२०८३ अशोज २५, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालका सात संविधान र परिवर्तन

प्रकाश कुवर
अशोज ४, २०८१ १३:२९ मा प्रकाशित
विचार
नेपालका सात संविधान र परिवर्तन
69
SHARES
Share on FacebookShare on Twitter

संविधान कुनै पनि देशको आधारभूत कानूनी दस्तावेज हो, जसले उक्त देशको शासन प्रणाली, सरकारका अंगहरू, नागरिकका अधिकार, कर्तव्य, र कानूनी प्रक्रियाहरूको संरचना तथा आधारहरू निर्धारण गर्छ।

यो देशको सर्वोच्च कानून हो, जसले सरकारलाई सीमित तथा नियन्त्रित गर्छ र नागरिकलाई न्याय, समानता, स्वतन्त्रता र सुरक्षा प्रदान गर्छ।

संविधानले नागरिक र सरकारबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, सरकार कसरी सञ्चालन गरिन्छ भन्ने कुरालाई परिभाषित गर्छ, र अधिकारहरूको रक्षा तथा कानूनको शासनलाई सुनिश्चित गर्छ।

नेपालमा प्रत्येक राजनीतिक परिवर्तनसँगै संविधानमा परिवर्तनको प्रश्न निरन्तर उठ्दै आएको छ। संविधानजस्तो महत्वपूर्ण दस्तावेज बारम्बार परिमार्जन हुँदा मुलुकको गरिमामा असर पर्न सक्ने सम्भावना रहन्छ।

श्री ३ पद्मशमशेरको शासनकालदेखि आजसम्म नेपालको संविधानका विभिन्न स्वरूपहरूले अनेकौं परिवर्तनको सामना गरिसकेका छन्। यद्यपि, समयको मागअनुसार संविधानमा संशोधन स्वाभाविक हुन्छ, तर नेपालमा संविधान नै पटक-पटक परिवर्तन हुनुले अस्थिरता झल्काउँछ। कुनै-कुनै राष्ट्रहरूमा शताब्दीऔं पुराना संविधानहरू आज पनि कार्यान्वित छन्, जस्तै सान मारिनोको ४२४ वर्ष र अमेरिकाको २३५ वर्ष पुरानो संविधान। नेपालमा भने संविधान परिवर्तनसँगै संविधान दिवसको मितिमा पनि बारम्बार फेरबदल हुँदै आएको छ।

दशकौंसम्म पुस १ मा संविधान दिवस मनाउने परम्परा रहेको हाम्रो समाजमा पछिल्ला केही वर्षयता कहिले संविधान दिवस भन्ने अन्योल उत्पन्न भएको छ। नेपालमा कानुनी व्यवस्था पृथ्वीनारायण शाहको उपत्यका विजयपछि धार्मिक मान्यता र भारदारी सभाका निर्णयहरूबाट सुरु भएको थियो। औपचारिक संविधानको प्रारम्भ भने जंगबहादुरले १९१० सालमा मुलुकी ऐन घोषणा गरेपछि भएको हो।

नेपालले पहिलो संविधान २००४ सालमा पायो, जब पद्मशमशेरले नेपाल सरकारको वैधानिक कानून घोषणा गरे। त्यसपछि, २००७ सालको प्रजातान्त्रिक क्रान्तिपछि भगवती प्रसाद सिंहको अध्यक्षतामा संविधान मस्यौदा समिति गठन भयो, र २००८ सालमा नयाँ संविधान लागू गरियो।

संविधान सभामार्फत संविधान बनाउने अवधारणा २००७ सालमै उठेपनि त्यो सम्भव हुन सकेन। २०१५ सालमा राजा महेन्द्रले नेपालको संविधान घोषणा गरे, तर २०१७ सालमा राजाको कदमसँगै पंचायती व्यवस्थाले संविधान फेरि परिमार्जन गर्‍यो। २०१९ सालमा आएको पंचायती संविधान लामो समयसम्म चल्यो, तर २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातान्त्रिक संविधानको आवश्यकता महसुस भयो। २०४७ सालमा राजा विरेन्द्रले नयाँ संविधान लागू गरे, जसले प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्‍यो।

२०६२-६३ को आन्दोलनपछि संविधान फेरि बदलियो। राजासँगको शक्ति सन्तुलन भत्किँदा गणतन्त्रको स्थापनाको ढोका खुल्यो। २०६३ माघ १ मा अन्तरिम संविधान लागू भएपछि नेपालले संविधान सभामार्फत संविधान निर्माणको यात्रा सुरु गर्‍यो। अन्ततः, २०७२ असोज ३ मा नेपालको संविधान, २०७२ लागु भयो। वर्तमान संविधान लगभग ७० वर्षदेखिको प्रयासको उपज हो, तर यसमा पनि समयसापेक्ष धेरै परिमार्जन आवश्यक रहेको देखिन्छ।

हालसम्म नेपालमा लागू भएका संविधानहरू:
१. नेपाल सरकारको वैधानिक कानून, २००४
२. नेपालको आन्तरिक शासन विधान, २००७
३. नेपाल अधिराज्यको संविधान, २०१५
४. नेपालको संविधान, २०१९
५. नेपाल अधिराज्यको संविधान, २०४७
६. नेपालको अन्तरिम संविधान, २०६३
७. नेपालको संविधान, २०७२

नेपालको संविधानको इतिहास अनेकौं उतारचढावले भरिएको छ। संविधान २०७२ संघीयता, समावेशीता, समावेशी लोकतन्त्र, संघीयता, मौलिक अधिकारहरूको प्रत्याभूति, र समाजवाद उन्मुख आर्थिक नीतिलाई प्रमुख विशेषताका रूपमा समेटेको छ । यसले जनताको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने, स्थानीय सरकारहरूलाई सशक्त बनाउने, र समान अवसरको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यद्यपि, संघीयताको प्रभावकारी कार्यान्वयनमा चुनौती, समावेशी प्रतिनिधित्वमा असन्तुलन, धर्मनिरपेक्षतामा असन्तुष्टि, न्यायिक प्रक्रियामा ढिलाइ, र आर्थिक असमानता जस्ता समस्याहरू विद्यमान छन्, जसले संविधानको प्रभावकारिता कमजोर बनाएको साथै प्रस्न चिन्न खडा गरेको छ । संविधानको पूर्णता सुनिश्चित गर्न यसको परिमार्जन र सुधार जारी राख्नुपर्ने देखिन्छ।

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन