२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

गण्डकी प्रेस
फाल्गुन २२, २०८१ ११:४१ मा प्रकाशित
विचार
Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
65
SHARES
Share on FacebookShare on Twitter


एउटा नारी प्रकृति हुन। नारी सृष्टिकर्ता हुन। नारी लक्ष्मी हुन। नारी सरस्वती हुन। ओहो बाबा! सुन्दा कति आनन्द लाग्ने परिचय दिएका हामीलाई! अब एकपटक व्यवहार र अभ्यासलाई स्मरण गरौं त! भनिन्छ, हरेक पारिवारिक, सामाजिक अनि राजनैतिक सफलतामा नारीहरुको स्थान निक्कै महत्त्वपूर्ण हुनेगर्दछ।

तर जब जब हाम्रा परिवारमा, समाजमा वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा नारीहरुले नेतृत्व लिनुपर्ने अवसर आउँछ तब तब हाम्रा नारी पात्रहरुलाई सदैव ओझेलमा नै पारिन्छ र भनिन्छ तिमी महिला हौं, समय दिन गाह्रो हुन्छ। बाहिर बास बस्न गाह्रो हुन्छ। बाहिर ब्रेकफास्ट, लन्च र डिनरमा सहभागी हुन अफ्ट्यारो हुन्छ, समग्रमा प्रोटोकल मिलाउन झन्झटिलो हुन्छ। यो पितृसत्तात्मक समाज हो साथीहरु। यहाँ एउटा नारी झुक्दा अर्को नारीको पनि स्वाभिमान र अभिमान झुक्नुपर्ने हो।

यो पितृसत्तात्मक समाज हो साथीहरु। यहाँ एउटा नारी झुक्दा

अर्को नारीको पनि स्वाभिमान र अभिमान झुक्नुपर्ने हो।

अनि अर्को आरोप पनि छ हामीहरुलाई! छोरी नै छोरीको सत्रु हुन्छ। यो वास्तविकता होइन। यो त तपाईं हामीलाई भ्रमित पार्न, तल झार्न यहि समाजले स्थापना गरेको कुविचार मात्र न हो। मैले कुरा जोड्न चाहे कुनै पनि संघसंगठनमा, संघसंस्थामा वा राजनैतिक प्लेटफर्महरुमा नेतृत्व लिने कुरा होस वा प्रत्यक्ष निर्वाचनमा जाने कुरा होस यी सबै स्थानमा हामी पात्र (नारी)लाई यो समाजले सदैव साधन बनाएको छ। हामीलाई केबल हतियार बनाएको छ।

स्ववियुको यस निर्वाचनमा समेत नारीहरुले सदैव फ्रन्ट लाइनमा उभिएर ब्यानर र झन्डा समाउने, ओहो कति गोरी, कति अग्ली, कति क्युट यस्तै यस्तै तारिफले मख्ख पारेर बढेमान्को चस्मा टाउकोमा भिर्न लगाएर फोटो खिचिदिने, सामाजिक संजालमा भरपुर तारिफ महसुस गराउने खालका कमेन्ट गर्ने, कसैको समर्थनमा ताली बजाउने, कसैको प्रचारप्रसार गर्ने अनि उनैलाई पकाएर खुवाएर बस्ने! यो कस्तो खालको नारी सशक्तीकरण हो ?

नेतृत्व गर्नुस। करिब एक शताब्दी अगाडि नै तपाईं हाम्रो अधिकार, न्याय, स्वतन्त्रता, समानता, स्वाभिमानका लागि योगमाया सङ्गै अरु ७० बढी नारीहरुले अरुण नदीमा आफ्नो जीवन समर्पण गरिसके। वैदिक काल, त्रेता युग र प्राचीन ईतिहासमा क्रमश: गार्गी, मैत्रेयी, सितामाता, भृकुटी जस्ता विदुषीहरुले राज्य व्यवस्थामा नारी हुँदा कस्तो हुन्छ भन्ने विषय प्रमाणित गरिसके।

आधुनिक नेपालकै इतिहासमा पृथ्वीनारायण शाहले सुरु गरेको राष्ट्र एकीकरण अभियानलाई शाहको देहावसान पछाडि राज्यलक्ष्मी शाहले आफ्नो नेतृत्वमा अगाडि बढाइन।

दुनियाँभर साम्राज्यवादको त्यस्तो प्रकारको चङ्गुलमा समेत हाम्रा देशका नारीहरु पुरुषसङ्गै युद्धको मैदानमा होमिए। नालापानीको युद्धमा त बच्चा बोकेरै युद्धमा सहभागी भएर नारीको साहस र शक्तिलाई पुष्टि गरे। पछी लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरु चाहे २००७ सालको क्रान्ति होस, चाहे निरङ्कुश निर्दलीय पन्चायती व्यवस्थाको विरुद्धमा २०४६/४७ सालको क्रान्ति होस, चाहे यो देशमा गणतन्त्र स्थापनार्थ गरिएको १० बर्ष सशस्त्र संघर्ष र २०६३ को १९ दिने जनअन्दोल्नन होस यी सबैमा नारीहरुको सक्रिय, शानदार एवं प्रत्यक्ष सहभागीता रह्याे  र तिनै सहभागीताको फलस्वरूप तपाईं हामीमाझ आज यो दिन छ। मानव सभ्यतामा विभेदकारी समयदेखी आजको दिनसम्म आइपुग्दा मैले व्यक्त गर्न छुटाएका देशमा र दुनियाँमा हाम्रा निमित्त अरु धेरैले आवाज उठाइसके।

त्यसैले प्रिय चेलीहरु, आफू आबद्ध ठाँउमा आफ्नो उम्मेदवारीका लागि प्रयास गर्नुहोस् । यदि असहयोग गर्छन भने खोसेर आफ्नो अधिकार लिनुहोस। रातभर क्लब वा कुनै भट्टीमा चुरोटको ठुट्नो बालेर ,मदिराको रसगजमा डुब्दै जे पनि बोल्ने र नारीकै चरित्रहत्या गर्ने तपाईंका कुनैकुनै पुरुष नेताभन्दा तपाईं कैयौं गुणा सक्षम हुनुहुन्छ ।

 

लेखक विप्लवी न्यौपाने पिएन क्याम्पस कानुन संकायमा ७ औं सेमेस्टरमा अध्यानरत छन् । 

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

नेपालका सात संविधान र परिवर्तन
विचार

नेपालका सात संविधान र परिवर्तन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मत परिणामलाई लिएर दुई समूहबीच झडप

डाक्टर कुट्ने चार पक्राउ

फेरी मन्त्री बने दीपक मनाङे

गण्डकीका पुर्व मन्त्री सांसद मनाङे ज्यान मार्ने उद्योगमा दाेषी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने