छ । पोखराको पुर्वाधार सम्पन्न त भएको छैन् । एक महिनामा चेन्जिङ रुम, अफिसियल रुम समेत तयार हुन्छ भनेका छन् । सम्पन्न भए खेल हुन्छ यदि सकेनन् भने काठमाण्डौँमै हुन्छ । प्रतियोगिता गर्न फिफा नियम अनुसारको रंगशाला हुनुपर्छ यहाँ त्यो पुरा भएको छैन् । सुरक्षाको हिसाबले सेक्रेटि थ्रेड महत्वपूर्ण कुरा हो ।

मापदण्ड र सुरक्षा थ्रेडका कुरा आइरहँदा स्कोर बोर्ड र फ्लड लाइटको व्यवस्थापनि त हुनुपर्ने होला नी ?

अब यसमा हामीले अस्थाइ स्कोर बोर्ड राख्छौ । पोखराको प्रकृतिको कारण हामीले प्रतियोगिता दिउँसो पनि संचालन गर्न सक्छौ । नाइट गेम काठमाण्डौमा गर्छौ ।

अन्त्यमा फुटबल प्रेमीहरुका लागि के भन्न चाहानुहुन्छ त ?

सर्वप्रथम त मलाइ यो अवसर प्रदान गर्नुभएकोमा गण्डकी प्रेस टिमलाइ म र मेरो संस्थाको तर्फबाट हार्दिक धन्यवाद छ । नेपाली फुटबलको विकास भएकै दर्शकको साथ र समर्थनले नै हो । दर्शक विना फुटबलको अर्थपनि छैन् । हामी असफल हुदाँपनि निरन्तर फुटबललाइ माया गरेर हिड्ने दर्शकहरु प्रति मेरो नमन । उहाँहरुमा विभिन्न भ्रम फैलाउने किसिमका कुराहरुपनि सामाजिक संजालमा विरोधीहरुले हाल्ने गरेका छन् । त्यसता कुरालाइ वहिस्कार गरौँ र फुटबल विकासमा सहयोग पुर्‍याऔँ यतिनै भन्न चाहान्छु धन्यवाद ।

 

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
अन्तर्वार्ता

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal