काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो समय आएको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि देखिएका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
अहिलेसम्म गणना भएका मतमा बालेनले ४ सय ५२ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले फलो गरिरहेका छन् । उनले ३ सय ८८ मत ल्याएका छन् ।
तेस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन् । उनले २ सय ४० मत ल्याएकी छिन् । उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले ६ सय २ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ सय २६ मत ल्याएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-