काठमाडौँ — खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पालिका अध्यक्षमा विजयी भएकी छन् ।
निर्वाचन आयोगका अनुसार जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई २ हजार ८ सय ८१ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शंखरबहादुर राईलाई ३ सय ६ मतान्तरले पराजित गरेकी हुन् । पराजित शंखरबहादुर राईले २ हजार ५ सय ७५ मत ल्याएका छन् ।
त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खेमबहादुर खड्काले २ हजार ८ सय १२ मत ल्याई पालिका उपाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला राईले २ हजार ४ सय ९५ मत ल्याएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-