वि . सं २०६९ साल मंसिर ८ गते निर्णय गरेर वि . सं २०७० साल असोज १ गते, अमृत विज्ञान क्याम्पसको स्थापना दिवसको दिन पारी ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउने निर्णय प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्व सरकारमा भएको हो। “विज्ञान र प्रविधी : देशमा समृद्धि” [ “Science and Technology: prosperous in country”] भन्ने नाराबाट सुरु भएको राष्ट्रिय विज्ञान दिवसको ऐतिहसिक समारोह त्रिचन्द्र कलेजबाट सुरु भई अमृत विज्ञान क्याम्पसमा रहेको अमृत प्रसाद प्रधानको (योगदानको कदर र मुल्याङ्कन गर्दै) शालिकमा मल्यार्पण गरी विसर्जन भएको थियो ।
भौगोलिक विविधताले भरिपूर्ण सुन्दर देशको सबै जातजाती, भाषा, धर्म , संस्कृति, समुदाय एवम् पेशागत क्षेत्रमा जनचेतना बढाउन ,युवा पुस्तालाई वैज्ञानीक प्रयासहरु पछ्याउने वातावरण सिर्जना गर्न ,अनुसन्धानको संस्कृतिलाई बढावा दिन र आधुनिक समाजमा विज्ञानको महत्वपूर्ण भूमिकाबारे उजागर गर्नु नै यसको मुख्य उदेश्य हो ।
Era of Science of Technology को युगमा विज्ञान र प्रबिधीले नै राष्ट्रिय प्रगती, शान्ति र आर्थिक विकासमा डोर्याउन सक्छ भन्ने धारणालाई जोड दिदै यस दिवसको स्थापनाकाल देखी नै यो दिवसलाई महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको छ । नेपालमा वैज्ञानीक उपलब्धिहरुलाई सम्मान गर्ने, वैज्ञानीक प्रदर्शन गर्ने, कार्यशाला, सम्मेलन र पुरस्कार समरोहहरु आयोजना गरेर मनाउदै आईरहेको पाईन्छ ।
२०८१ सालसम्म आईपुग्दै गर्दा उदयीमान विश्वब्यापी चुनौती र अवसरहरुलाई प्रतिबिम्बित गर्ने बिषयबस्तु निरन्तर विकसित हुँदै गईरहेको छ । रास्ट्रिय विज्ञान दिवस २०८१ को नारा ” विज्ञान तथा प्रबिधी : विकास र उत्पादनमा वृद्धि ” [ “Science and Technology: Development and Growth in Production”] रहेको छ । यसले जलवायु परिवर्तन, वातावरणीय दिगोपन, विनाश र उत्पादनमा ह्ास जस्ता दवावपूर्ण समस्याहरुको सामना गर्न नबप्रवर्तन आवश्यकतालाई जोड दिन्छ, जसले थप अवसरहरु सिर्जना गर्दछ। यती मात्र नभई यसले दैनिक जीवनमा विज्ञानको महत्वबारे चेतना जगाउने र भबिष्यका पुस्ताहरुलाई विज्ञान र प्रबिधिमा करीयर बनाउन प्ररित गर्ने मञ्च प्रदान गर्दछ।
नेपालमा राष्ट्रिय विज्ञान दिवसले विज्ञान र प्रविधिको प्रवर्द्धन, चेतना अभिवृद्धी र नवप्रवतर्नलाई प्रोत्साहन गर्न निकै सराहनीय प्रगति गरेको छ । तथापि, यसले युवा जनशक्तिलाई स्वदेशमै रहेर काम गर्ने वातावरण सिर्जना गर्न र त्यसतर्फ अभिप्रेरित गर्न स्वर्णिम पाइला चाल्नुपर्ने अपरिहार्य देखिन्छ ।
यसका लागि अनुसन्धान र पूर्वाधारमा लगानी गरेर, सार्वज निक- निजी साझेदारीलाई महत्व दिएर, विज्ञानलाई देशको कुनाकुनामा पुर्याउने सुनिश्चित गरी नेपाल देशलाई दिगो विकास र समृद्धितर्फ लैजाने बलियो समाज निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यान, सोच, लगन र इमान्दारिताको आवश्यकता देखिन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-