२०८३ अशोज २४, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

गण्डकी प्रेस
अशोज २४, २०८३ १६:२४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो।

परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ।  घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताउनुभयो।

घटस्थापनाको दिन असोज २५ गते विधिपूर्वक कोतघरमा प्रवेश गरी नवदुर्गाभर विशेष चण्डीपाठ तथा दुर्गाकवच पाठ गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो। उहाँका अनुसार कास्कीकोटस्थित गुप्तकाली मन्दिरमा परापूर्वकालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्।

यस वर्ष बडादसैँका दसैँ दिनसम्म कोतघरमा पाणासहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ। मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजाआजा गरिने सचिव त्रिपाठीले जानकारी दिनुभयो।

बडादसैँको फूलपातीका दिन पोखराको रामघाटबाट ल्याइएको फूलको डोली विधिपूर्वक मन्दिरमा भित्र्याई नवपत्रिकाको तान्त्रिक विधिअनुसार पूजा गरिनेछ। सोही दिन कुँवर समुदायको परम्परागत तथा लोपोन्मुख सैन्य अभ्यास ‘सरुन खेल’ समेत प्रदर्शन गरिने कार्यक्रम रहेको त्रिपाठीले बताउनुभयो।

त्यस्तै, महाअष्टमीको मध्यरातमा कालरात्रिको पूजा गरिनेछ भने महानवमीका दिन पञ्चबलि दिने परम्परा रहेको छ। विजयादशमीका दिन मन्दिरमा टीका ग्रहण गरेपछि फूलपाती तथा अन्य पूजासामग्रीसहित वास्पानी कालिकामा पूजा विसर्जन गरिनेछ।

कास्कीकोटमा दसैँका अवसरमा नेपालमै लोपोन्मुख अवस्थामा रहेको सरुन खेल तथा परम्परागत मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताउनुभयो। यसका साथै कोतघरमा दसैँका बेला बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तथा तरबार र तोपसमेत प्रदर्शन गरिने समितिले जनाएको छ।

गुप्तकाली मन्दिरमा पूजाआजा तथा पञ्चबलिको भाकल गर्न आउने भक्तजनको दैनिक भीड लाग्ने गरेको छ। कास्की राज्यको स्थापनाकालदेखि नै यस मन्दिरमा हरेक दसैँमा विशेष पूजा हुँदै आएको धार्मिक विश्वास छ। यही स्थानका नामबाट कास्की जिल्लाको नामकरण भएको भन्ने किंवदन्तीसमेत प्रचलित छ।

सम्बन्धित समाचार

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड
अर्थ

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
प्रमुख समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ
अपराध

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण