अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति आएपश्चात फुटबलको पूर्वाधार देखि लिएर विभिन्न प्रतियोगिता, राष्ट्रिय लिगदेखि जिल्ला लिगसम्म सम्पन्न भए । व्यथिति र अनियमितताले थिचिएको एन्फालाइ परिवर्तन गर्ने भन्दै (चेन्ज एन्फा) नाराले नया कार्यसमिति आएको ३ वर्ष वितिसक्यो । तर, विकासका साथसाथै एन्फामा अझैपनि विरोध आइरहेकै छन् । पछिल्ला ३ वर्षमा भएगरेका गतिविधि तथा विवादको वारेमा गण्डकी प्रेस संवाद्दाता विजय नेपालीले अखिल नेपाल फुटबल संघका (एन्फा) अध्यक्ष कर्मा छिरीङ शेर्पा संग गरेको कुराकानी ।

एन्फा सम्हालेको ४ वर्ष पुग्दाको अनुभव कस्तो रह्यो ?
एन्फामा हाम्रो कार्यकाल ४ वर्ष पुगेको छ । ४ वर्षमा २ वर्ष त कोरोनाले नै लग्यो । एन्फाको कार्याकाल २ वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गर्यौ । हामीले निर्वाचन अघि जुन कुराहरु उठान गरेका छौँ त्यो पुरा गर्दै गइरहेका छौँ । पहिला एन्फा भनेको नाममात्रको संस्था थियो । फुटबल गतिविधिको त के कुरा संस्थानै खत्तम भएको थियो । त्यसतो संस्थालाइ अहिले संस्थागत बनायौँ । संगठनमा नत नियमावली थियो न त कार्यविधि त्यतिमात्र कहाँ हो र ?आर्थिक पारदर्शितापनि शुन्य थियो हामीले नै सुधार गरेका छौँ । अझैँ पूर्णरुपमा पुरा हुन सकेको छैन् । एडिटिङको काम हुने थिएन अहिले त्यो काम पनि सुरुवात गरिसकेका छौँ । त्यो सिस्टम अब अनलाइनमा जादैँ छ । कसैलेपनि अब अनियमितता गर्न नसक्ने गरी काम गर्दै छौँ ।
पारदर्शीताको कुरा गर्दा केन्द्रका जिल्लागत संघहरुको अधिवेशन लगायत साधरणसभा हुन अझैँ सकिरहेको छैननी ?
यो समस्या अहिलेको होइन् । धेरै अघिको हो । त्यो सबै सिस्टको परिवर्तन गर्दै हामीले अहिले जिल्ला फुटबल संघहरुलाइ पनि स्थानिय पान नं.मा लाने तयारी थालि सकेका छौँ । विगतमा धेरै अनियमितता भएकै हो । अहिले पनि साधारण सभ हुदैँनन् । विगतको परम्परालाइ तोड्दै गएका छौँ । हाल १६ जिल्लालाइ पान नं. मा लगिसकेका छौँ । एन्फासँग आवद्ध बाकी जिल्लापनि अब पान नं.मा जान्छन् ।
अब लिग तथा प्रतियोगिता हुन्छन् कि हुदैँनन् त ?
हामी फुटबलको विकास गर्न आएका हौँ । पदका लागि मात्र होइन् । विगत ४ वर्ष देखि स्थगित सहिद स्मारक ए डिभिजन लिगको सुरुवात गरिसकेका छाँै । पहिलो वर्ष कुनैपनि क्लब रेलिगेसनमा नपर्ने गरी संचालन गर्यौ । दोस्रो वर्षमा हामीले एक क्लब रेलिगेसनमा जाने व्यवस्था गरायौँ । अब हामीले २ क्लब रेलिगेसनमा पर्ने गर्ने लिगको तयारी गरिरहेका छौँ । पहिला हुने कोकोकोला कप स्थगित भएपछि अहिले त्यसलाइ रिप्लेस गर्दै क्विक्स कप सुरुवात गरेका छौँ । हामीले निरन्तरता दिएका छौँ र आगामी दिनमा पनि निरन्तरता दिने छौँ ।
पोखरा मनाङको घरेलु मैदान हो ?
हो पोखरा मनाङको घरेलु मैदान हो । मनाङ मस्र्याङ्दी ए डिभिजन क्लब मात्र नभइ सर्वाधिक सफल क्लब पनि हो । मनाङ गण्डकी प्रदेशकै जिल्ला हो । त्यो मात्र होइन् पोखरामा मनाङ समर्थक पनि उत्तिकै छ । मनाङले पोखरा नै रोजेको छ त्यसमा हामीले सहमती जनाइसकेका छौँ । अब मनाङले पोखरामा एकेडेमी संचालन गर्दैछ । पोखरामा रहेको एक विद्यालयलाइ एकेडेमी बनाएर अघि बढ्छ । रंगशलामा रहेको फुटबल मैदानमै क्लबले ट्रेनिङ गर्नेछ । यसले गण्डकीको खेलकुदमा ठुलो योग्दान पुग्ने विश्वास लिएका छौँ । क्लबले नै खेलाडी उत्पादन गर्नेछ ।
नेपालमा फिफा रेफ्रीको अभाव देखिन्छ नी ?
हो नेपालमा फिफा रेफ्री पाउन गाह्रो छ । हामीले त्यो महसुस पहिले नै गरेका छौ । योग्य व्यक्ति नभएका कारण समस्या भएको हो । फिफा रेफ्री कम हुदाँ बारम्बार विवाद समेत आउँने गरेँ । अहिले यो डिपार्टलाइ नि बलियो बनाउँदै रेफ्री एजुकेशनलाइ जोड दिएका छौँ । ५ वर्षिय कार्यक्रम बनाएका छौँ । अहिले फिफा रेफ्री क्याटागोरी १ २ ३ र ४ गरी छुट्याएर संचालन गरिरहेका छौँ । उनीहरुको लागि हामीले एशियामै पहिलो पटक कोभिडको समयमा समेत जुम मिटमार्फत सेमिनार सम्पन्न गर्न सफल रह्यौँ । अब हामीले प्रत्येक जिल्ला जिल्लामा रेफ्रीको उत्पादन समेत गर्छौ र फिफा रेफ्री बनाउनेछौँ । योग्य छन्भने हामी फास्ट ट्रयाकबाट पनि बनाउने छौँ ।
रेफ्रीको क्याटागोरी किन आवस्यक ?
आउने दिनमा धेरैभन्दा धेरै रेफ्री उत्पादन गर्दै योग्य र कुसल फिफा रेफ्री बनाउन आवस्यक छ । अब हामीले स्कुल लिगदेखि धेरै प्रतियोगिताहरु गर्नु छ र फिफा रेफ्रीको कमी छ त्यो बढाउन पनि आवस्यक छ ।
तापाइको कुरा सुन्दा फुटबलमा रामराज्य नै खडा भएको जस्तो देखिन्छ तर, कर्माले नै सबै कुरा विगार्यो एन्फा खतम बनायो भन्ने आरोप पनि आउँछ नी ?
अब यो जहाँ पनि विकास विरोधी हुन्छन् । हरेक कुरामा २ समूह हुन्छ । एउटा प्रतिस्पर्धामा जाने हुन्छ भने अर्को फुटबलसंघको पदमा आउ भन्ने पनि छन् । मेरो भनाइ चाहि अलि पृथक छ । फुटबलको पदका लागि होइन हामीले काम गरेर देखाउनुपर्छ । कुनैपनि पदमा आउनुछ भने केहि काम गरेर देखाउन । जिल्लामा काम गरेको होस, क्लबमा राम्रो काम गरुन केन्द्रमा पारदर्शीताको कुरा गर्नेले आफ्नो जिल्लामा पनि पारदर्शीताको कुरा गरुम, केन्द्रमा पारदर्शीताको कुरा गर्नेले क्लबमा पनि गराँै । केन्द्रलाइ मात्र आरोप लाएर हुन्न आफ्नो ठाउँपनि बनाउन पर्छ । आफुले नगर्ने अरुले गरेकोमा खुट्टातान्ने संस्कृतिको विकास भएको छ । त्यसको अन्त्य गरौ विरोध आफैँ हट्छ ।
मलाइ आपत्ती छैन् कमी कम्जोरी छ भने देखाउन पर्यो । आफूले गरेको सहि अरुले गरेको गलत भन्ने संस्कृतिले नै हामीलाइ विगारेको छ । यसलाइ तोड्न जरुरी छ, सहिलाइ सहि गलतलाइ गलत भन्ने वानीको विकास गर्नुपर्छ । विकास गरेकै कारण म बाट विकर्सित भएर गएका हुन् ।
एन्फा वरिष्ठ उपाध्यक्षका कारण राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिन्छुभन्दै संघमा आउनुभयो यो विषयलाइ तपाइ कसरी लिनु हुन्छ ?
यसमा के छ भने हामी ए डिभिजन लिगको मिटिड बसिरहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष सबैसँगै थियौँ । फेसबुकमा अचानक राजिनामाको कुरा आयो जुन पंकज जी को कारण भनिएको छ । म पोखरा आउँन पर्ने थियो । कोच मेरो चेम्बरमा आउनु भयो । साफको पनि आज मात्रै इन्भिटेसन आएको छ । एउटा कोचको जिम्मेवारी के हो भनेदेखि जुन उदेश्यको लागि आएको छ त्यो पुरा गर्नै पर्छ । त्यो कारणले पनि अहिले राजिनामाको कुराहरु नगर्नुस बाकी कुराहरु भने बसेर गरौँला भनेर सम्झाइयो ।
१३ औँ साफ नजिकैदै गर्दा प्रशिक्षकको राजिनामा दिने कुराले नेपाली फुटबलमा कस्तो असर पर्छ ?
यस्तले फुटबलमा मात्र होइन खेलाडीमा पनि असर पुगेको छ । हामीले यो कुरा मिलाउँदै छौँ । खेलाडीदेखि लिएर खेल पदाधिकारी ,फुटबल समर्थकमा समेत असर परेको छ । समस्याबाट भागेर जाने होइन समाधान गरेर जाने हो । मलाइ जानकारी आएसम्म आज पनि उहाँहरुबिच कुराकानी भएको छ मिलाउने काम भइराखेकै छ । मलाइ जहाँसम्म लाग्छ यस्को व्यवस्थापन चाडै हुनेछ । र व्यवस्थापन भएपछि एक भएर साफ तयारी गर्नेछाँै ।
१३ औ साफ च्याम्पियनसिप आयोजना गर्न सम्भव छ ?
सम्भव छ । यो मानेमा पनि सम्भव छ की हामीले यस अघि थ्रि नेसन्सस कप पनि गर्यौ । नेपाल सुपर लिग पनि सम्पन्न भयो । यसले पनि के देखाउँछ भने हामी प्रतियोगिता गर्न सक्छौँ भन्ने देखाउँछ र खेलकुद मन्त्रालयपनि सकरात्मक देखिएको छ ।
बंगलादेशले कोरोनाकै कारण रद्ध गर्यो नेपालमा पनि कोरोना महामारी रहेको अवस्थामा कसरी हुन्छ ?
कोरोनाकै बेला हामीले ठुला ठुला प्रतियोगिता गरेर देखाए सकेका छौँ । कुरा आयो बंगलादेशको, बंगलादेशका धेरै कारणहरु छन् । कोरोनापनि एउटा कारण हो । कारोनाकै कारण च्याम्पियसिप रोकियो भनिएको छ । अर्को कारण भनेको सुजुकीले स्पोन्सरबाट हात झिक्नु हो ।
साफ गेमका केहि खेल पोखरामा गर्ने हिसाबले पोखरा आउनुभएको छ निमार्णाधीन फुटबल मैदानमा खेल खेलाउन सम्भव छ ?
त्यसको लागि खेलाडी चेन्जिङ रुम सम्पन्न हुनुपर्छ । पोखराको पुर्वाधार सम्पन्न त भएको छैन् । एक महिनामा चेन्जिङ रुम, अफिसियल रुम समेत तयार हुन्छ भनेका छन् । सम्पन्न भए खेल हुन्छ यदि सकेनन् भने काठमाण्डौँमै हुन्छ । प्रतियोगिता गर्न फिफा नियम अनुसारको रंगशाला हुनुपर्छ यहाँ त्यो पुरा भएको छैन् । सुरक्षाको हिसाबले सेक्रेटि थ्रेड महत्वपूर्ण कुरा हो ।
मापदण्ड र सुरक्षा थ्रेडका कुरा आइरहँदा स्कोर बोर्ड र फ्लड लाइटको व्यवस्थापनि त हुनुपर्ने होला नी ?
अब यसमा हामीले अस्थाइ स्कोर बोर्ड राख्छौ । पोखराको प्रकृतिको कारण हामीले प्रतियोगिता दिउँसो पनि संचालन गर्न सक्छौ । नाइट गेम काठमाण्डौमा गर्छौ ।
अन्त्यमा फुटबल प्रेमीहरुका लागि के भन्न चाहानुहुन्छ त ?
सर्वप्रथम त मलाइ यो अवसर प्रदान गर्नुभएकोमा गण्डकी प्रेस टिमलाइ म र मेरो संस्थाको तर्फबाट हार्दिक धन्यवाद छ । नेपाली फुटबलको विकास भएकै दर्शकको साथ र समर्थनले नै हो । दर्शक विना फुटबलको अर्थपनि छैन् । हामी असफल हुदाँपनि निरन्तर फुटबललाइ माया गरेर हिड्ने दर्शकहरु प्रति मेरो नमन । उहाँहरुमा विभिन्न भ्रम फैलाउने किसिमका कुराहरुपनि सामाजिक संजालमा विरोधीहरुले हाल्ने गरेका छन् । त्यसता कुरालाइ वहिस्कार गरौँ र फुटबल विकासमा सहयोग पुर्याऔँ यतिनै भन्न चाहान्छु धन्यवाद ।
प्रतिक्रिया लेख्नुहोस्:-